काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाउने भएको छ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
सत्ता गठबन्धनका राष्ट्रिय सभाको टिकट पाएसँगै नेता सिटौला आजै कोशी प्रदेशको राजधानी विराटनगर गएका छन्।
कांग्रेसले पाएका १० सिटमध्ये अरू ९ सिटमा भने सहमति भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।