अवैध रुपमा लिबिया पुर्‍याइएका १५ नेपालीकाे उद्धार, नेपाल फिर्तीकाे तयारी हुँदै

नेपाल लाइभ | २०७६ जेठ ६ सोमबार | Monday, May 20, 2019 १०:०१:०० मा प्रकाशित

काठमाडाैं- युद्धग्रस्त लिबियामा अवैध रुपमा पुर्‍याइएका १५ नेपालीकाे उद्दार गरिएको छ। उद्दार गरिएका सबै १५ नेपालीलाई हाल इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम)काे क्याम्पमा राखिएकाे छ। उनीहरुकाे खाना तथा आवासकाे व्यवस्था आइओएमले ने गरिएकाे इजिप्टकाे कायराेस्थित नेपाली दूतावासले जनाएकाे छ।

दूतावासका अनुसार उनीहरुकाे नेपाल फिर्तीका लागि आइओएमले नै हवाई टिकटकाे प्रबन्ध गरिदिने भएकाे छ। कम्पनीले डरधम्की देखाइ काममा लगाएको र नेपाल फर्किने भन्दा राहदानीसमेत उपलब्ध नगराइएपछि उनीहरुले कायराेस्थित नेपाली दूतावासमा खबर गरेका थिए। साेपश्चात् उनीहरुलाई नेपाल फिर्तीका लागि ट्राभल डकुमेन्ट तयार गरी पठाइएको दूतावासले जनाएकाे छ।

'उद्दार गरिएका नेपालीहरुकाे हाल स्वास्थ्य परीक्षण तथा त्रिपाेलीबाट फिर्ती कागज बनाउने कार्य भइरहेकाेले साेपश्चात् उनीहरुलाई नेपाल फर्काइनेछ', दूतावासले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।

दूतावासकाे पटक-पटकको प्रयासपछि संयुक्त राष्ट्र संघीय शान्ति नियोगको नेपाली सेनाको टोली, लिबियाको सुरक्षा निकाय र आइओएमको पहलमा उनीहरुकाे उद्दार गरिएको हो। उद्दार गरिएका नेपालीहरुमा पूर्ण बहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर अधिकारी, कृष्ण काेइराला, राजु विश्वकर्मा र गुप्त बहादुर विक छन्। त्यस्तै राजु विष्ट, शेखर खरेल, जयराम घर्ती, अजय कुमार चौधरी, प्रकाश विश्वकर्मा र मनोहर कार्कीकाे पनि उद्दार गरिएको छ।

यसअघि गत मे ७ मा पनि आइओएमकै सहयोगमा ७ नेपालीको उद्दार गरिएको थियो। उनीहरुलाई इटाली पुर्‍याउने प्रलोभनमा लिबिया पुर्‍याएर अलपत्र पारिएको थियो।

दूतावासले जारी गरेको प्रेस विज्ञप्ति:

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान