• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

युद्धग्रस्त लिबियाबाट नेपालीको गुहार– हामी बाँच्न चाहन्छौं, नेपाल फर्काइदेऊ

युद्धको चपेटामा १५ नेपाली श्रमिक
64x64
नेपाल लाइभ शनिबार, वैशाख २१, २०७६  ११:४८
1140x725

काठमाडौं- ‘हामी युद्धग्रस्त क्षेत्रमा छौं, जतिसक्दो चाँडो यहाँबाट निस्किन चाहन्छौं,’ युद्धग्रस्त लिबियाबाट नेपाल लाइभको सम्पर्कमा आएका रुपन्देही सैनामैनाका गणेश थापा मगरले भने, ‘हामी एकदमै खतरामा फसेका छौं। हामीले काम गरिरहेको क्षेत्र नजिकै गोली बर्सिइरहन्छ।’

आफूहरुले भोगिरहेको त्रासदीबारे फोनमा बताइरहँदा पृष्ठभूमिमा ‘ड्याङ्ग’ विस्फोटको आवाज सुनियो। अत्तालिएको आवाजमा उनले भने, ‘सुन्नुभयो ? यहाँ बमगोला पड्किइरहन्छन्।’

लिबियाका विभिन्न क्षेत्रमा १५ जना नेपाली श्रमिक द्वन्द्वको चपेटामा फसेको बताउँदै गणेशले आफूहरुलाई स्वदेश फर्कादिन आग्रह पनि गरे। ‘कतिबेला मरिने हो टुंगो छैन,’ भयभीत सुनिएका उनको आग्रह छ, ‘ हामीलाई जतिसक्दो चाँडो यो डरलाग्दो ठाँउबाट निकाल्ने कोसिस गर्नुहोला। अरु देशका सबै घर फर्किसके हामी पनि आफ्नो घर फर्कन चाहन्छौं।’

प्रतिबन्धित मुलुकमा नेपाली श्रमिक कसरी? 
द्वन्द्वग्रस्त लिबियामा सरकारले रोजगारका लागि नेपाली श्रमिकलाई प्रतिबन्ध लगाएको छ। तर, गणेश लगायतका नेपाली श्रमिक त्यहाँ कसरी पुगेत त? 

दलालको प्रलोभनको पासोमा परेका हुन्, उनीहरु। राम्रो काम र कमाइको प्रलोभन देखाएर अवैधानिक बाटो हुँदै गैरकानुनी रुपमा आफूहरुलाई लिबिया पुर्‍याइएको नेपाली श्रमिकहरुको भनाइ छ। 

गणेश वैदेशिक रोजगारका लागि केही वर्षअगाडि संयुक्त अरब इमिरेट्स (युएई) पुगे। त्यहाँबाट नेपाल फर्किएका उनले नेपालमै बंगुर पालन गर्ने सोच बनाए। 

बंगुरका ३ वटा बच्चा किनेर व्यवसाय सुरु गरिसकेका उनलाई एजेन्ट अमरबहादुर बगालेको फोन आयो, ‘लिबियामा मासिक १ हजार अमेरिकी डलर कमाइ हुने एउटा राम्रो जागिर छ, जाने हो?’

मासिक १ हजार डलर अर्थात् १ लाख रुपैयाँ भन्दा बढी। गणेशलाई बंगुरपालनभन्दा लिबिया जानै ठिक लाग्यो। एजेन्टले उनलाई भनेको काम थियो– डेरीमिल्क कम्पनीमा सवारी चालक। खान र बस्नको पनि सुविधा।

Ncell 2
Ncell 2
nimb
nimb

लिबिया पठाउने प्रस्तावसँग एजेन्टले गणेशसँग त्यहाँ जान ५ लाख रुपैयाँ खर्च लाग्ने सुनाए। ‘मासिक १ लाख कमाइका अघि नाथे ५ लाख कति नै ठूलो रकम हो र ?’ एजेन्टको प्रस्तावबाट लोभिइसकेका गणेशले ऋण गरेरै भए पनि लिबिया पुग्ने अठोट बनाए। 

राम्रो कमाइ हुने ठाउँमा जाँदैछु भनेपछि साहुहरुले पनि उनलाई पत्याए। ‘देशमै केही गर्छु भन्दा ऋण नपत्याउनेले यसपालि सजिलै पत्याए,’ उनले  सुनाए।  

रकम बुझाइसकेपछि एजेन्टले लिबियाका लागि नेपालबाट श्रम स्विकृति लिएर जाने प्रावधान नभएकाले भारत हुँदै जानुपर्ने सुनाए। भारतीय बाटो हुँदै श्रमिक लगेर अलपत्र पारेको कुरा गणेशले सुनेका थिए। त्यसपछि उनले भारतको बाटो हुँदै नजाने अडान लिए।

लिबिया लैजाने क्रममा उनलाई एजेन्टले सेटिङ मिलाएर गत २१ अगस्टमा दुबई पुर्‍याए। दुबई पुगेपछि उनलाई रविप्रसाद प्रसाईले रिसिभ गरे। उनले गणेशलाई दुबईमा एउटा कोठामा लगेर थन्क्याए। 

Xtrem

Xtrem

‘त्यहाँ १ महिनासम्म चिसो भुइँमा रात बिताइयो,’ उनले दुखेसो पोखे, ‘दुबई पुगेपछि पो लिबिया युद्धग्रस्त मुलुक भएको थाहा पाएँ।’ 

लिबिया नजाने र दुबईबाटै नेपाल फर्कने उनले जिद्दी गरे। तर, नेपाल फर्कंदा एजेन्टलाई बुझाएको ५ लाख रुपैयाँ फिर्ता नपाउने भएपछि लिबिया जानैपर्ने बाध्यता आइलाग्यो।

‘केही चिनजानकै साथीहरुले लिबियामा समस्यामा परे हामी तत्काल उद्धार गरिहाल्छौं जाऊ भनेपछि म पनि  लिबिया आएँ,’ उनले भने। 

लिबियाको डेरी मिल्क कम्पनीमा ड्राइभिङका लागि लगिएका गणेश दुबईको कोठामा १ महिना बिताएर गत सेप्टेम्बरमा लिबिया पुगे। लिबिया भने ड्राइभिङ काम लगाइएन। राजधानी त्रिपोली नजिकै रहेको राइस मिलमा काम लगाइयो। 

भनिए अनुसारको काममा नलगाएको मात्रै होइन, तलब पनि तोकिए अनुसार दिइएन। उनलाई मासिक तलब २ सय ५० डलर मात्रै दिइयो। काममा दैनिक १२ घन्टा लगाइयो तर ओभरटाइमको पैसै दिइएन। 

'भने अनुसार केही पनि पाइएन,’ उनले गुनासो पोखे, ‘खानेबस्ने खर्चसमेत आफैंले बेहोर्नुपर्छ। काममा आएदेखि लडाइँ भइरहेको छ। बाहिर जान सक्ने अवस्था छैन। कम्पनीदेखि बस्ने कोठासम्म मात्रै आउजाउ गर्न पाइन्छ।’

गणेशले काम गरिरहेको कम्पनीमा अन्य ७ जना नेपालीले पनि काम गर्छन्। खानेकुरा लगायत आवश्यक सामग्री किन्न बजारसम्म जान सक्ने अवस्था नहुँदा त्यहीँका स्थानीयले ल्याइदिने गरेको गणेश बताउँछन्। ‘सामान पनि एकदम महँगो छ,’ उनले भने, ‘त्यसमाथि अरुले किनेर ल्याइदिनुपर्ने, काम गरेको तलबले पनि नपुग्ने अवस्था भइसकेको छ।’

धरानका राजु विश्वकर्मा र उनका भाइ सनम विश्वकर्मा पनि लिबियाको युद्ध चर्किरहेको ठाउँमा फसेका छन्। विश्वकर्मा दाजुभाइ पनि एजेन्टमार्फत नै लिबिया पुगेका हुन्। उनीहरुलाई एजेन्ट राहुत गहतराजले राम्रो काम र तलबको ‘अफर’ देखाएर प्रभावित पारेका थिए।  

डेरीमा नभए सेल्स म्यानमा काम लगाइदिने र कमाइ मासिक १ हजार अमेरिकी डलर हुने सुनाइएपछि उनीहरु १० लाख बुझाएर लिबिया पुगे। 

‘यहाँ कन्स्ट्रक्सन कम्पनीको काम छ,’ राजु विश्वकर्माले फोनमा भने, 'यो निकै कठिन छ। युद्ध भूमिमा ल्याएर फसायो, हामी बाँच्न चाहन्छौं। हामी नेपाल फर्कन चाहन्छौं।’

युद्धको चपेटामा १५ नेपाली श्रमिक
लिबियाको त्रिपोली र आसपासका युद्धग्रस्त क्षेत्रमा १५ जना नेपाली श्रमिक कार्यरत भएको पाइएको छ। उनीहरु नेपाल लाइभको सम्पर्कमा  आएका छन्। 

‘हामी धेरै जोखिमपूर्ण ठाउँमा छौं,’ विश्वकर्माले भने, ‘कुन दिन बसेकै ठाउँमा बमबारुद बर्सिने हो, जीवन एकदमै धरापमा छ।’

राजधानी त्रिपोलीस्थित राइसमिलमा ७ जना कार्यरत छन्। त्यहाँ काम गर्नेहरुमा रुपन्देहीका गणेश थापा, दाङका भुवन आचार्य, लमजुङका गुप्तबहादुर विक, लमजुङकै पूर्णबहादुर गुरुङ, अमृत गुरुङ र बुद्धिबहादुर अधिकारी क्षेत्री, धरानका राजु विश्कर्मा छन्। 

त्यस्तै त्रिपोली नजिकैको एक कृषि फर्म (मजरा) मा ६ जना नेपाली काम गरिरहेका छन्। तीमध्ये कृष्ण कोइराला, सनम विश्वकर्मा र राजु विष्टको मात्रै नाम खुलेको छ। राइस मिलमा काम गर्ने शेखर कोइराला र प्रकाश विश्वकर्मा पनि सम्पर्कमा आएका छन्।

आफूहर युद्ध मैदानमा फसेपछि ऋण दिएका साहुले पनि परिवारलाई दुःख दिन थालेकाले उनीहरुमा थप चिन्ता बढेको छ।

‘हामी अलपत्र परेको खबर बाहिर आउन थालेपछि साहुहरुले घरमा पुगेर रातदिन कचकच गर्न थालेका छन्,’ पीडित गणेशले गुनासो पोख्दै भने, ‘घरका मान्छेले कहाँबाट पैसा दिन सक्छन्?’ 

इजिप्टस्थित नेपाली दूतावास सम्पर्कमा आए पनि उद्धार गर्न नसकेको उनले सुनाए। 

लिबियामा पुर्‍याएर फसाइएका श्रमिकहरु आफूलाई पठाउने एजेन्टहरु फरक–फरक भएको र त्यसमध्ये केशव लम्साल मुख्य रहेको उनीहरुको भनाइ छ। 

के गरिरहेको छ सरकारले? 
युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरु सरकारले आफूहरुको चाँडै उद्धार गरोस् भन्ने चाहन्छन्। सरकार भने पीडित नेपाली श्रमिकसँग नियमित सम्पर्कमा रहेकाले उद्धारका लागि पहल गरिरहेको बताउँछ।  

परराष्ट्र मन्त्रयालका प्रवक्ता भरतराज पौडेलले त्यहाँका श्रमिकहरुको अवस्थाबारे बुझ्न इटिप्टस्थित नेपाली दूतावासलाई निर्देशन दिएको र थप विवरण आएपछि उद्धारका विषयमा निर्णय गर्ने बताए। ‘त्यहाँबाट पूर्ण विवरण आउनेबित्तिकै उद्धार कसरी गर्ने? संयुक्त राष्ट्रसंघको सहयोग लिने वा नलिने विषयमा त्यसपछि मात्रै निर्णय हुन्छ,’ उनले भने।

इजिप्टस्थित नेपाली दूतावासले भने पीडित नेपाली श्रमिकसँग नियमित सम्पर्कमा रहेको र उनीहरुको ‘ट्राभल डकुमेन्ट’ तयार पारेर उद्धारको प्रयासमा लागेको बताएको छ। दूतावासका द्वितीय सचिव सुजन बिडारीले लिबियाको अवस्था नाजुक रहेकाले अन्तर्राष्ट्रिय उडान गर्नसमेत गाह्रो भएकाले स्थल मार्गबाटै इजिप्ट ल्याएर भए पनि उद्धार गरिने बताए। 

इजिप्टस्थित नेपाली दूतावासका द्वितीय सचिव सुजन बिडारी के भन्छन्–
नेपाली श्रमिकहरु युद्ध भइहेको क्षेत्र नजिकै काम गरिरहेका छन्। राजधानी त्रिपोली लगायतका विभिन्न ठाउँमा लडाइँ भइरहेको अवस्था छ। यद्यपि त्यो पछिल्लो समय नियन्त्रणको अवस्थामा छ भन्ने खबर हामीलाई प्राप्त भएको छ। 

त्यहाँ रहेका नेपाली श्रमिकसँग हाम्रो नियमित सम्पर्क भइराखेको छ। त्यहाँ राम्रो काम पाइन्छ भनेर  उनीहरुलाई नेपाली दलालले फसाएका रहेछन्।  उनीहरुलाई लिबिया पठाउने कम्पनीसँग पनि सम्पर्क गर्ने कोसिस गरिरहेका छौं तर सम्पर्क हुन सकेको छैन। 

हामीले लिबियाको विदेश मन्त्रालयसँग पनि कुरा गरिरहेका छौं। लिबियामा नेपाली शान्ति सेनाको कार्यलय पनि छ।  अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) सँग पनि हामीले सहकार्य गरेर उनीहरुको यात्रा कागजात पठाएका छौं। 

काम गरिरहेको ठाँउबाट उनीहरु नेपाली शान्ति सेनाको सैनिक क्याम्पसम्म आउन अवस्था के छ? उनीहरु आउन सक्ने अवस्था भए उनीहरुलाई बाटो देखाएर त्यहाँसम्म ल्याउने नत्र भने त्यो ठाउँसम्म हामीहरु आफै लिन जाने कोसिस गरिरहेका छौं। 

उनीहरु आइओएमको अफिससम्म पुग्न सक्ने अवस्था भयो भने उद्धार हुने अवस्था छ। लामो समयदेखि हामीले यसलाई फलोअप गरिरहेका छौं। 

इजिप्टमा आइओएमको क्षेत्रीय कार्यलय पनि छ। त्यहाँका प्रतिनिधिलाई हामीले दूतावासमा बोलाएर पनि छलफल गर्‍यौं। उनीहरु सहयोग गर्न तयार छन्। हामीले उनीहरुलाई ट्राभल डकुमेन्ट पठाएर उद्धार गर्न लागेका छौं। 

ड्रोन हमला भएर लिबियाबाट अन्तर्राष्ट्रिय उडान त्यति राम्रोसँग भइरहेको छैन। हवाई माध्यमबाट सम्भव नभए स्थलगत रुपमै उनीहरुलाई सीमा क्षेत्रबाट इजिप्ट वा ट्युनिसिया ल्याउने र नेपाल पठाउने कोसिस गरिरहेका छौं। 

के हो लिबिया संकट? 
नि:शुल्क शिक्षा र स्वास्थ सेवा पाइने लिबिया कुनै बेला अफ्रिकामै जीवनशैली उच्च भएको मुलुकका मानिन्थ्यो। तर, पछिल्लो समय लिबिया द्वन्द्वको चपेटामा परेको छ। 

पछिल्लो समय त्यहाँको एउटा विद्रोही समूह ‘द लिबिया नेसनल आर्मी’ले राजधानी त्रिपोलीलाई कब्जा गर्ने उद्देश्यले आक्रमण गर्न थालेपछि द्वन्द्व चर्किएको हो। 

लामो समय शासन गरेका कर्णेल मुअम्मर गद्दाफीलाई खासगरी नेटो समर्थित फौजले सन् २०११ मा पदच्युत गरेपछि लिबियामा द्वन्द्वको बिजारोपण भएको हो। लिबियामा अहिले संयुक्त राष्ट्रसंघको समर्थन पाएको र विद्रोहीको दुई समानान्तर सरकार छन्।

पछिल्ला दिनमा विद्रोहीहरूले राजधानी र अन्य क्षेत्रमा आक्रमण गरेपछि त्यहाँ द्वन्द्व चर्किएको हो। त्यहाँको द्वन्द्व कम गर्न राष्ट्रसंघले प्रयास गरिराखे पनि सफल हुन सकेको छैन। 

राष्ट्रसंघ अन्तर्गत नै नेपाली सेना पनि शान्ति सेनाका रुपमा लिबियामा खटिइरहेको छ। अरू देशले लिबियामा रहेका आफ्ना सैनिकलाई अन्यत्र सारे पनि नेपाली सेनाको टोलीले भने त्यहाँको राष्ट्रसंघीय नियोगको सुरक्षा गरिरहेको छ। 

नेपाली सेना प्रमुख सेनानी समीर प्रतापजङ्ग राणाको नेतृत्वमा त्यहाँ २ सय ३१ सैनिक कार्यरत छन्।
 

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआइजी बंशीराज दाहाल बर्खास्त
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्