• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोजगारीका नाममा तस्करी-२ : 'बाँचेर नेपाल फर्किन पाइएला भन्ने लागेकै थिएन'

सोचेजस्तो छैन लिबिया
64x64
नेपाल लाइभ सोमबार, साउन १३, २०७६  ०६:०२
1140x725

काठमाडौं- युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा राम्रो काम र कमाइ हुने प्रलोभन देखाएर मानव तस्करले युवालाई फसाउने क्रम बढेको समाचार बाहिरिन थालेका छन्। 

नेपाल सरकारले नेपालीलाई प्रतिबन्ध लगाएको मुलुक युद्धग्रस्त लिबियामा नेपाली युवा कसरी पुग्छन्? कस्तो प्रलोभनमा परेर उनीहरु मानव तस्करका पन्जामा फस्छन्? यसबारेमा अघिल्लो शृङ्खलामा प्रस्तुत गरिसकेका छौँ। 

यस शृङ्खलामा युद्धग्रस्त लिबिया पुगेका युवा कस्तो जीवन भोग्न बाध्य हुन्छन्? पृष्ठभुमिमा बम र बारुदको आवाजसँगै युद्धमैदानमा काममा कसरी खटाइन्छ? लिबियाली नागरिकले नेपाली नागरिकलाई कस्तो व्यवहार गर्छन्? यीलगायत नेपाली युवाहरुको यथार्थ भोगाइ समेट्ने प्रयास गरेका छौं। यसका लागि मानव तस्करको प्रलोभनमा परी लिबिया पुगेर सास्ती व्यहोरी फर्किएका युवासँगको कुराकानीमा आधारमा यो सामग्री तयार गरेका छौँ।

000

सन् २०१८ सेप्टेम्बर २१ मा सैनामैना १० रुपन्देहीका गणेशबहादुर थापामगर लिबियाको राजधानी त्रिपोली पुगे। 

डेरिमिल्क कम्पनीमा सवारी चालकको कामका लागि भनेर गएका गणेशलाई त्यहाँको राइस मिलमा लेबरको काम लगाइयो। 

अफ्रिकी मुलुकको खपिनसक्नु गर्मी, लोडअनलोडको काम, तलब पनि मासिक, ३ सय अमेरिकी डलर मात्रै, खाने खर्च ३ सय डलरबाट, महंगी उस्तै, हरेक क्षण पृष्ठभूमिमा बम र बन्दुकको आवाज। 

त्रिपोली नजिकका स्थानमा युद्ध भइरहन्थ्यो, ड्याङ्ड्याङ बन्दुकको आवाज पृष्ठभुमिमा राखेर काममा दैनिक १२ घन्टा खट्नुपर्ने बाध्यता थियो उनको। 

Ncell 2
Ncell 2
nimb
nimb

त्रिपोलीस्थित युद्धमैदानमा बम बारुदको गोलीसँग आफूलाई जोगाउन संघर्षरत गणेशसँग नेपाल लाइभले फोन सम्पर्क गरेको थियो। 

फोनको पृष्ठभुमिमा समेत बम र बन्दुकको ड्याङड्याङ आवाज अनुमान गर्न सकिन्थ्यो। 

‘सुन्नु भयो त, पृष्ठभुमिमा आवाज नजिकै बम, बारुद र गोला बर्सिरहेका छन्। कुन बेला मरिने हो टुङ्गो छैन, जसरी हुन्छ हामीलाई उद्धारका लागि सहयोग गरिदिनु पर्यो,’ गणेशको बोली जीवनमरणको दोसाँधमा पुगरे बोलेजस्तो ठम्याउन सकिन्थ्यो। 

यसबारे नेपाल लाइभले यसअघि पनि समाचार प्रकाशित गरिसकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोचेजस्तो छैन लिबिया
मानव तस्करको प्रलोभनमा भनिए जस्तो सपनाको सहर थिएन लिबिया। बिहान बेलुका टाउको लुकाउने छाप्रो र दिनभर काममा खटिन मात्रै पाउँथे उनीहरु।  

‘बाहिर तरकारी, चामललगायत खानेकुरा किन्न जान सक्ने वातावरण पनि थिएन। त्यहीँका स्थानीयले किनेर ल्याइदिन्थे। महिनाभर काम गरेको पैसाले १० दिनलाई पुग्ने खानेकुरा पनि आउँदैन थियो,’ गणेश दुखेसो पोख्छन्। 

चामलमा धेरै पानी राखेर पकाउँथे र थोरै चामलको भात धेरै बनाएर पिउँथे उनीहरू। 

एकातिर बम र बारुदको त्रास, अर्कातिर गर्मी उस्तै थियो। 

‘गर्मीले रातभर निद्रा लाग्दैन थियो, सिरकको खोललाई पानीले भिजाउथेँ। यही सिरकको खोल ओडेर केही बेर मुस्किलले निदाउन नपाउँदै फेरि बम र बारुद पड्किएको आवाजले ब्युँझाउँथ्यो,’ गणेशले सुनाए।

गणेशसँगै राइसमिलमा काम गरेर फर्किएका धरानका राजु विश्वकर्मा र उनका भाइ सनम विश्वकर्मा लिबियाको युद्धको चपेटामा उस्तै गरी फसेका थिए। 

राजु विश्वकर्मा गणेशसँगै राइस मिलमा काम गर्थे। सनम कृषि फर्म (मजरा)मा काम गर्थे। सनमसँगै काम गर्ने अन्य ६ जना नेपाली युवा पनि थिए। 

सास अल्झाउन सङ्घर्ष
‘सास अल्झाउनु पर्ने थियो। कति अवस्थामा त हामीले बारीमा पाइने सखरखण्डका पात पनि पकाएर खायौँ,’ धरानका सनम विश्वकर्माले सुनाए। 

‘लिबियाली नागरिकले मान्छेलाई मान्छे होइन, पशुलाई जस्तै व्यवहार गर्थे। काम गर्ने पनि बारीमा थियो। बस्ने पनि बारीनजिकै थियो, ओड्ने ओछ्याउने कपडा एकदमै पुराना थिए। बिजोगले बाँचेर फर्कियौँ,’ सनमले नेपाल लाइभसँग लिबिया अनुभव सुनाए। 

‘लिबियामा जति सन्त्रास भोगियो, कसरी बाँचियो त्यो सबै शब्दमा बयान गरिसाध्य छैन। बस्ने क्याम्पको झ्यालबाट चिहाएर हेर्दा बमका छर्राहरु हावामा उडिरहेका हुन्थे। आफू नजिकै विद्रोहीहरु कुनबेला आएर कहिले बम पड्काउने हुन् कुनै टुङ्गो थिएन।’ बाँचेर फर्किन पाइन्छ जस्तो लागेकै थिएन। लिबियाबाटै फर्किएका सिन्धुपाल्चोकका कृष्ण कोइराला सुनाउँछन्। 

भागेर आइएमओको सेल्टर
लिबियाको युद्धमैदानमा फसेका युवालाई उद्धार गर्न निकै कठिन थियो। १२ घन्टा निरन्तर काममा खटाइएको थियो। बाहिर कतै आवतजावत गर्न मुस्किल थियो। विद्रोही समूहले भेट्टायो भने बाँचेर फर्कने मौका नै थिएन। 

रोजगारदातालाई नेपाल फर्कने खबर गरे। झन बन्धक बन्नुपर्ने बाध्यता हुन्थ्यो। 

इजिप्टको कायरोस्थित नेपाली दूतावासका कन्सुलर सुजन बिँडारीलगायत नेपाली शान्ति सेनाको टोलीले उनीहरूलाई कार्यस्थलबाट भागेर अन्तराष्ट्रिय आप्रवासी संगठन (आइएमओको ) सेल्टरसम्म आइपुग्न भनेका थिए। 

‘धेरै दिनसम्म भाग्ने आँट आएन। कति प्रयास गर्यौं,’ गणेश सुनाउँछन्। एकदिन उनीहरु त्यहाँबाट ज्यानकै बाजी थापेर भागे। 

‘नेपाली शान्ति सेनाका दाजुभाइले हिम्मत दिनुभयो। हामी त गोर्खालीका छोरा पो त। हिम्मत गर, आज तिमिहरू निस्किनुपर्छ। बाँचे घर फर्कौंला। मरेपनि मरियोस् भन्ने लाग्यो। हामी ट्याक्सी रिर्जभ गरेर त्यहाँ बाट भाग्यौँ,’ सनम विश्वकर्माले सुनाए। 

ट्याक्सीबाट आतंककारीको फन्दामा नपरी सुरक्षित रूपमा आइएमओको सेल्टरमा पुगिन्छ भन्ने ढुक्क थिएन। तर पनि उनीहरू हिम्मत गरेर त्यहाँबाट भागे। 

गत जेठ ५ गते इजिप्टको कायरोस्थित नेपाली दूतावास, अन्तराष्ट्रिय आप्रवासी संगठन (आइएमओ) र शान्ति सेनाको टोलीलगायत संघसंस्थाको समन्वय तथा सहयोगमा उनीहरुको सकुशल उद्धार गरियो। केही दिनमै उनीहरु नेपाल आइपुगे।

रोजगारीको प्रलोभनमा लिबिया पुर्याउने मानव तस्कर प्रहरीको फन्दामा परिसकेका छन्। उनीहरुलाई कस्तो कारबाही प्रक्रिया अगाडि बढाइँदैछ?, पीडितले राहत पाउलान्? यी लगायतका विषय हामी अर्को शृङ्खलामा प्रस्तुत गर्ने छौं। 

सम्बन्धित समाचार:

रोजगारीका नाममा तस्करी-१ : नेपाली कामदार यसरी पुग्छन् युद्धग्रस्त लिबिया

अन्य समाचारः
लिबियामा मारिएका सन्तोषको अन्तिम फोन, भनेका थिए– इटाली पुगेर कल गर्छु है...

इटाली पुर्‍याउने सपना देखाएर १५ नेपालीलाई लिबियामा बन्धक बनाउने २ जना पक्राउ

युद्धग्रस्त लिबियामा ४ नेपालीको अपहरण, विद्रोही समूहले नङसमेत उप्काइदिए

अवैध रुपमा लिबिया पुर्‍याइएका १५ नेपालीकाे उद्धार, नेपाल फिर्तीकाे तयारी हुँदै

युद्धग्रस्त लिबियाबाट नेपालीको गुहार– हामी बाँच्न चाहन्छौं, नेपाल फर्काइदेऊ

युद्धग्रस्त लिबियामा फसेका १५ नेपाली काठमाडौं आइपुगे

रोजगारीका लागि लिबिया पुगेका राजन युद्धग्रस्त क्षेत्रबाट बाँचेर फर्किए

प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  ०६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्