पृथ्वी जयन्तीमा राप्रपाको चियापान, प्रधानमन्त्रीसहित ८ हजार जनालाई निम्ता
चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत ८ हजार जनालाई निमन्त्रणा गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
सोमबार, पुस २३, २०८०