काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पहिलो पावर प्लेमा दुई विकेट गुमाएर ३२ रन बनाएको छ ।
जनकपुरका मोहिन अलीले ९ बलमा ७ रन बनाएका छन् भने अनिल साह १३ बलमा ८ रन बनाएर खेलिरहेका छन् ।
जनकपुरले मयान यादवलाई १४ रनमा गुमाएको थियो । उनी ११ बलमा १४ रन बनाएर सोमपाल कामीको थ्रोमा रनआउट भए । त्यसपछि तृत दास सोमपाल कामीको बलमा गुल्सन झाबाट क्याच आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाउँदा पवन सर्राफले ३७ रनको योगदान दिएका थिए ।
जनकपुरलाई जितका लागि अब ८४ बलमा १०१ रन आवश्यक छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।