• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

'पास्टरले शरीरभरि चिरे अनि मर्‍यो भन्दै फ्याँकिदिए' [भिडियोसहित]

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २४, २०७६  १२:२२
1140x725

इटहरी- 'यो मेरो दोस्रो जुनी हो। चर्चका पास्टरले मलाई मारेर फ्याँकेका थिए। मलाई कसले कसरी बचायो थाहा छैन। सायद  प्रभुले बचाउनुभयो होला,' २५ वर्षीय ओपिन साह आफ्नो तितो अनुभव सुनाउँछन्। 

चर्चपीडितहरू मध्ये ओपिन पनि एक हुन्। विश्व सुसमाचार समाज (सियोन) पीडित अभिषेक कार्की र आयुसा चौधरीले आफ्नो पीडा बाहिर ल्याएसँगै सियोन चर्चपीडितहरू बिस्तारै खुल्न थालेका हुन्। 

सियोनका पास्टरहरूले दुःख दिएको भन्दै धेरै जनाले चर्च छाडेर बाहिरिइसकेका छन्। त्यसैमध्येका एक हुन्, साह। पास्टर र उनका सहयोगीले यातना दिएर फ्याँके पनिआफू बाँच्न सफल भएको उनको भनाइ छ।

ओपिनको चर्च प्रवेश
यसअघि अभिषेक कार्की, आयुसा चौधरी र राजेन्द्र सिटौलाले आफ्नो पीडादायी अुनभव बाहिर ल्याएका थिए। धनुषाको जनकपुर घर भएका साह आफ्नो पीडा सुनाउनकै लागि इटहरी आएका हुन्। 'उहाँहरुको कुरा मैले मिडियामार्फत थाहा पाएँ,' साह भन्छन्, 'मलाई पनि आफ्नो पीडा ओकल्न मन लागेर इटहरी आएको हुँ।'

साह सन् २०१३ मा उनी सियोनमा आबद्ध भए। छिमेकी दाइ मन्दीप साहको आग्रहमा सियोनको सदस्य बनेको उनी बताउँछन्। जब उनी सियोनमा प्रवेश गरे, परिवारले रुचाएनन्। त्यसपछि मन्दीपसँग उनी पनि इटहरी आए।

त्यसबेला इटहरी सियोनका प्रमुख थिए, कोरियाली नागरिक 'सन जे हुन'। उनी हुनले अभिषेक र आयुसामाथि हातपात गर्न लगाएका थिए। 

इटहरीमा केही दिन बसेपछि ओपिन साहलाई इनरुवा पठाइयो। त्यसबेला केशव दुलाल इनरुवा सियोनका प्रमुख थिए। इटहरीमा रहँदा कोरियाली नागरिकले अगमवक्ता (प्रमुख) ले जे भन्यो  त्यही मान्नु भनेर अह्राएका थिए। 'अगमवक्ताले भनेको नमाने प्रभु रिसाउनुहुन्छ र तिमी व्यभिचारी देखिन्छौ' उनको आदेश थियो।

केही दिन चर्चमा नियमित प्रार्थना गरेपछि दुलालले साहलाई काममा पठाउन थाले। घर बनाउने मिस्त्रीको काम गर्थे उनी। दैनिक ४ देखि ५ सय रुपैयाँ कमाइ हुन्थ्यो। तर उनले एक रुपैयाँ पनि खर्च गर्न पाउँदैन थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

कमाएको जति सबै पैसा तिनै दुलाललाई बुझाउनुपर्थ्यो। उनी जस्तै अन्य दुई युवक पनि यसरी नै काम गर्थे र पैसा बुझाउँथे। हरेक शनिबार बिदा हुन्थ्यो। त्यस दिन पास्टर दुलालले उनीहरूलाई २ सय ५० रुपैयाँ दिन्थे। 

केही महिना त्यसैगरी चल्यो। बीचमा केही गल्ती नगर्दा विभिन्न आरोप लगाउँदै दुलालले धम्क्याउन थाले। 

धेरै दबाब आएपछि साह भागेर घर फर्किए। पहिले नै असन्तुष्ट परिवारको उनलाई हेर्ने नजर राम्रो थिएन। के गर्ने, कसो गर्नेमा उनी सोचमग्न भए। त्यहीबेला चर्चबाट बारम्बार फोन आइरहेकोल थप तनावमा थिए। 'कोरियन पास्टरले भनेको एकपटक आउनू रे' भन्दै फोन आयो। त्यसपछि म फेरि इनरुवा गएँ,' उनी भन्छन्।

बिना पारिश्रमिक पास्टरको घर निर्माण  
इनरुवा आएको केही दिनमै दुलालले साहलाई मोरङको लेटाङ जान अह्राए। लेटाङ सियोनका पास्टर राजन श्रेष्ठको घर बनाउने काममा लागे उनी। करिब २ महिना काम गरेपछि इनरुवा फर्किए। लेटाङमा एक रुपैयाँ पनि पारिश्रमिक नदिई काम लगाएको उनी सुनाउँछन्।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि लहान जानुपर्ने भयो। त्यहाँ काम गरेको पैसा पनि सबै उनै दुलालले लगे। 'परमेश्वरको लागि भन्दै सबै पारिश्रमिक दुलालले नै लगे,' साह भन्छन्, 'खान पनि नदिने। कतै हिँड्न डुल्न नदिने। कोहीसँग बोल्यो भने किन बोलिस् धोती भन्दै कुट्ने गर्थे। हरेक वाक्यमा धोती भनेर बोलाउँथ्यो। धेरै पीडा भएपछि एक्लै बसेर रुन्थेँ।'

केशव दुलाल, परशुराम तिम्सिना (बिर्तामोड सियोनका प्रमुख) र राजेन्द्र कार्की

आफ्नो पीडा सुनाउने कोही नभएपछि लेटाङ सियोनका पास्टर श्रेष्ठलाई सबै कुरा राखे। अब त्यस्तो केही नहुने भन्दै श्रेष्ठले आश्वस्त पारेपछि साह ढुक्क भए। पछि इटहरी सियोनबाट राजेन्द्र कार्कीलाई इनरुवा पठाइयो। उनलाई पनि आफ्नो पीडा सुनाए। 

'त्यसको २ हप्तापछि राजेन्द्र कार्की र केशव दुलालले मलाई चर्चको एक कोठामा बोलाए। मध्यरातमा केरकार गर्न थाले,' साह भन्छन्, 'मोबाइलले भिडियो खिचेको आरोप लगाउँदै निर्घात कुटपिट गरे।'

त्यसभन्दा अगाडि केशवकी श्रीमती माया राईले आफूसँग बारम्बार मोबाइल मागेको साहको भनाइ छ। आफूले नदिएपछि राईले श्रीमान्‌लाई पोल लगाएको र भिडियो खिचेको आरोप लगाएको साह बताउँछन्।

सुरु भयो निर्मम यातना 
साहका अनुसार भिडियो खिचेको हो भनेर बोल्न धेरै कोसिस गराइयो। उनले झुटो बोलेनन्। तर अगमवक्ता (प्रमुख) ले ३ पटकसम्म जे भने पनि मान्नुपर्ने बाध्यता थियो। 'आफूले नगरेको गल्ती किन स्वीकार्ने भनी झुटो बोलिनँ,' उनले भने। 

'मलाई हात समाएर कुटेको कुट्यै गरे। तर मैले होइन भनिरहेँ,' उनी भन्छन्, 'त्यति गर्दा पनि भिडियो खिचेको मैले हो नभनेपछि राइफल ल्याएर छातीमा तेर्साए। केटी जिस्काएको र भिडियो खिचेको हो भन् भने।'

राइफल छातीमा तेर्स्याएर 'म ५ सम्म गन्छु, हो भनिनस् भने गोली ठोकिदिन्छु' भनेर पास्टरले धम्क्याएको उनी सुनाउँछन्। 'मार्छस् भने मार्, तर नगरेको कुरा हो भन्दिनँ' भनेपछि राइफलले छातीमा घोचेको उनले बताए। राइफल अझैसम्म दुलालसँगै रहेको साहको दाबी छ। 

'त्यसपछि चक्कु निकालेर जथाभावी चिर्नुका साथै हात पछाडि राखेर किला ठोके। पास्टर राजन श्रेष्ठले सिसाको बोतलले पेटमा प्रहार गरे,' आँखाभरि आँसु पार्दै उनले सम्झिए, 'म जे भन्छु त्यो सबै मैले गरेको हुँ भन् भन्दै दुलालले कुटिरहे। अहिले त हो भन्छु तर परमेश्वरलाई होइन भन्ने थाहा छ भन्दै मैले सबै हो भनेँ।' 

आफूले बोलेको रेकर्ड गरेर सबै विश्वासीलाई सुनाएको र त्यसपछि सबै विश्वासीले आफूलाई गाली गर्न थालेको उनले बताए। 

अर्को दिन पास्टरले साहलाई कोठामा बोलाएका थिए। त्यसबेला पनि 'किन यस्तो अपराध गरिस्' भन्दै रातभर कुटेको उनी सुनाउँछन्। 'राजेन्द्र कार्की र केशव दुलालले नङ काट्ने नैनीले जिउभर चिरे। खुट्टादेखि अनुहारसम्म चिरेछन्। म बेहोस भइसकेको रहेछु,' उनी थरथराउँदै बोल्छन्।

कठोर यातनापछि मर्‍यो भन्दै छाडिदिए
सोही रातको ११ बजेतिर एउटा ठेलामा राखेर कतै लगे जस्तो लाग्यो उनलाई। किनकि उनमा होस थिएन। 'त्यसपछि मेरो पूरै लुगा खोलिदिए। हातखुट्टा बाँधेर पैनीको चिसो पानीमा डुबाए', भावुक मुद्रामा उनी  सुनाउँछन्, 'केहीबेरपछि पानीबाट बाहिर निकालेर ठेलामा राखे। हातका नङ सबै उखेलिदिए। सहन नसक्ने गरी  पीडा भइरहेको थियो।'  

बेलाबेला रोकिँदै उनी आफ्नो पीडा सुनाउँदै  थिए। 'मिरमिरे बिहानी भएको जस्तो लाग्यो मलाई। अरु पनि केही मान्छेहरू थिए तर मैले चिनिनँ। उनीहरूले नै ठेलामा राखेर नयाँ ठाउँतिर लगे। अब हेलमेटले हान्नुपर्छ अनि मर्छ भन्दै थिए। नभन्दै पैनीको डिलमा लगेर हेल्मेटले टाउकोमा हाने।'

त्यसपछि बेहोस भएका उनी २ दिनको उपचारपछि होसमा फर्किए। यो यातनाबारे धेरैलाई सुनाए पनि कतैबाट सुनुवाइ नभएको, प्रहरीमा जान नसकेको र पास्टरहरूले उल्टै झुलाउने गरेको उनको भनाइ छ। 

'मेरो पक्षमा कोही बोलेनन्'
मिसनका लागि जनकपुर आएका राजेश नाम गरेका पास्टरलाई पनि उनले सबै कुरा सुनाए। बसुन्धरा सियोनका प्रमुख आशिष यादवलाई पनि आफ्नो कहानीबारे जानकारी गराएको साह बताउँछन्।

तिनै राजेशले बिहे गरिदिने प्रबन्ध मिलाएका थिए। चर्चकै विश्वासीसँग बिहे गरिदिए बाहिर जाने मौका नपाउने राजेशको योजना थियो। तर, आफूले नमानी एक वर्षअघि हिन्दु परम्पराअनुसार बिहे गरेको साहले बताए।

अर्का पीडित अभिषेक कार्की भने बिहे गरेर बन्धनमा पार्ने सियोनको रणनीति रहेको बताउँछन्। सियोनमा लागेका अधिकांश युवालाई मिस्त्री, प्लम्बिङ, इलेक्ट्रिसियन लगायतका काममा लगाउने र परमेश्वरको नाममा सेवा गरेको भन्दै पैसा नदिने गरेको उनी बताउँछन्। 'चर्चको भवनदेखि पास्टरको घरमा समेत सियोनका विश्वासीहरू बिना पैसा काम गरिरहेका छन्,' कार्की भन्छन्। 

सम्बन्धित
धर्म परिवर्तन गराउँदै हिँड्ने अमेरिकनलाई अध्यागमनको 'ग्रिन सिग्नल', कारबाहीबिनै छुटिन् क्वान्टा

धर्म परिवर्तनको खेल : श्रीमान्‌को परिवार नियोजन, श्रीमतीलाई 'एबोर्सन' [भिडियो]

समाजसेवाको आवरणमा यसरी हुन्छ धर्मप्रचार [फलोअप]

क्रिस्चियन धर्ममा लागेर बिल्लीबाठ राजेन्द्रको कथा [भिडियो]

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्