• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

समाजसेवाको आवरणमा यसरी हुन्छ धर्मप्रचार [फलोअप]

64x64
नेपाल लाइभ शनिबार, वैशाख १४, २०७६  २०:०८
1140x725

इटहरी– सन् २००८ मा जम्मा ४ वटा चर्च रहेको सुनसरीको इटहरीमा हाल त्यो संख्या बढेर ७५ भन्दामाथि पुगेको छ। एउटा चर्चमा न्यूनतम २ सय विश्वासीहरूले प्रार्थना गर्ने गरेका छन्। 

इटहरीमा चर्चको संख्या बढिरहँदा कतिपय भने विवादमुक्त छैनन्। केही दिनदेखि विवादमा तानिएको ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ (सियोन) इटहरीको सबैभन्दा धेरै विश्वासी भएको चर्च हो।

यहाँ नियमित आउने विश्वासी दुई हजारभन्दा बढी संख्यामा छन्। सियोनले कोरियन सामाजिक संस्था ‘इन्टरनेसनल वी लभ फाउन्डेसन’को लोगोमा विश्वासी बढाउने कामलाई तीव्रता दिँदै आएको छ। फाउन्डेसनले यहाँ विशाल चर्चको समेत स्थापना गरेको छ। 

सोही चर्चबाट विस्थापित युवा अभिषेक कार्कीले उक्त संस्थाको माध्यबाट क्रिस्चियन धर्म प्रचारको शृंखला व्यापक बढिरहेको जानकारी दिए।

फाउन्डेसनको आधिकारीक न्युज पोर्टल ‘एक्जामिन द वर्ड मिसन सोसाइटी चर्च अफ गड’मा विश्वभर मिसनको प्रचार व्यापक भइरहेको बताइएको छ। सन् १९९९ मा कोरियामा सुरु भएको यस फाउन्डेसनले २०१० बाट औपचारिक रुपमा अभियान चलाएको पाइन्छ। फाउन्डेसनको आधिकारिक वेबपेजका अनुसार ५१ वटा देशमा १ लाख ५५ हजार सदस्य आबद्ध भइसकेका छन्। 

कोरियन महिला ‘जाङ घिल जा’ अर्थात् ‘चर्च अफ गड’ (उनीहरुकै भाषामा ‘माता परमेश्वर’) संस्थापक रहेको उक्त संस्थाले विश्वव्यापी रुपमा आफ्नो प्रभाव विस्तार गर्दै गइरहेको छ। तिनै महिलालाई माता परमेश्वर मान्ने ‘वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड’ भने सन् १९६४ मा कोरियाली नागरिक आन साङ होङ ले खोलेका हुन्। 

फाउन्डेसनको ब्लगमा उल्लेख भए अनुसार अपांग बालबालिका, महिला, वृद्धवृद्धा, अपांग, प्रकोपपीडित, शरणार्थी र गरिबको क्षेत्रमा काम गर्ने भनी देखाएको छ। जहाँ सन् २०१८ बाट संयुक्त राष्ट्रसंघको ‘विश्वव्यापी सूचना विभागमा’ मान्यता पाएको दाबी गरिएको छ। त्यही आधारमा यसले नेपालमा पनि आफ्नो प्रचारलाई व्यापक बनाइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सो फाउन्डेसनले नेपाल सरकारबाट अनुमतिसमेत लिएको छैन। सुनसरीका प्रमुख जिल्ला अधिकारी ओमप्रकाश अधिकारी आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताउँछन्।

इटहरी-३ स्थित पुरानो युकी चाउचाउको फ्याक्ट्री भएको भवनमा चर्च स्थापना गरी पूर्वी नेपालका १६ जिल्लामा धर्म प्रचार गर्ने गरिएको छ। त्यति मात्रै होइन भारतको सिक्किम, दार्जिलिङ, बिहार लगायत खाडी मुलुकसम्म पनि इटहरीकै चर्चको नेतृत्वमा धर्म प्रचार भइरहेको छ।

उक्त फाउन्डेसन अन्तर्गत नेपालमा मात्रै ठूला १ सय ५३ चर्च छन्। तर, यीमध्ये काठमाडौंको बसुन्धरामा रहेको चर्चमात्र नेपाल सरकारको जानकारीमा छ। अरु चर्चबारे नेपाल सरकार र स्थानीय प्रशासनसमेत अनभिज्ञ छन्। सोही फाउन्डेनसको आधिकारिक अनलाइनमा वी लभ फाउन्डेसन डट ओआरजीका अनुसार ६७ देशमा यसले शाखा विस्तार गरिसकेको छ। जसमा २ लाख ९१ हजार ५ सय ५३ सदस्य आबद्ध रहेका छन्।

सो फाउन्डेसनले नेपाल सरकारबाट अनुमतिसमेत लिएको छैन। सुनसरीका प्रमुख जिल्ला अधिकारी ओमप्रकाश अधिकारी आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताउँछन्। तर, सोही फाउन्डेसनको कार्यक्रममा सांसददेखि उच्च पदस्थ कर्मचारीसम्म सामेल भइरहेका छन्।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इटहरीमा मुख्य कार्यालय रहेको ‘इन्टरनेसनल ट्रेनिङ एन्ड रिसर्च सेन्टर’ले मन्टेश्वरी पढाउने शिक्षिकालाई तालिम दिन्छ। त्यति मात्र होइन आफ्नै मन्टेश्वरी पनि सञ्चालनमा छ।

मन्टेश्वरीमार्फत विद्यार्थीलाई फाउन्डेनको कार्यप्रति आकर्षित गराउने गरिएको छ। हाल उक्त सेन्टरले इटहरीबाहेक पूर्वका ५ स्थानमा शाखा सञ्चालन गर्दै आएको छ। 

मन्टेश्वरी मात्र होइन समाजसेवा जस्तो देखिने गरी मिसनरी परिचालन गरी वृद्धाश्रममा पनि सेन्टरले आफ्नो उपस्थिति देखाउन थालेको छ। इटहरी उपमहानगरपालिका-१६ मा अवस्थित रामजानकी वृद्धाश्रममा मिसनले बारम्बार राहत सामग्री बाँड्दै आएको छ।

'एना सफ्टवेयर डेभलपमेन्ट कम्पनीसमेत दर्ता गराई त्यसमार्फत पनि धर्म प्रचार हुने गरेको छ,' सोही चर्चबाट भरखरै बाहिरिएका एक युवा भन्छन्, 'कम्पनीले सफ्टवेयर बेच्चे र सूचना संकलनको काम गर्छ। नेपालमा पनि सो कम्पनीमार्फत मिसनरी फैलाउने काम भइरहेको छ।'

नक्कली धर्मको संज्ञा 
इसाई धर्मभित्र मुख्यत: प्रोटेस्टेन्ट र क्याथोलिक गरी दुई सम्प्रदाय छन्। तर, पछिल्लो समय इसाई धर्म हो भन्दै प्रचार गर्ने सियोन यी सम्प्रदायभित्र पर्दैन। युनिफिकेसन, मोर्मोन, जेओबा विटनेस, विश्राम मण्डली, चर्च अफ क्राइस्ट लगायत अन्य धेरै समूहमा यो धर्म विभाजित भएको छ। हाल सबैभन्दा धेरै प्रचारको अभियानमा लागेको सियोनले आफू अरुभन्दा पृथक् र खास क्रिस्चियन भएको दाबी गर्दै आएको छ। 

केही दिनअगाडिको घटनाप्रति इंगित गर्दै इसाई समाज इटहरीले एक विज्ञप्ति नै जारी गर्‍यो। सो विज्ञप्तिमार्फत समाजले केही दिनदेखि क्रिस्चियन समाजलाई विवादित बनाउने काम भइरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ। हाल विवादमा रहेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज क्रिस्चियन नभई अन्य कुनै मिसनरी भएको उसको दाबी छ। उनीहरु प्रभु यशुलाई नमान्ने भएकाले उनीहरु इसाई हुन नसक्ने तर्क समाजले गरेको छ।

यो पनि : धर्म परिवर्तनको खेल : श्रीमान्‌को परिवार नियोजन, श्रीमतीलाई 'एबोर्सन' [भिडियो]

प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्