काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका जेरि बट्टिमर पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउने भएका छन्।
अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ बजे नेपाल आउने कार्यक्रम रहेको छ। उनी सन् २०२२ डिसेम्बर १६ मा आयरल्याण्डको २६औं माथिल्लो सदनको अध्यक्षको रूपमा नियुक्त भएका हुन्।
अध्यक्ष बट्टिमरले सोमबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग सिंहदरबार स्थित कार्यकक्षमा भेट गर्नेछन् भने मंगलबार बिहान सभामुख देवराज घिमिरेसँग भेट्ने कार्यक्रम रहेको छ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा नारायणहिटी दरबार संग्रहालय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भू लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।