• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोजगारीका लागि लिबिया पुगेका राजन युद्धग्रस्त क्षेत्रबाट बाँचेर फर्किए

64x64
नेपाल लाइभ मंगलबार, जेठ १४, २०७६  ०७:००
1140x725

काठमाडौं– धरानका राजन विश्वकर्मा (नाम परिवर्तन) को उमेर जब २० उकालो लाग्यो, तब परिवारमा उनको जिम्मेवारी थपियो।

घरमा चार दाजुभाइ थिए। तर सबै आ–आफ्नै काममा व्यस्त।

राजनले आफ्नो भविष्य सोचे। ‘जीवन सुन्दर बनाउन त कमाउनै पर्छ’ भन्ने उनले निष्कर्ष निकाले।

घरका कान्छा छोरा। उसो त काँधमा थपिएको जिम्मेवारीले उनलाई पिरोलिरह्यो। देशमै बसेर राम्रो कमाइ गर्ने योजना बनाए राजनले। तर, न भनेजस्तो काम पाए न चाहेजति पैसा।

राजनले विदेश जाने सोच गरे। यसैक्रममा उनको भेट एक जना साथीसँग भयो।

भेटमा ती साथीले उनलाई राम्रो कामका लागि लिबिया पठाउन सकिने बताए। 

‘लिबियामा डेरी मिल्क कम्पनीमा प्याकिङ कामका लागि डिमाण्ड आएको छ। कमाइ मासिक १ हजार अमेरिकी डलर हुन्छ,’ती साथीले आश्वासन दिँदै भने, ‘जाँदा राम्रो हुन्छ। विचार गर।’  

भविष्यलाई सुनौलो सपना साँचिरहेका राजनलाई लिबियामा डेरी मिल्क कम्पनीको काम र त्यहाँकाे कमाइले लोभ्यायो। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी लिबिया जान तयार भए। 

लिबिया जानका लागि उनकै साथीले चिनेका एक जना मानिसलाई काठमाडौंमा भेट्नुपर्ने भयो। 

राजन काठमाडौं आए। उनले राहुल गहतराज भनेर चिनिने तीर्थ विश्वकर्मालाई काठमाडौं सामाखुसीमा भेटे। तीर्थले उनलाई लिबियामा निकै सजिलो काम भएको र धेरै कमाइ हुने भन्दै लोभ्याए।

मासिक १ हजार डलर कमाइ, खान, बस्न, ओभरटाइम लगायत सुविधा हुने भनेपछि राजन हुरुक्कै भए। लिबिया जानका लागि ४ लाख लागत लाग्ने सुनाइयो।

श्रम स्विकृति एजेन्ट तीर्थले नै सबै मिलाइदिने भएकाले उनलाई वैदेशिक रोजगार विभागसम्म धाउनै नपर्ने भयो। वैदेशिक रोजगारीमा पहिलो पटक जान लागेकाले राजनलाई श्रम स्विकृतिबारे खासै जानकारी  पनि थिएन। 

राजनले एजेन्ट तीर्थको सबै कुरा सजिलै विश्वास गरे। 

वैदेशिक रोजगारीका लागि खाडीमै भए पनि जाने सोच बनाइरहेका राजनले सोचेभन्दा राम्रो कमाइ हुने देश जान पाउने भएपछि उनले ४ लाख रुपैयाँ यसकडा ३ ब्याजदरमा ऋण लिए।

उनले ४ लाख तीर्थ विश्वकर्मालाई बुझाए। रकम बुझाएको केही महिनापछि राजन लिबिया जाने पक्का भयो। सेप्टेम्बर ६ मा उनी युएई हुँदै लिबिया जानका लागि उडे। 

उनी लिबिया त पुगे। तर, उनको सपना क्षणभरमै टुक्रियो। उनी अतालिए। छट्पटाए। सुनाइए र अपेक्षा गरेभन्दा फरक थियो त्यहाँको परिवेश। 

‘युएई पुगेपछि मलाई होटलमा राखियो। होटलको भुइँमा दुःख झेलेर झण्डै एक महिना रात कटाएँ,’ राजनले दुःख बिसाए।
सेप्टेम्बर २१ मा राजनलाई युएईबाट लिबियाको राजधानी त्रिपोली पुर्‍याइयो। 

तातो घाममा बारी खन्ने काम 
डेरी मिल्क कम्पनीमा प्याकिङको काम भनिएको थियो। तर, राजनलाई सुरुमा त्यहाँको मजरा (कृषि फारम)मा अंगुर टिप्ने काम गर्नुपर्ने भनियो। लिबियाली नागरिकहरूले अरबी भाषा बोल्ने भएकाले राजनलाई भाषाको समस्या भने थिएन। 

‘लिबियाको ४० डिग्रीको गर्मीमा बेल्चाले बारी खन्ने काम, नजिकै बम, बारुद बर्सिरहन्थ्यो। बाँचेर नेपाल फर्किन पाइन्छ भन्ने सोचेकै थिएन,’ राजनले विगत सम्झिए। 

मासिक तलब २ सय ५० डलर मात्रै 
मासिक तलब १ हजार डलर हुने सुनाएर एजेन्टले लिबिया पुर्‍याएपछि पनि उनको वास्तविक तलब भने २ सय ५० डलर मात्रै थियो।

खान बस्न समेत निकै समस्या। 

‘भोक लाग्दा खाने खाना पनि नहुँदा कहिलेकाँही सखरखण्डका पात र मुन्टाहरू टिपेर पानीमा भिजाएर पनि चपाएँ, ८ महिना निकै मुस्किलले कटाएँ,’ राजनले मलिन हुँदै भने, विमानस्थल आइपुग्दा पूनर्जन्म पाएजस्तै लाग्यो।' 

लिबियाको युद्धबाट बाँचेर नेपाल फर्कन पाइन्छ जस्तो लागेकै थिएन राजनलाई। 

काम गरिरहेको ठाउँ नजिकै दिनहुँ युद्ध चलिरहेकै थियो। लिबियाली साहुसँग उनले नेपाल फर्कने कुरा गरे। तर, साहुले ३ हजार डलरमा आफले किनेकाले ३ हजार डलर नबुझाइ फर्कन नदिने धम्की दिए।

उनलाई अड्कल भयो, ‘ म त बेचिएको पो रहेछु।’

लिबियाको युद्धग्रस्त जञ्जालबाट फर्कन निकै कठिन थियो। 

सम्बन्धित निकायलाई आफूहरू युद्धमा फसेको खबर गरेपछि पनि उनीहरूलाई कार्यस्थलबाट लिबियास्थित शान्तिसेनाको क्याम्पसम्म आउन समस्या परिरहेको थियो। 

इजिप्टको कायरोस्थित नेपाली दूतावास, अन्तर्राष्ट्रिय आप्रवासी संघठन(आइएमओ) लिबियाली प्रहरी र शान्तिसेनाको टोलीको सहयोगमा उनी आइएमओको सेल्टरमा आइपुगे।

त्यसको दुई दिनपछि जेठ ८ गते नेपाल फर्किन सफल भए राजन। 

‘विमान स्थल टेक्न पाउँदा नै पुनर्जन्म पाएजस्तै लाग्यो, जीन्दगीलाई माया मारिसकेको थिएँ, नेपालको माटो फेरि टेक्न पाइयो, घरमा आमाबुबा निकै चिन्तामा हुनुहुन्थ्यो, म नेपाल आइपुगेँ भन्ने खबर सुनेपछि सबै जना खुसी हुनुभएको छ,’ राजनले लामो श्वास फर्दै भने।

कसरी तिर्ने सयकडा तीन?
सय कडा तीन ब्याजदरका हिसाबले साहुबाट लिएको ४ लाख रकम साँवा/ब्याजसहित कसरी तिर्ने भन्ने चिन्ताले राजनलाई पिरोल्न थालेको छ। 

राम्रो काम र कमाइको प्रलोभनमा पर्दा, एकातिर ज्यान नै जोखिममा पर्यो, अर्कातिर ४ लाख ऋणको भारीले उनलाई थिचेको छ।

पहिलो पटक परदेश जाँदा नै समस्यामा परेर फर्किएका राजनलाई फेरि वैदेशिक रोजगारीमा जाने मन त  पटक्कै छैन। 

तर, ४ लाख साहुको ऋण तिर्नकै लागि भएपनि एकपटक फेरि वैदेशिक रोजगारीमा जान उनी बाध्य छन। 

आफैंले आफैंलाई प्रश्न गर्छन् राजन, ‘देशमा भनेजस्तो काम पनि छैन अनि कसरी तिर्ने साहुको सयकडा तीन?’ 

उनी भन्छन्, ‘बरु खाडी नै जान्छु तर अब विदेश जाँदा इजाजत प्राप्त संस्थाबाट श्रम स्विकृति लिएर सबैकुरा राम्रोसँग बुझेर मात्रै जान्छु।’

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्