![1140x725](https://nepallive.com/uploads/news/images/2003031290_NRNA.jpg)
काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) थाईल्याण्डले त्यहाँ रहेको नेपाली नियोग र नेपाली डाएस्पोरा बीचको सहकर्यतालाई झन् बलियो बनाउने भएको छ ।
एनआरएनले यसका लागि आपसी छलफल र सहकार्य गर्ने सहमती गरेको छ । दुवैले नव नियुक्त थाइल्याण्डका लागि नेपालका राजदुत गणेशप्रसाद ढकाललाई स्वागत गर्दै यस्तो सहमती गरेका हुन् ।
गैरआवासीय नेपाली संघका अन्तरास्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकाल र संघका राष्ट्रिय समन्वय समितिका अध्यक्ष अस्सजित अवालेले थाइमा रहेका सवैले सहकार्य गरेर अघि बढ्ने सहमती भएको बताए ।
कार्यक्रममा बोल्दै राजदुत ढकालले एनआरएनए थाईल्याण्डले सम्पुर्ण नेपाली संघ सस्था र समुदायका प्रतिनिधिहरुलाई समेटेर गरेको उक्त समाबेशी कार्यक्रमको प्रशंसा गरे । उनले एनआरएनसँग सरकारले ज्ञान, सिप, प्रबिधि, पहुच र लगानी को छेत्रमा ठुलो अपेक्षा राखेको बताए । गैरआवासीय नेपाली संघले केहि समय अगाडी स्थापना गरेको नेपाल पोलिसी इस्टिच्युट (एनपीआई)ले ज्ञान र नीतिको क्षेत्रमा राष्ट्रिय योजना आयोग मार्फत पु¥र्याइरहेको योगदानको प्रशंसा गर्दै थप सक्रिय हुन आग्रह गरे । सोहि कार्यक्रममा आफ्नो विचार राख्दै गैरआवासीय नेपाली संघका अन्तरास्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकालले नेपालले दिगो विकास लक्ष्यका उद्देश्य पूरा गर्न वर्षको औसत वार्षिक सब २० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने बताए । राष्ट्रिय योजना आयोगको आकंलनको चर्चा गर्दै सबृद्ध नेपाल बनाउने सरकारको राष्ट्रिय आकांक्षामा गैरआवासीय नेपालीले आ–आफ्नो क्षमता र अवस्था अनुसार सहयोग गर्न तयार रहेको बताए । ढकालले सरकारलाई एक भरपर्दो बिकाश साझेदारको रुपमा गैरआवासीय नेपाली संघले आफुलाई प्रमाणित गर्ने समय आएको बताए । डाएस्पोरा सदस्यहरुको स्रोत साधन र पहँुचलाई सदुपयोग गरि संघले गर्न सक्ने सम्भावित योगदानको आँकलन तुरुन्त प्रस्तुत गर्नुपर्ने ढकालले बताए । एनपीआईका अध्यक्ष समेत रहेका ढकालले एनपीआई सरकारका कुनै पनि नियोग लगायतका निकाय मार्फत नेपाल र नेपालीलाइ सहयोग गर्न तयार रहेको बताए । एनपीआईलाइ अन्तरास्ट्रिय थिङ्क टेंकको रुपमा विकास गर्न लागिएको ढकालले जानकारी दिए ।
त्यस्तै गरि एनआरएनए थाईल्याण्डका अध्यक्ष अस्सजित अवालेले एनआरएनए थाईलेन्डले थाईलेन्डमा रहेका सबै नेपाली समुदाय सँग सस्थाहरुलाई समेटेर एक साझा सस्थाको रुपमा कम गरि रहेको जानकारी गराए।
अवालेले अघिल्लो राजदुतले एनआरएनए थाईलेन्ड संग राम्ररी समन्वय गर्न नसकेको गुनासो गर्दै अन्य आफुलाई मन परेको सस्थालाई एनआरएनए थाईलेन्डसंग कहिले समानान्तरत कहिले एनआरएनए थाईलेन्ड भन्दा माथि राखेर व्यवहार गर्दा नेपाली समुदाय दुखित रहेको जनाए । नया राजदुत बाट पररास्ट्र मन्त्रालय ले मान्यता दिएको सस्था एनआरएनए लाइ सोहि प्रोटोकल मा व्यवहार गरिदिए सबै नेपालीहरु एक भएर नेपालको हितमा कम गर्न सजिलो हुने सुझाब पनि अवालेले दिएका थिए।
थाइ नेपाल सघद्धारा स्वागत
थाइ नेपाली संघ केन्द्रीय समितिले थाइल्यान्डका लागि नवनियुक्त नेपाली राजदूत गणेश प्रसाद ढकाललाई स्वागत तथा भेटघाट गरेको थियाे ।
नेपाली राजदूतावास थाइल्यान्डमा राजदूत ढकाललाई, थाइ नेपाली संघका अध्यक्ष कुमार कार्की लगायतको टोलीले स्वागत गरेको हो । भेटघाटमा थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले थाइल्यान्डका नेपाली जातीयहरूको अवस्था, नेपालप्रतिको मायाका बारेमा अवगत गराए । नवनियुक्त राजदूत ढकाललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
थाइ नेपाली संघका संरक्षक डेविट खनालले थाइ नेपाली संघका बारेमा प्रष्ट पार्नुभएको थियो । संघबाट खनालले लिखत रूपमा संक्षिप्त परिचय प्रदान गर्दै, नेपाल र थाइल्यान्ड विचमा रहेको व्यापार व्यवसायका बारेमा पनि जानकारी गराए ।
![](https://nepallive.com/uploads/files/tna-thailand.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।