• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोजगारीका नाममा तस्करी-२ : 'बाँचेर नेपाल फर्किन पाइएला भन्ने लागेकै थिएन'

सोचेजस्तो छैन लिबिया
64x64
नेपाल लाइभ सोमबार, साउन १३, २०७६  ०६:०२
1140x725

काठमाडौं- युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा राम्रो काम र कमाइ हुने प्रलोभन देखाएर मानव तस्करले युवालाई फसाउने क्रम बढेको समाचार बाहिरिन थालेका छन्। 

नेपाल सरकारले नेपालीलाई प्रतिबन्ध लगाएको मुलुक युद्धग्रस्त लिबियामा नेपाली युवा कसरी पुग्छन्? कस्तो प्रलोभनमा परेर उनीहरु मानव तस्करका पन्जामा फस्छन्? यसबारेमा अघिल्लो शृङ्खलामा प्रस्तुत गरिसकेका छौँ। 

यस शृङ्खलामा युद्धग्रस्त लिबिया पुगेका युवा कस्तो जीवन भोग्न बाध्य हुन्छन्? पृष्ठभुमिमा बम र बारुदको आवाजसँगै युद्धमैदानमा काममा कसरी खटाइन्छ? लिबियाली नागरिकले नेपाली नागरिकलाई कस्तो व्यवहार गर्छन्? यीलगायत नेपाली युवाहरुको यथार्थ भोगाइ समेट्ने प्रयास गरेका छौं। यसका लागि मानव तस्करको प्रलोभनमा परी लिबिया पुगेर सास्ती व्यहोरी फर्किएका युवासँगको कुराकानीमा आधारमा यो सामग्री तयार गरेका छौँ।

000

सन् २०१८ सेप्टेम्बर २१ मा सैनामैना १० रुपन्देहीका गणेशबहादुर थापामगर लिबियाको राजधानी त्रिपोली पुगे। 

डेरिमिल्क कम्पनीमा सवारी चालकको कामका लागि भनेर गएका गणेशलाई त्यहाँको राइस मिलमा लेबरको काम लगाइयो। 

अफ्रिकी मुलुकको खपिनसक्नु गर्मी, लोडअनलोडको काम, तलब पनि मासिक, ३ सय अमेरिकी डलर मात्रै, खाने खर्च ३ सय डलरबाट, महंगी उस्तै, हरेक क्षण पृष्ठभूमिमा बम र बन्दुकको आवाज। 

त्रिपोली नजिकका स्थानमा युद्ध भइरहन्थ्यो, ड्याङ्ड्याङ बन्दुकको आवाज पृष्ठभुमिमा राखेर काममा दैनिक १२ घन्टा खट्नुपर्ने बाध्यता थियो उनको। 

Ncell 2
Ncell 2
nimb
nimb

त्रिपोलीस्थित युद्धमैदानमा बम बारुदको गोलीसँग आफूलाई जोगाउन संघर्षरत गणेशसँग नेपाल लाइभले फोन सम्पर्क गरेको थियो। 

फोनको पृष्ठभुमिमा समेत बम र बन्दुकको ड्याङड्याङ आवाज अनुमान गर्न सकिन्थ्यो। 

‘सुन्नु भयो त, पृष्ठभुमिमा आवाज नजिकै बम, बारुद र गोला बर्सिरहेका छन्। कुन बेला मरिने हो टुङ्गो छैन, जसरी हुन्छ हामीलाई उद्धारका लागि सहयोग गरिदिनु पर्यो,’ गणेशको बोली जीवनमरणको दोसाँधमा पुगरे बोलेजस्तो ठम्याउन सकिन्थ्यो। 

यसबारे नेपाल लाइभले यसअघि पनि समाचार प्रकाशित गरिसकेको छ। 

सोचेजस्तो छैन लिबिया
मानव तस्करको प्रलोभनमा भनिए जस्तो सपनाको सहर थिएन लिबिया। बिहान बेलुका टाउको लुकाउने छाप्रो र दिनभर काममा खटिन मात्रै पाउँथे उनीहरु।  

‘बाहिर तरकारी, चामललगायत खानेकुरा किन्न जान सक्ने वातावरण पनि थिएन। त्यहीँका स्थानीयले किनेर ल्याइदिन्थे। महिनाभर काम गरेको पैसाले १० दिनलाई पुग्ने खानेकुरा पनि आउँदैन थियो,’ गणेश दुखेसो पोख्छन्। 

चामलमा धेरै पानी राखेर पकाउँथे र थोरै चामलको भात धेरै बनाएर पिउँथे उनीहरू। 

एकातिर बम र बारुदको त्रास, अर्कातिर गर्मी उस्तै थियो। 

‘गर्मीले रातभर निद्रा लाग्दैन थियो, सिरकको खोललाई पानीले भिजाउथेँ। यही सिरकको खोल ओडेर केही बेर मुस्किलले निदाउन नपाउँदै फेरि बम र बारुद पड्किएको आवाजले ब्युँझाउँथ्यो,’ गणेशले सुनाए।

गणेशसँगै राइसमिलमा काम गरेर फर्किएका धरानका राजु विश्वकर्मा र उनका भाइ सनम विश्वकर्मा लिबियाको युद्धको चपेटामा उस्तै गरी फसेका थिए। 

राजु विश्वकर्मा गणेशसँगै राइस मिलमा काम गर्थे। सनम कृषि फर्म (मजरा)मा काम गर्थे। सनमसँगै काम गर्ने अन्य ६ जना नेपाली युवा पनि थिए। 

सास अल्झाउन सङ्घर्ष
‘सास अल्झाउनु पर्ने थियो। कति अवस्थामा त हामीले बारीमा पाइने सखरखण्डका पात पनि पकाएर खायौँ,’ धरानका सनम विश्वकर्माले सुनाए। 

‘लिबियाली नागरिकले मान्छेलाई मान्छे होइन, पशुलाई जस्तै व्यवहार गर्थे। काम गर्ने पनि बारीमा थियो। बस्ने पनि बारीनजिकै थियो, ओड्ने ओछ्याउने कपडा एकदमै पुराना थिए। बिजोगले बाँचेर फर्कियौँ,’ सनमले नेपाल लाइभसँग लिबिया अनुभव सुनाए। 

‘लिबियामा जति सन्त्रास भोगियो, कसरी बाँचियो त्यो सबै शब्दमा बयान गरिसाध्य छैन। बस्ने क्याम्पको झ्यालबाट चिहाएर हेर्दा बमका छर्राहरु हावामा उडिरहेका हुन्थे। आफू नजिकै विद्रोहीहरु कुनबेला आएर कहिले बम पड्काउने हुन् कुनै टुङ्गो थिएन।’ बाँचेर फर्किन पाइन्छ जस्तो लागेकै थिएन। लिबियाबाटै फर्किएका सिन्धुपाल्चोकका कृष्ण कोइराला सुनाउँछन्। 

भागेर आइएमओको सेल्टर
लिबियाको युद्धमैदानमा फसेका युवालाई उद्धार गर्न निकै कठिन थियो। १२ घन्टा निरन्तर काममा खटाइएको थियो। बाहिर कतै आवतजावत गर्न मुस्किल थियो। विद्रोही समूहले भेट्टायो भने बाँचेर फर्कने मौका नै थिएन। 

रोजगारदातालाई नेपाल फर्कने खबर गरे। झन बन्धक बन्नुपर्ने बाध्यता हुन्थ्यो। 

इजिप्टको कायरोस्थित नेपाली दूतावासका कन्सुलर सुजन बिँडारीलगायत नेपाली शान्ति सेनाको टोलीले उनीहरूलाई कार्यस्थलबाट भागेर अन्तराष्ट्रिय आप्रवासी संगठन (आइएमओको ) सेल्टरसम्म आइपुग्न भनेका थिए। 

‘धेरै दिनसम्म भाग्ने आँट आएन। कति प्रयास गर्यौं,’ गणेश सुनाउँछन्। एकदिन उनीहरु त्यहाँबाट ज्यानकै बाजी थापेर भागे। 

‘नेपाली शान्ति सेनाका दाजुभाइले हिम्मत दिनुभयो। हामी त गोर्खालीका छोरा पो त। हिम्मत गर, आज तिमिहरू निस्किनुपर्छ। बाँचे घर फर्कौंला। मरेपनि मरियोस् भन्ने लाग्यो। हामी ट्याक्सी रिर्जभ गरेर त्यहाँ बाट भाग्यौँ,’ सनम विश्वकर्माले सुनाए। 

ट्याक्सीबाट आतंककारीको फन्दामा नपरी सुरक्षित रूपमा आइएमओको सेल्टरमा पुगिन्छ भन्ने ढुक्क थिएन। तर पनि उनीहरू हिम्मत गरेर त्यहाँबाट भागे। 

गत जेठ ५ गते इजिप्टको कायरोस्थित नेपाली दूतावास, अन्तराष्ट्रिय आप्रवासी संगठन (आइएमओ) र शान्ति सेनाको टोलीलगायत संघसंस्थाको समन्वय तथा सहयोगमा उनीहरुको सकुशल उद्धार गरियो। केही दिनमै उनीहरु नेपाल आइपुगे।

रोजगारीको प्रलोभनमा लिबिया पुर्याउने मानव तस्कर प्रहरीको फन्दामा परिसकेका छन्। उनीहरुलाई कस्तो कारबाही प्रक्रिया अगाडि बढाइँदैछ?, पीडितले राहत पाउलान्? यी लगायतका विषय हामी अर्को शृङ्खलामा प्रस्तुत गर्ने छौं। 

सम्बन्धित समाचार:

रोजगारीका नाममा तस्करी-१ : नेपाली कामदार यसरी पुग्छन् युद्धग्रस्त लिबिया

अन्य समाचारः
लिबियामा मारिएका सन्तोषको अन्तिम फोन, भनेका थिए– इटाली पुगेर कल गर्छु है...

इटाली पुर्‍याउने सपना देखाएर १५ नेपालीलाई लिबियामा बन्धक बनाउने २ जना पक्राउ

युद्धग्रस्त लिबियामा ४ नेपालीको अपहरण, विद्रोही समूहले नङसमेत उप्काइदिए

अवैध रुपमा लिबिया पुर्‍याइएका १५ नेपालीकाे उद्धार, नेपाल फिर्तीकाे तयारी हुँदै

युद्धग्रस्त लिबियाबाट नेपालीको गुहार– हामी बाँच्न चाहन्छौं, नेपाल फर्काइदेऊ

युद्धग्रस्त लिबियामा फसेका १५ नेपाली काठमाडौं आइपुगे

रोजगारीका लागि लिबिया पुगेका राजन युद्धग्रस्त क्षेत्रबाट बाँचेर फर्किए

प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  ०६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्