• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वायुसेवा निगमसँग पाइलट आङनुरीको 'बार्गेनिङ'

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३१, २०७६  ०७:४६
1140x725

काठमाडौं– नेपाल एयरलाइन्समा वाई–१२ जहाज उडान गर्दै आएका आइपी (प्रशिक्षक) पाइलट आङनुरी शेर्पाले नाटकीय रोल खेल्न थालेका छन्। आङनुरीको नाटकीय रोलको श्रृंखला भने २०७४ असारपछि सुरु भएको हो।

खुला प्रतिस्पर्धाबाट आङनुरी नेपाल एयरलाइन्समा नवौं तहको सिनियर पाइलटको रुपमा सन् २०१४ मा प्रवेश गरेका थिए। नेपाल एयरलाइन्स प्रवेश गरेपछि नुरी नेपाल एयरलाइन्सको खर्चमा २०१४ डिसेम्बरमा वाई–१२ जहाज उडानको तालिमका लागि चीन गएका थिए। तालिममा चीन जाँदा नुरीले तालिममा लाग्ने ३० लाख रुपैयाँ प्रतिवर्ष ५ लाख रुपैयाँका दरले ६ वर्षमा चुक्तान गर्नेगरी सम्झौता गरेका थिए।

तर, नेपाल एयरलाइन्सको २०७४ असार २१ गते बसेको सञ्चालक समितिको बैठकले शेर्पालाई अयोग्य भनेर बर्खास्त गरेको थियो। शेर्पा अमेरिकी ग्रिनकार्ड होल्डर भएका थाहा भएसँगै जागिरबाट निगममा सधैँका लागि स्थायी सेवामा अयोग्य हुनेगरी बर्खास्त भएका थिए।

बर्खास्त गर्दासम्म नुरीले लगभग ३ वर्ष सेवा गरेका थिए। ३ वर्षको सेवाबाट उनले नेपाल एयरलाइन्सलाई १५ लाख रुपैयाँ मात्रै बुझाएका थिए। यसै बीचमा फेरि निगमले नुरीलाई वाई–१२ जहाजको आइपी पाइलट बनाउन भन्दै २०१५नोबेम्बरमा चीन पठाएको थियो।

आइपी पाइलट बनाउनकै लागि निगमले १० देखि १२ लाख रुपैयाँ खर्च गरेको थियो। निगमले जागिरबाट बर्खास्त गर्दासम्मको अवधिमा लिएको तालिममा भएको खर्च बाँकी रकम मात्रै २७ लाख रुपैयाँ नुरीसँग लिनुपर्ने भइसकेको थियो। तर, फेरि निगमले  व्यवस्थापनले नुरीलाई मासिक झन्डै १० लाख रुपैयाँमा करार पाइलटको रुपमा ४ वर्षको सेवा अवधि तोकेर नियुक्ति दिएको थियो। 

करार पाइलटको रुपमा नियुक्ति दिँदै निगमले व्यवस्थापनले निगमलाई नुरीले तिर्न बाँकी रहेको रमक प्रत्यक महिनाको तलबबाट कटौती गर्दै जाने भनेर सम्झौता गरेको थियो। 

निगमबाट सधैंका लागि अयोग्य ठहर सहित बर्खास्त भएका पाइलट नुरीलाई फेरि २०७४ सालमै तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले करारमा १० लाख तलब पाउनेगरी भित्र्याएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी निगममा पुनः दोस्रो पटक निगम प्रवेश गरेका पाइलट आङनुरी सधैंजस्तो निगमसँग बार्गेनिङ गर्न थालेका छन्। वाई–१२ जहाज उडान गरिरहेका पाइलट आङनुरीले अप्रिल ३ मा चीन गएर आफ्नो पिपिसी (सिप परीक्षण प्रमाणपत्र) नवीकरण गरेका थिए। प्रमाणपत्र नवीकरण गरेर आएका पाइलट आङनुरी बिना सूचना पुनः निगम व्यवस्थापनलाई कुनै सूचना नदिई अप्रिल ७ मा अमेरिका पलायन भए।

नुरीको अमेरिका पलायनसँगै ४ वटामध्ये उडान गर्न योग्य ३ वटै वाई–१२ जहाज ग्राउन्डेड भए। बिना सूचना अमेरिका गएका आङनुरी अप्रिल २८ मा पुनः निगमै फिर्ता भए। निगमले पनि उनलाई फेरि काम गर्ने अवसर दियो। तर, बिना सूचना आङनुरी अमेरिका गएपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले उनले आफूहरुलाई धोका दिएको बताएका थिए। तर, झन्डै एक महिनापछि उनी निगम फर्केर जहाज उडान गर्न थाले।

यसैबीच उनले वाई–१२ जहाज उडान गरिरहेको दुई जना को–पाइलटको पिपिसी नवीकरण गरिदिए। तर, वाई–१२ जहाज उडान गर्दै आएका दुई पाइलट सञ्जय वादे र नृपेन्द्र भट्टराईको पिपिसी नवीकरण गर्न सकेन। वादेले पुसदेखिको सेवासुविधाको माग राख्दै पिपिसी नवीकरण गर्न मानेन। भट्टराईको पनि पिपिसी नवीकरण हुन सकेन।

यसैबीच निगम व्यवस्थापनले 'तँ रोए जस्तो गर हामी कुटे जस्तो गर्छौं' भन्दै बिना सूचना अमेरिका गएको विषयमा स्पष्टीकरण सोध्यो। निगमले स्पष्टीकरण सोधेपछि पुनः आङनुरीले मे १९ अपरेसन विभागमा आफ्नो राजिनामा बुझाए। अपरेसन विभागले त्यही दिन हिसाबकिताब गरी आङनुरीलाई विदाई गरिदिन मिल्ने भन्दै एचआर विभागमा उनको राजिनामाको विवरण पठायो। तर, एचआर विभागले उनको राजिनामा पत्र दराजमा राख्यो। कुनै  निर्णय गरेन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि आङनुरी पुनः २८ तारिकमा नेपाल फर्के। नेपाल फर्केपछि एक साता अगाडि मात्रै उनी फेरि निगम प्रवेश गरे। निगम प्रवेश गरेका आङनुरीलाई कार्यकारी अध्यक्ष खरेलले १५ लाख रुपैयाँ दिँदै एटिओ (स्वीकृत प्रशिक्षक संगठन) अर्थात नयाँ प्रवेश गरेका पाइलटलाई अपरेसन अन्तर्गतको ग्राउन्ड तालिम दिने संस्थाको प्रशिक्षको रुपमा नियुक्ति गरेको बताउन थालेका छन्।

तर, यो पनि सरासर झुट हो। किनकी अहिले वाई–१२ जहाज उडानका लागि ग्राउन्ड तालिम लिइरहेको फिजियोनाथ नेपाली र केबी लिम्बुको तालिम पनि इन्जिनियर मनोज शाह र अमृत थापाले कक्षा लिइरहेका छन्। यसरी कक्षा लिएइका पाइलटहरुको तालिम सकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको अवस्थामा मात्रै उनीहरुलाई ५० घन्टा जहाज उडान गराउने जिम्मा आङनुरीको हुन्छ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  ०७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्