• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसमा राष्ट्रिय सभाका उम्मेदवार छनोटप्रति गगन थापाको लिखित असहमति

64x64
नेपाल लाइभ सोमबार, पुस २३, २०८०  ०७:३३
1140x725

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले छनोट गरेका उम्मेदवारको विषयमा महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन्। 

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले राष्ट्रिय सभा उम्मेदवारका लागि १० जना उम्मेदवार टुंगो लगाएको थियो। सत्तारुढ गठबन्धनमा कांग्रेसले १० सिटका लागि उम्मेदवार उठाउने सहमति भएअनुसार उम्मेदवारको नाम टुंगो लगाइएको हो। 

१० सिटमध्ये संस्थापन (शभापति शेरबहादुर देउवा) पक्षबाट ७ जनाको नाम परेको छ। यस्तै, संस्थापन इतर (शेखर–गगन) पक्षका ३ जनाको नाम परेको छ। 

कांग्रेसले कोशी प्रदेशबाट (अन्य)मा कृष्ण सिटौला, मधेस प्रदेशबाट (अन्य)मा आनन्दप्रसाद ढुंगाना, बागमती प्रदेशबाट (अन्य)मा जीतजंग बस्नेत र महिलामा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ। 

यस्तै, गण्डकी प्रदेशबाट (अन्य)मा किरणवावु श्रेष्ठ र   (अपाङ्गता/अल्पसंख्यक)मा पदमबहादुर परियार छनोट भएका छन्। लुम्बिनी प्रदेशबाट (महिला)मा विष्णुकुमारी सापकोटा र कर्णाली प्रदेशबाट (अन्य)मा कृष्णबहादुर रोकाया छनोट भएका छन्। 

सुदूरपश्चिम प्रदेशबाट (अन्य)मा बलदेव बोहरा र (अपाङ्गता/अल्पसंख्यक)मा नारायणदत्त भट्ट छनोट भएका छन्। 

महामन्त्री थापाले भने उम्मेदवार छनोट गर्दा मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै लिखित असहमति राखेका छन्। 

यस्तो छ महामन्त्री थापाको लिखित असहमति:

nimb
nimb
Ncell 2
Ncell 2

१. हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ। यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो।

संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन।

२. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ। यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ।

अतः आजको निर्णयप्रति मेरो लिखित असहमति रहेको छ। मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ।

गगनकुमार थापा
महामन्त्री
२०८० पौष २२

 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ)
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ) सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ । मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा उनले उक्त दाबी वास्तविक नभएको उल्लेख गर्दै त्यस समयमा आफू अत्यावश्यक सन्देशहर... मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ प्रतिनिधिसभा बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले राष्ट्रपति रामचन्द्र पौडेले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधान... मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ) मंगलबार, वैशाख २९, २०८३
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ मंगलबार, वैशाख २९, २०८३
स्कटल्याण्डद्वारा नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत, सन्दीपले लिए चार विकेट मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्