• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

क्रिस्चियन धर्ममा लागेर बिल्लीबाठ राजेन्द्रको कथा [भिडियो]

२ लाख भेटी बुझाउन नसक्दा सियोनबाटै निकालियो
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  १७:५२
1140x725

इटहरी- ‘भएभरको सम्पत्ति सबै सकियो। म आफैं पनि रोगी थिएँ। उपचार हुन्छ भनेर क्रस्चियन (सियोन) मा लागेँ। मेरो रोग जाती हुनु त कता हो कता, उल्टै श्रीमती पनि मानसिक रोगी भएर सियोनबाट फर्किइन्। रोगी श्रीमतीको हेरचाह गर्नैमा मेरो दैनिकी बितिरहेको छ। सम्पत्ति जति 'स्वाहा' पारेर सुकुम्बासी भइएको छ,’ राजेन्द्र सिटौलाले धारावाहिक रूपमा व्यथा सुनाए। 

सन् २००८ देखि 'विश्व सुसमाचार समाज-सियोन' को सदस्य बनेका हुन् राजेन्द्र। तर अहिले त्यसबाट छुटकारा पाउन सकस छ उनलाई। एक साताअघि विवादित बनेको सियोन चर्च प्रकरणको भिडियो नेपाल लाइभमा सार्वजनिक  भएपछि उनको मन उकुसमुकुस भएको छ। ‘कहिले भेटौं र कहाँ भेटौं भयो,’ उनी भन्छन्, 'पीडा बुझ्ने कोही नभएर इटहरी आएँ।' 

नेपाल लाइभले प्रकाशित गरेको भिडियोसहितको रिपोर्ट हेरेपछि इटहरी आउने इच्छा उत्कर्षमा पुगेको बताउँछन् उनी। ‘भिडियोमा देखिएका अभिषेक र आयुसाले खेपेको पीडाभन्दा पनि ठूलो पीडामा बाँच्नुपरेको छ। यही कुरा सुनाउनकै लागि इटहरीसम्म आएको हुँ,’ उनले भने। 

झापाको बिर्तामोड नगरपालिका पुर्ख्यौली घर भएका सिटौलाले क्रिस्चियन धर्ममै लागेर सम्पूर्ण सम्पत्ति गुमाउनु परेको खुलाएका छन्। यति मात्रै होइन, त्यही तनावको श्रीमतीको मानसिक सन्तुलनसमेत गुमेको उनको दाबी छ। 'श्रीमतीको मानसिक सन्तुलन र सम्पूर्ण सम्पति गुमाउनुपरेको पीडा बोकेर यहाँसम्म आएँ,' उनले भने।  

सिटौला सन् २००८ मा परमेश्वरको मण्डली विश्व सु-समाचार समाज (सियोन) को सदस्य बने। यसपछि झापामा बस्दा धेरै दुःखको सामना गर्नुपरेको महसुस उनले गरे। 'सधैं दुःख खेपेर हुँदैन, केही गर्नुपर्‍यो, कसैले नदेख्ने ठाँउमा केही गरौं भन्ने लागेर काठमाडौं हानिएँ,' सिटौलाले थपे, 'त्यसबेला मलाई कसैको साथ र सहयोगको ठूलो महत्व हुने अवस्था थियो। सानो सहयोग पनि ठूलो वरदान हुने अवस्था थियो।' 

भिडियो 

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिकैमा काठमाडौंको नयाँबजारको एक गार्मेन्ट उद्योगमा सेक्युरेटी गार्डको जागिर सुरु गरे उनले। केही दिनपछि एक महिलासँग उनको भेट हुन पुग्यो। तिनै महिलाले सिटौलाजस्ता दुःखी गरिबको सेवा गर्ने र समस्याबाट मुक्ति दिलाइदिने बताईन्। उनलाई पनि ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो। 

त्यसपछी दैनिकीमा परिवर्तन आयो उनको। समस्या उस्तै भएपनि कामको बोझ थपियो। हरेक शनिबार चर्च धाउनुपर्ने भयो। धुम्बाराहीमा रहेको सियोनको कार्यलयमा धाउन थाले उनी। त्यति मात्र होइन, उनी र उनको परिवार चर्चले भनेको 'मुक्ति'को लोभमा सियोनको विश्वासी बने। त्यहीँ उनले 'बत्तिस्मा' लिए (कसम खाए)। 

केही महिना काठमाडौंको बसाइपछि उनी पुनः बिर्तामोड नै फर्किए। धुम्बाराही सियोनमा हुने उनको उपस्थिति बिर्तामोड सियोनमा सर्‍यो। उनको भन्दा पनि श्रीमती धनमायाको दैनीकीको बढीजसो समय सियोनमा नै बित्न थाल्यो। सम्पूर्ण जीवन नै सियोन हो भन्ने गरी उनी लागिन्।

सियोनप्रतिको लगाब बुझेर बिर्तामोड सियोनका प्रमुख पर्शुराम तिम्सिनाले भेटीको प्रस्ताव ल्याउन थाले। राजेन्द्र र धनमायाले मासिक हजार रुपैयाँ दशांशका रुपमा बुझाउनुपर्ने भयो। त्योभन्दा बाहेक भेटी रकम बुझाउनुपर्ने प्रस्ताव आउन थाल्यो तिम्सिना लगायत चर्च परिवारबाट। उनीहरुले पनि नाइँ भन्न सकेनन्।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यहीबेला सन् २०१२ मा विश्व प्रलय हुन्छ भन्ने हल्ला फैलियो। त्यसपछि तिनै तिम्सीनाले विश्व प्रलयबाट बच्न भन्दै थप पैसा माग्न थाले। विश्व प्रलय भए पनि सियोन चर्चहरुमा केही असर नपर्ने तिम्सिनाले दाबी गरेको राजेन्द्रले बताए। विश्व प्रलयपछि बस्न र खान सुरुदेखि नै भेटी जम्मा गर्नुपर्ने दबाब सुरु भयो। 

 सिटौलासँग भेटी दिन पर्याप्त पैसा थिएन। दिन सक्दिनँ भन्दा पनि धर नपाउने अवस्थामा पुगे उनी। उनीसँग एउटै विकल्प बाँकी रह्यो। भएभरको सबै जग्गा बिक्री   गर्ने। त्यसपछि उनले आफ्नो नाममा भएको जग्गा बिक्री गर्ने निर्णय गरे। धुलाबारीको १ कठ्ठासहित ११ कठ्ठा जग्गा ७ लाखमा बिक्री गरे। त्यसपछि उनको नाममा एक   धुर पनि जग्गा बाँकी रहेन।

 ‘जग्गा बिक्री भएपछि सुरुमै ६० हजार रुपैयाँ 'क्यास' भेटी चडायौँ,’ उनले भने, ‘त्यसपछि जग्गा बेचेको दशांश र बाँकी भेटी बुझाउँदा बुझाउँदै ७ लाख सकियो। अनी   सुकुम्बासी भइयो।’

 भेटी बुझाउन नसक्दा सियोनबाट निष्कासन
 सन् २०१२ मा विश्व प्रलय नभएपछि माता परमेश्वरले विश्व बचाएको भन्दै आश्वासन दिने गरेको उनी बताउँछन्। उनकी श्रीमती धनमाया सोही चर्चमा काम गर्थिन्। पछि   तिनै तिम्सीनाले उनलाई टिम लिडर बनाउने र कोरिया लैजाने आश्वासन दिए। उनी पनि टिम लिडर बन्न राजी भइन्। धनमाया त्यसैप्रति एकोहोरो भइसकेकी थिइन्।   आफ्नो सम्पूर्ण जीवन नै सियोन हो भन्ने लाग्न थालेको थियो उनलाई। त्यो कुरा चर्चका तिम्सीनाले राम्ररी बुझिसकेका थिए। 

 टिम लिडरले २ लाख रुपैयाँ भेटी बुझाउनुपर्ने भयो। उनले भेटी बुझाउन सकिनन्। त्यसपछि उनलाई सियोनबाट निष्काशन गरियो। उनलाई सियोनविरोधी,   अगमवक्ताको विरोधी भएको आरोप लागाएर उनलाई निकालिएको थियो।  

 धनमायामा मानसिक रोग देखापर्नुको मुख्य कारण त्यही रहेको बताउँछन् राजेन्द्र। ‘उनीलाई बिस्तारै डिप्रेसनले सिकार बनाउँदै लग्यो। उपचारका लागि पाटन   अस्पतालसम्म पुर्‍याइयो। तर नियमित औषधि सेवन नगरेको कारण झनै समस्या बढेर गएको छ,’ उनी भन्छन् ,‘उनको अवस्था अहिले निकै नाजुक बनिसकेको छ।   कहिले हिडिरहने, कहिले चिच्याउने त कहिले हाँसिरहने लगायतका मानसिक समस्या देखा परेका छन्। मुक्ति मिल्छ भन्नेहरूले पैसा भइन्जेल चुसे, अहिले हेला गर्न   थाले।’ 

 एक छोरा र एक छोरीका बाबु राजेन्द्र आफू फसे पनि अरु नफसुन् भन्ने चाहन्छन्। श्रीमतीको हेरचाह गर्नुलाई नै उनको दैनिकी बनेको छ। दुःखसुख साटासाट गर्ने   बेला दुखैदुःख मात्र खेपिरहेको बताउछन् उनी। भन्छन्, ‘म धेरै अभागी रहेछु।’

 आफ्नो जस्तै पीडा सयौं जनाको भएपनि कसैले बोल्ने आँट गर्न नसकेको उनी बताउँछन्। प्रलोभनमा परेर सियोनमा लाग्नेहरुलाई आफूजस्तै नफस्न सल्लाह दिन्छन्   उनी। भन्छन्, ‘अब कोही पनि यस्तो भ्रममा नपर्नुहोला। मैले जस्तो दुःख पाएर नपछुताउनुहोला।’

यो पनि :
धर्म परिवर्तन गराउँदै हिँड्ने अमेरिकनलाई अध्यागमनको 'ग्रिन सिग्नल', कारबाहीबिनै छुटिन् क्वान्टा

धर्म परिवर्तनको खेल : श्रीमान्‌को परिवार नियोजन, श्रीमतीलाई 'एबोर्सन' [भिडियो]

समाजसेवाको आवरणमा यसरी हुन्छ धर्मप्रचार [फलोअप]

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो। शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्