• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विगत सरकारका पालामा भएका काम पनि ओली सरकारका उपलब्धिमा समावेश

64x64
नेपाल लाइभ सोमबार, साउन २८, २०७५  १३:५५
1140x725

काठमाडौं–  सरकारले सोमबार प्रकाशित गरेको पाँच महिने उपलब्धिमा विगतका सरकारले गरेका कामलाई पनि आफ्नै उपलब्धि ठानेको छ।

सरकारद्वारा सार्वजनिक गरिएको ७४ पृष्ठको उपलब्धिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई वर्तमान सरकारको उपलब्धिका रुपमा लिइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत वर्षको साउनबाट निर्माण सुरु भएको थियो। तर, सरकारले आज प्रकाशित गरेको उपलब्धिमा वर्तमान सरकारको उपलब्धि भएको उल्लेख गरेको छ।

सरकारले प्रकाशित गरेको उपलब्धिमा दोहोरो र झुक्याउने भाषा प्रयोग गरिएको छ। उसले प्रस्तुत गरेको 'ग्राफिक्स'मा 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सूरु' भनिएको छ। तर बुँदागत रुपमा गरिएको व्याख्यामा पनि विमानस्थल आयोजनाको निर्माण कार्यले गति लिएको उल्लेख छ।

नेपाललाई आइकाओको कालोसूचीमा हटाउने कार्य गत वर्ष नै भएको थियो। सन् २०१३ देखि आइकाओले कालोसूचीमा राखेको नेपालको हवाई उड्ययन क्षेत्रको अध्ययन गर्न आइकाओका दुई सदस्य गत वर्ष नेपाल आएका थिए। उक्त टोली जाँझबुझ पछि नेपाललाई कालोसूचीबाट हटाउनका लागि सकरात्मक देखिएको थियो।

टोलीको सुझाबअनुसार २०१७ को जुलाईमा हवाई क्षेत्रको कालोसूचीबाट नेपाल हटेको थियो। गम्भीर सुरक्षा चासो देखाएको आइकाओले उक्त सूचीबाट नेपाललाई हटाएपछि प्रमाणपत्र बुझ्न भने वर्तमान पर्यटन मन्त्री रवीन्द्र अधिकारी क्यानडा गएका थिए। उनले असारको पहिलो साता प्रमाणपत्र बुझेका थिए।

तर सरकारको उपलब्धिमा लेखिएको छ– 'अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले विगतमा नेपाललाई असुरक्षित हवाई सूचीमा राखेकोमा हवाइ सुरक्षा स्तर वृद्धि भएपछि सो सूचीबाट नेपाललाई हटाएको छ।'

स्वास्थ्य क्षेत्रमा यो अवधिमा तीन वटा मात्र उपलब्धि भएको विवरण सरकारले सार्वजनिक गरेको छ। तर, सार्वजनिक भएका तीन वटै उपलब्धि भने अघिल्ला सरकारका पालामा भएका काम हुन्। यो आधारमा हेर्दा वर्तमान सरकारले उल्लेख गर्न लायक कुनै पनि उपलब्धि हासिल गर्न नसकेको प्रष्ट हुन्छ।

सरकारले सय दिनको अवधिमा ६ वटा उपलब्धि हासिल गरेको सार्वजनिक गरेको थियो। तर, ५ महिनाको उपलब्धिमा तीन वटा उपलब्धि घटेर जम्मा तीन वटामा मात्र आएको छ।
यी हुन् केपी ओली सरकारले ५ महिनामा दावी गरेको स्वास्थ्य क्षेत्रका उपलब्धि

Ncell 2
Ncell 2
nimb
nimb

१. औषधीको मूल्य निर्धारण सम्बन्धी कार्य्विधि तयार गरिएको छ । यसका आधारमा देशका सबै भूभागमा बसोबास गर्ने नागरिकलाई सर्वसुलभ रुपमा औषधी उपलब्ध गराउन सकिने छ।

२. नेपालगञ्ज र जनकपुरमा शहिद गंगालाल हृदय केन्द्र अन्तर्गत मुटुरोगसम्बन्धी सेवा विस्तार गरिएको छ।

३. नागरिकको स्वास्थ्य विमाका लागि लक्षित ४२ जिल्लाहरूमध्ये ३६ जिल्लामा विमा कार्यक्रम सञ्चालन भई ९ लाख ५१ हजार ३३९ जना विमित भएका छन् । त्यस मध्ये १ लाख २६ हजार ८३१ जना अति विपन्न वर्गका नागरिकलाई सरकारद्वारा प्रिमियमको समेत व्यवस्था गरी विमित गरिएको छ।

सरकारले दावी गरेका यी तीन वटै उपलब्धि विगतका सरकारका पालामा नै भएका उपलब्धि हुन्। तीन नम्बरमा भएको बिमा गर्नेको संख्या ५ महिनाको अवधिका केही हजारको संख्यामा थपिएको बाहेक अरु कुनै उपलब्धि छैन। बिमा कार्यक्रम नियमित चलिरहेका कारण प्रधानमन्त्री तथा मन्त्री नै नहुँदा पनि नियमित कार्यक्रम अन्तर्गत बिमा गर्नेको संख्या स्वत बढ्ने थियो।
औषधिको काम पनि पुरानै सरकारका पालामा भएको थियो।

प्रधानमन्त्री ओलीको उपलब्धिमा सहिद गंगालाल हृदय केन्द्रबाट नेपालगञ्ज र जनकपुरमा मुटुरोग सम्बन्धी सेवा विस्तार गरिएको उल्लेख छ। यो सेवा तत्कालीन स्वास्थ्य मन्त्री थापाको पालामा भएको हो। सेवा विस्तारका लागि बजेट समेत उपलब्ध गराइएको थियो। 

मुटुरोग सेवा विस्तार गर्न गंगालाल र भेरी अञ्चल अस्पतालबीच २०७३ फागुन २७ गते सम्झौता भएको थियो। स्वास्थ्य मन्त्रालयकी तत्कालीन प्रमुख विशेषज्ञ डा किरण रेग्मीको रोहबरमा भएको सम्झौतामा भेरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्रबहादुर चन्द र गंगालाल राष्ट्रिय ह्रदयरोग प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा ज्योतिन्द्र शर्माले हस्ताक्षर गरेका थिए। केन्द्रीय अस्पतालहरुले अति विशिष्टकृत सेवाहरु देशका अन्य अस्पतालहरुमा विस्तार गर्ने सरकारको नीति अनुरुप यो सम्झौता भएको हो।

यस्तै, जनकपुर अञ्चल अस्पतालसँग ०७४ बैसाख २१ गते मुटु रोगको सेवा विस्तार गर्ने सम्झौता भएको थियो। दुई अस्पतालबीच सहकार्यमा १० वर्ष सेवा दिने सम्झौता भएको हो।
अघिल्लो सरकारका पालामा भएको कामलाई पनि आफ्नो उपलब्धीको सूचीमा राखेको त छँदै छ। यही सरकारले घोषणा गरेर पनि कार्यान्वयन नगरेका कामलाई पनि उपलब्धी भएको भन्दै प्रचार गरेको छ। त्यसैमध्येको एक हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान समयावधि सम्बन्धी विवरण।

सरकारको उपलब्धीमा भनिएको छ– २०७५ जेठ ७ गते देखि विमानस्थललाई दैनिक २१ घन्टा संचालनमा ल्याइएको छ।

तर, दैनिक २१ घण्टा उडान–अवतरणको समयावधि पुर्‍याइएको भनिएको सो विमानस्थलमा बढाइएको समयमा विमान अवतरण या उडान हुन सकेको छैन। र, दिनभर व्यस्त रहने विमानस्थलको धावनमार्गमा मर्मत र सुधारका लागि कम्तीमा ६ घण्टा आवश्यक पर्ने भएकाले दैनिक १८ घण्टाभन्दा बढी उडान अवतरण गर्न नमिल्ने हवाइ इन्जिनियर बताउँछन्। वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल उपलब्ध नभएसम्म त्रिभुवन विमानस्थलमा १८ भन्दा बढी समय उडान र अवतरण गर्न असम्भवप्रायः भएको उनीहरुको तर्क छ। 

प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
अन्नपूर्णको तेश्रो जित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्