काठमाडौं- सरकारले अघिल्लो महिनामात्र सुरु गरेको जनताको जलविद्युत कार्यक्रममा २ वटा जलविद्युत आयोजना थपेको छ।
१११ मेगावाट उत्पादन क्षमताको रसुवागढी र ४२ दशमलव ५ मेगावाट उत्पादन क्षमतको सान्जेन जलविद्युत आयोजनालाई कार्यक्रममा समेटिएको उर्जा, जलश्रोत, तथा सिंचाई मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए।
सबै सर्वसाधारणलाई जलविद्युतको विकासमा लगानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ फाल्गुण २ गते “नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी” नाराका साथ 'जनताको जलविद्युत कार्यक्रम' घोषणा गरिएको थियो।
कार्यक्रम घोषणा गर्दा १९ वटा आयोजना मात्र राखिएको भएपनि उर्जामन्त्री अध्यक्ष रहेको जनताको जलविद्युत कार्यक्रम कार्यान्वयन निर्देशक समितिको बैठेकले साञ्जेन र रसुवागढीलाई पनि कार्यक्रममा राख्न निश्कर्ष निकालेको प्रवक्ता अर्यालको भनाई छ।
रसुवा जिल्लामा निर्माण भईरहेको रसुवागडी जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको मुख्य प्रवद्र्वकत्वमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ।
रसुवा जिल्लामा नै बनिरहेको साञ्जेन जलविद्युत आयोजना सान्जेन जलविद्युत कम्पनी लिमिटेडले गरिरहेको छ।
उक्त आयोजनाको हालसम्ममा २४% ले भौतिक प्रगति भई कूल प्रगति ७०% भएको छ।
यसअन्तर्गत पूर्वाधार निर्माण १००%, सिभिल निर्माण कार्य ७०%, इलेक्ट्रोमेकानिकल कार्य ५९% र हाइड्रोमेकानिकल कार्य ५५% प्रगति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।