• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १७, २०८२ Wed, Dec 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

युद्धग्रस्त लिबियाबाट नेपालीको गुहार– हामी बाँच्न चाहन्छौं, नेपाल फर्काइदेऊ

युद्धको चपेटामा १५ नेपाली श्रमिक
64x64
नेपाल लाइभ शनिबार, वैशाख २१, २०७६  ११:४८
1140x725

काठमाडौं- ‘हामी युद्धग्रस्त क्षेत्रमा छौं, जतिसक्दो चाँडो यहाँबाट निस्किन चाहन्छौं,’ युद्धग्रस्त लिबियाबाट नेपाल लाइभको सम्पर्कमा आएका रुपन्देही सैनामैनाका गणेश थापा मगरले भने, ‘हामी एकदमै खतरामा फसेका छौं। हामीले काम गरिरहेको क्षेत्र नजिकै गोली बर्सिइरहन्छ।’

आफूहरुले भोगिरहेको त्रासदीबारे फोनमा बताइरहँदा पृष्ठभूमिमा ‘ड्याङ्ग’ विस्फोटको आवाज सुनियो। अत्तालिएको आवाजमा उनले भने, ‘सुन्नुभयो ? यहाँ बमगोला पड्किइरहन्छन्।’

लिबियाका विभिन्न क्षेत्रमा १५ जना नेपाली श्रमिक द्वन्द्वको चपेटामा फसेको बताउँदै गणेशले आफूहरुलाई स्वदेश फर्कादिन आग्रह पनि गरे। ‘कतिबेला मरिने हो टुंगो छैन,’ भयभीत सुनिएका उनको आग्रह छ, ‘ हामीलाई जतिसक्दो चाँडो यो डरलाग्दो ठाँउबाट निकाल्ने कोसिस गर्नुहोला। अरु देशका सबै घर फर्किसके हामी पनि आफ्नो घर फर्कन चाहन्छौं।’

प्रतिबन्धित मुलुकमा नेपाली श्रमिक कसरी? 
द्वन्द्वग्रस्त लिबियामा सरकारले रोजगारका लागि नेपाली श्रमिकलाई प्रतिबन्ध लगाएको छ। तर, गणेश लगायतका नेपाली श्रमिक त्यहाँ कसरी पुगेत त? 

दलालको प्रलोभनको पासोमा परेका हुन्, उनीहरु। राम्रो काम र कमाइको प्रलोभन देखाएर अवैधानिक बाटो हुँदै गैरकानुनी रुपमा आफूहरुलाई लिबिया पुर्‍याइएको नेपाली श्रमिकहरुको भनाइ छ। 

गणेश वैदेशिक रोजगारका लागि केही वर्षअगाडि संयुक्त अरब इमिरेट्स (युएई) पुगे। त्यहाँबाट नेपाल फर्किएका उनले नेपालमै बंगुर पालन गर्ने सोच बनाए। 

बंगुरका ३ वटा बच्चा किनेर व्यवसाय सुरु गरिसकेका उनलाई एजेन्ट अमरबहादुर बगालेको फोन आयो, ‘लिबियामा मासिक १ हजार अमेरिकी डलर कमाइ हुने एउटा राम्रो जागिर छ, जाने हो?’

मासिक १ हजार डलर अर्थात् १ लाख रुपैयाँ भन्दा बढी। गणेशलाई बंगुरपालनभन्दा लिबिया जानै ठिक लाग्यो। एजेन्टले उनलाई भनेको काम थियो– डेरीमिल्क कम्पनीमा सवारी चालक। खान र बस्नको पनि सुविधा।

Ncell 2
Ncell 2

लिबिया पठाउने प्रस्तावसँग एजेन्टले गणेशसँग त्यहाँ जान ५ लाख रुपैयाँ खर्च लाग्ने सुनाए। ‘मासिक १ लाख कमाइका अघि नाथे ५ लाख कति नै ठूलो रकम हो र ?’ एजेन्टको प्रस्तावबाट लोभिइसकेका गणेशले ऋण गरेरै भए पनि लिबिया पुग्ने अठोट बनाए। 

राम्रो कमाइ हुने ठाउँमा जाँदैछु भनेपछि साहुहरुले पनि उनलाई पत्याए। ‘देशमै केही गर्छु भन्दा ऋण नपत्याउनेले यसपालि सजिलै पत्याए,’ उनले  सुनाए।  

रकम बुझाइसकेपछि एजेन्टले लिबियाका लागि नेपालबाट श्रम स्विकृति लिएर जाने प्रावधान नभएकाले भारत हुँदै जानुपर्ने सुनाए। भारतीय बाटो हुँदै श्रमिक लगेर अलपत्र पारेको कुरा गणेशले सुनेका थिए। त्यसपछि उनले भारतको बाटो हुँदै नजाने अडान लिए।

लिबिया लैजाने क्रममा उनलाई एजेन्टले सेटिङ मिलाएर गत २१ अगस्टमा दुबई पुर्‍याए। दुबई पुगेपछि उनलाई रविप्रसाद प्रसाईले रिसिभ गरे। उनले गणेशलाई दुबईमा एउटा कोठामा लगेर थन्क्याए। 

‘त्यहाँ १ महिनासम्म चिसो भुइँमा रात बिताइयो,’ उनले दुखेसो पोखे, ‘दुबई पुगेपछि पो लिबिया युद्धग्रस्त मुलुक भएको थाहा पाएँ।’ 

लिबिया नजाने र दुबईबाटै नेपाल फर्कने उनले जिद्दी गरे। तर, नेपाल फर्कंदा एजेन्टलाई बुझाएको ५ लाख रुपैयाँ फिर्ता नपाउने भएपछि लिबिया जानैपर्ने बाध्यता आइलाग्यो।

‘केही चिनजानकै साथीहरुले लिबियामा समस्यामा परे हामी तत्काल उद्धार गरिहाल्छौं जाऊ भनेपछि म पनि  लिबिया आएँ,’ उनले भने। 

लिबियाको डेरी मिल्क कम्पनीमा ड्राइभिङका लागि लगिएका गणेश दुबईको कोठामा १ महिना बिताएर गत सेप्टेम्बरमा लिबिया पुगे। लिबिया भने ड्राइभिङ काम लगाइएन। राजधानी त्रिपोली नजिकै रहेको राइस मिलमा काम लगाइयो। 

भनिए अनुसारको काममा नलगाएको मात्रै होइन, तलब पनि तोकिए अनुसार दिइएन। उनलाई मासिक तलब २ सय ५० डलर मात्रै दिइयो। काममा दैनिक १२ घन्टा लगाइयो तर ओभरटाइमको पैसै दिइएन। 

'भने अनुसार केही पनि पाइएन,’ उनले गुनासो पोखे, ‘खानेबस्ने खर्चसमेत आफैंले बेहोर्नुपर्छ। काममा आएदेखि लडाइँ भइरहेको छ। बाहिर जान सक्ने अवस्था छैन। कम्पनीदेखि बस्ने कोठासम्म मात्रै आउजाउ गर्न पाइन्छ।’

गणेशले काम गरिरहेको कम्पनीमा अन्य ७ जना नेपालीले पनि काम गर्छन्। खानेकुरा लगायत आवश्यक सामग्री किन्न बजारसम्म जान सक्ने अवस्था नहुँदा त्यहीँका स्थानीयले ल्याइदिने गरेको गणेश बताउँछन्। ‘सामान पनि एकदम महँगो छ,’ उनले भने, ‘त्यसमाथि अरुले किनेर ल्याइदिनुपर्ने, काम गरेको तलबले पनि नपुग्ने अवस्था भइसकेको छ।’

धरानका राजु विश्वकर्मा र उनका भाइ सनम विश्वकर्मा पनि लिबियाको युद्ध चर्किरहेको ठाउँमा फसेका छन्। विश्वकर्मा दाजुभाइ पनि एजेन्टमार्फत नै लिबिया पुगेका हुन्। उनीहरुलाई एजेन्ट राहुत गहतराजले राम्रो काम र तलबको ‘अफर’ देखाएर प्रभावित पारेका थिए।  

डेरीमा नभए सेल्स म्यानमा काम लगाइदिने र कमाइ मासिक १ हजार अमेरिकी डलर हुने सुनाइएपछि उनीहरु १० लाख बुझाएर लिबिया पुगे। 

‘यहाँ कन्स्ट्रक्सन कम्पनीको काम छ,’ राजु विश्वकर्माले फोनमा भने, 'यो निकै कठिन छ। युद्ध भूमिमा ल्याएर फसायो, हामी बाँच्न चाहन्छौं। हामी नेपाल फर्कन चाहन्छौं।’

युद्धको चपेटामा १५ नेपाली श्रमिक
लिबियाको त्रिपोली र आसपासका युद्धग्रस्त क्षेत्रमा १५ जना नेपाली श्रमिक कार्यरत भएको पाइएको छ। उनीहरु नेपाल लाइभको सम्पर्कमा  आएका छन्। 

‘हामी धेरै जोखिमपूर्ण ठाउँमा छौं,’ विश्वकर्माले भने, ‘कुन दिन बसेकै ठाउँमा बमबारुद बर्सिने हो, जीवन एकदमै धरापमा छ।’

राजधानी त्रिपोलीस्थित राइसमिलमा ७ जना कार्यरत छन्। त्यहाँ काम गर्नेहरुमा रुपन्देहीका गणेश थापा, दाङका भुवन आचार्य, लमजुङका गुप्तबहादुर विक, लमजुङकै पूर्णबहादुर गुरुङ, अमृत गुरुङ र बुद्धिबहादुर अधिकारी क्षेत्री, धरानका राजु विश्कर्मा छन्। 

त्यस्तै त्रिपोली नजिकैको एक कृषि फर्म (मजरा) मा ६ जना नेपाली काम गरिरहेका छन्। तीमध्ये कृष्ण कोइराला, सनम विश्वकर्मा र राजु विष्टको मात्रै नाम खुलेको छ। राइस मिलमा काम गर्ने शेखर कोइराला र प्रकाश विश्वकर्मा पनि सम्पर्कमा आएका छन्।

आफूहर युद्ध मैदानमा फसेपछि ऋण दिएका साहुले पनि परिवारलाई दुःख दिन थालेकाले उनीहरुमा थप चिन्ता बढेको छ।

‘हामी अलपत्र परेको खबर बाहिर आउन थालेपछि साहुहरुले घरमा पुगेर रातदिन कचकच गर्न थालेका छन्,’ पीडित गणेशले गुनासो पोख्दै भने, ‘घरका मान्छेले कहाँबाट पैसा दिन सक्छन्?’ 

इजिप्टस्थित नेपाली दूतावास सम्पर्कमा आए पनि उद्धार गर्न नसकेको उनले सुनाए। 

लिबियामा पुर्‍याएर फसाइएका श्रमिकहरु आफूलाई पठाउने एजेन्टहरु फरक–फरक भएको र त्यसमध्ये केशव लम्साल मुख्य रहेको उनीहरुको भनाइ छ। 

के गरिरहेको छ सरकारले? 
युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरु सरकारले आफूहरुको चाँडै उद्धार गरोस् भन्ने चाहन्छन्। सरकार भने पीडित नेपाली श्रमिकसँग नियमित सम्पर्कमा रहेकाले उद्धारका लागि पहल गरिरहेको बताउँछ।  

परराष्ट्र मन्त्रयालका प्रवक्ता भरतराज पौडेलले त्यहाँका श्रमिकहरुको अवस्थाबारे बुझ्न इटिप्टस्थित नेपाली दूतावासलाई निर्देशन दिएको र थप विवरण आएपछि उद्धारका विषयमा निर्णय गर्ने बताए। ‘त्यहाँबाट पूर्ण विवरण आउनेबित्तिकै उद्धार कसरी गर्ने? संयुक्त राष्ट्रसंघको सहयोग लिने वा नलिने विषयमा त्यसपछि मात्रै निर्णय हुन्छ,’ उनले भने।

इजिप्टस्थित नेपाली दूतावासले भने पीडित नेपाली श्रमिकसँग नियमित सम्पर्कमा रहेको र उनीहरुको ‘ट्राभल डकुमेन्ट’ तयार पारेर उद्धारको प्रयासमा लागेको बताएको छ। दूतावासका द्वितीय सचिव सुजन बिडारीले लिबियाको अवस्था नाजुक रहेकाले अन्तर्राष्ट्रिय उडान गर्नसमेत गाह्रो भएकाले स्थल मार्गबाटै इजिप्ट ल्याएर भए पनि उद्धार गरिने बताए। 

इजिप्टस्थित नेपाली दूतावासका द्वितीय सचिव सुजन बिडारी के भन्छन्–
नेपाली श्रमिकहरु युद्ध भइहेको क्षेत्र नजिकै काम गरिरहेका छन्। राजधानी त्रिपोली लगायतका विभिन्न ठाउँमा लडाइँ भइरहेको अवस्था छ। यद्यपि त्यो पछिल्लो समय नियन्त्रणको अवस्थामा छ भन्ने खबर हामीलाई प्राप्त भएको छ। 

त्यहाँ रहेका नेपाली श्रमिकसँग हाम्रो नियमित सम्पर्क भइराखेको छ। त्यहाँ राम्रो काम पाइन्छ भनेर  उनीहरुलाई नेपाली दलालले फसाएका रहेछन्।  उनीहरुलाई लिबिया पठाउने कम्पनीसँग पनि सम्पर्क गर्ने कोसिस गरिरहेका छौं तर सम्पर्क हुन सकेको छैन। 

हामीले लिबियाको विदेश मन्त्रालयसँग पनि कुरा गरिरहेका छौं। लिबियामा नेपाली शान्ति सेनाको कार्यलय पनि छ।  अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) सँग पनि हामीले सहकार्य गरेर उनीहरुको यात्रा कागजात पठाएका छौं। 

काम गरिरहेको ठाँउबाट उनीहरु नेपाली शान्ति सेनाको सैनिक क्याम्पसम्म आउन अवस्था के छ? उनीहरु आउन सक्ने अवस्था भए उनीहरुलाई बाटो देखाएर त्यहाँसम्म ल्याउने नत्र भने त्यो ठाउँसम्म हामीहरु आफै लिन जाने कोसिस गरिरहेका छौं। 

उनीहरु आइओएमको अफिससम्म पुग्न सक्ने अवस्था भयो भने उद्धार हुने अवस्था छ। लामो समयदेखि हामीले यसलाई फलोअप गरिरहेका छौं। 

इजिप्टमा आइओएमको क्षेत्रीय कार्यलय पनि छ। त्यहाँका प्रतिनिधिलाई हामीले दूतावासमा बोलाएर पनि छलफल गर्‍यौं। उनीहरु सहयोग गर्न तयार छन्। हामीले उनीहरुलाई ट्राभल डकुमेन्ट पठाएर उद्धार गर्न लागेका छौं। 

ड्रोन हमला भएर लिबियाबाट अन्तर्राष्ट्रिय उडान त्यति राम्रोसँग भइरहेको छैन। हवाई माध्यमबाट सम्भव नभए स्थलगत रुपमै उनीहरुलाई सीमा क्षेत्रबाट इजिप्ट वा ट्युनिसिया ल्याउने र नेपाल पठाउने कोसिस गरिरहेका छौं। 

के हो लिबिया संकट? 
नि:शुल्क शिक्षा र स्वास्थ सेवा पाइने लिबिया कुनै बेला अफ्रिकामै जीवनशैली उच्च भएको मुलुकका मानिन्थ्यो। तर, पछिल्लो समय लिबिया द्वन्द्वको चपेटामा परेको छ। 

पछिल्लो समय त्यहाँको एउटा विद्रोही समूह ‘द लिबिया नेसनल आर्मी’ले राजधानी त्रिपोलीलाई कब्जा गर्ने उद्देश्यले आक्रमण गर्न थालेपछि द्वन्द्व चर्किएको हो। 

लामो समय शासन गरेका कर्णेल मुअम्मर गद्दाफीलाई खासगरी नेटो समर्थित फौजले सन् २०११ मा पदच्युत गरेपछि लिबियामा द्वन्द्वको बिजारोपण भएको हो। लिबियामा अहिले संयुक्त राष्ट्रसंघको समर्थन पाएको र विद्रोहीको दुई समानान्तर सरकार छन्।

पछिल्ला दिनमा विद्रोहीहरूले राजधानी र अन्य क्षेत्रमा आक्रमण गरेपछि त्यहाँ द्वन्द्व चर्किएको हो। त्यहाँको द्वन्द्व कम गर्न राष्ट्रसंघले प्रयास गरिराखे पनि सफल हुन सकेको छैन। 

राष्ट्रसंघ अन्तर्गत नै नेपाली सेना पनि शान्ति सेनाका रुपमा लिबियामा खटिइरहेको छ। अरू देशले लिबियामा रहेका आफ्ना सैनिकलाई अन्यत्र सारे पनि नेपाली सेनाको टोलीले भने त्यहाँको राष्ट्रसंघीय नियोगको सुरक्षा गरिरहेको छ। 

नेपाली सेना प्रमुख सेनानी समीर प्रतापजङ्ग राणाको नेतृत्वमा त्यहाँ २ सय ३१ सैनिक कार्यरत छन्।
 

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुधबार बिहान पाँच घण्टा फोन पे अवरुद्ध हुने
लुम्बिनी विकास कोषको सदस्य-सचिवमा श्रेष्ठ नियुक्त, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बुधबार बिहान पाँच घण्टा फोन पे अवरुद्ध हुने मंगलबार, मंसिर १६, २०८२
लुम्बिनी विकास कोषको सदस्य-सचिवमा श्रेष्ठ नियुक्त, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन मंगलबार, मंसिर १६, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि मंगलबार, मंसिर १६, २०८२
एनपीएल–२ : पोखराको दोस्रो जित, पाँचौं हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली मंगलबार, मंसिर १६, २०८२
हर्क साम्पाङको पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ मंगलबार, मंसिर १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
युक्रेनका दुई ठूला सहर कब्जा गरेको रुसी राष्ट्रपति पुटिनको दाबी मंगलबार, मंसिर १६, २०८२
एनपीएल–२ : पोखराको दोस्रो जित, पाँचौं हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली मंगलबार, मंसिर १६, २०८२
कुलमानको पार्टीलाई ओलीले दिए फ्युज गएको चिमको संज्ञा मंगलबार, मंसिर १६, २०८२
एनपीएल : चितवनलाई हराउँदै जनकपुरको पहिलो जित मंगलबार, मंसिर १६, २०८२
शेखर दाइ र ममध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ: शशांक कोइराला मंगलबार, मंसिर १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्