सोल- दक्षिण कोरियाको केलभिन युनिभर्सिटीमा अध्ययनरत एक नेपाली विद्यार्थीकाे शुक्रबार बिहान मृत्यु भएको छ।
मृत्यु हुनेमा गोर्खाका सुमित पाेख्रेल रहेको गाेर्खा परिवार दक्षिण काेरियाका पूर्वअध्यक्ष यदु लामिछानेले जानकारी दिए।
बिहीबार साँझ खाना खाइसकेपछि असहज महसुस भएपछि पाेख्रेललाई सोल युनिभर्सिटी अफ मेडिकल साइन्सेसमा भर्ना गरिए पनि उनलाई बचाउन नकिएको अस्पताललाई उद्धृत गर्दै लामिछानेले बताए।
पाेख्रेलकाे शव अहिले अस्पतालमै रहेकाे र उनी अध्ययनरत युनिभर्सिटी सम्पर्कमा आएपछि शव नेपाल पठाउन आवश्यक समन्वय गरिने नेपाली दूतावास सोलका उपनियाेग प्रमुख किरण शाक्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।