• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

क्रिस्चियन धर्ममा लागेर बिल्लीबाठ राजेन्द्रको कथा [भिडियो]

२ लाख भेटी बुझाउन नसक्दा सियोनबाटै निकालियो
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  १७:५२
1140x725

इटहरी- ‘भएभरको सम्पत्ति सबै सकियो। म आफैं पनि रोगी थिएँ। उपचार हुन्छ भनेर क्रस्चियन (सियोन) मा लागेँ। मेरो रोग जाती हुनु त कता हो कता, उल्टै श्रीमती पनि मानसिक रोगी भएर सियोनबाट फर्किइन्। रोगी श्रीमतीको हेरचाह गर्नैमा मेरो दैनिकी बितिरहेको छ। सम्पत्ति जति 'स्वाहा' पारेर सुकुम्बासी भइएको छ,’ राजेन्द्र सिटौलाले धारावाहिक रूपमा व्यथा सुनाए। 

सन् २००८ देखि 'विश्व सुसमाचार समाज-सियोन' को सदस्य बनेका हुन् राजेन्द्र। तर अहिले त्यसबाट छुटकारा पाउन सकस छ उनलाई। एक साताअघि विवादित बनेको सियोन चर्च प्रकरणको भिडियो नेपाल लाइभमा सार्वजनिक  भएपछि उनको मन उकुसमुकुस भएको छ। ‘कहिले भेटौं र कहाँ भेटौं भयो,’ उनी भन्छन्, 'पीडा बुझ्ने कोही नभएर इटहरी आएँ।' 

नेपाल लाइभले प्रकाशित गरेको भिडियोसहितको रिपोर्ट हेरेपछि इटहरी आउने इच्छा उत्कर्षमा पुगेको बताउँछन् उनी। ‘भिडियोमा देखिएका अभिषेक र आयुसाले खेपेको पीडाभन्दा पनि ठूलो पीडामा बाँच्नुपरेको छ। यही कुरा सुनाउनकै लागि इटहरीसम्म आएको हुँ,’ उनले भने। 

झापाको बिर्तामोड नगरपालिका पुर्ख्यौली घर भएका सिटौलाले क्रिस्चियन धर्ममै लागेर सम्पूर्ण सम्पत्ति गुमाउनु परेको खुलाएका छन्। यति मात्रै होइन, त्यही तनावको श्रीमतीको मानसिक सन्तुलनसमेत गुमेको उनको दाबी छ। 'श्रीमतीको मानसिक सन्तुलन र सम्पूर्ण सम्पति गुमाउनुपरेको पीडा बोकेर यहाँसम्म आएँ,' उनले भने।  

सिटौला सन् २००८ मा परमेश्वरको मण्डली विश्व सु-समाचार समाज (सियोन) को सदस्य बने। यसपछि झापामा बस्दा धेरै दुःखको सामना गर्नुपरेको महसुस उनले गरे। 'सधैं दुःख खेपेर हुँदैन, केही गर्नुपर्‍यो, कसैले नदेख्ने ठाँउमा केही गरौं भन्ने लागेर काठमाडौं हानिएँ,' सिटौलाले थपे, 'त्यसबेला मलाई कसैको साथ र सहयोगको ठूलो महत्व हुने अवस्था थियो। सानो सहयोग पनि ठूलो वरदान हुने अवस्था थियो।' 

भिडियो 

Ncell 2
Ncell 2

त्यतिकैमा काठमाडौंको नयाँबजारको एक गार्मेन्ट उद्योगमा सेक्युरेटी गार्डको जागिर सुरु गरे उनले। केही दिनपछि एक महिलासँग उनको भेट हुन पुग्यो। तिनै महिलाले सिटौलाजस्ता दुःखी गरिबको सेवा गर्ने र समस्याबाट मुक्ति दिलाइदिने बताईन्। उनलाई पनि ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो। 

त्यसपछी दैनिकीमा परिवर्तन आयो उनको। समस्या उस्तै भएपनि कामको बोझ थपियो। हरेक शनिबार चर्च धाउनुपर्ने भयो। धुम्बाराहीमा रहेको सियोनको कार्यलयमा धाउन थाले उनी। त्यति मात्र होइन, उनी र उनको परिवार चर्चले भनेको 'मुक्ति'को लोभमा सियोनको विश्वासी बने। त्यहीँ उनले 'बत्तिस्मा' लिए (कसम खाए)। 

केही महिना काठमाडौंको बसाइपछि उनी पुनः बिर्तामोड नै फर्किए। धुम्बाराही सियोनमा हुने उनको उपस्थिति बिर्तामोड सियोनमा सर्‍यो। उनको भन्दा पनि श्रीमती धनमायाको दैनीकीको बढीजसो समय सियोनमा नै बित्न थाल्यो। सम्पूर्ण जीवन नै सियोन हो भन्ने गरी उनी लागिन्।

सियोनप्रतिको लगाब बुझेर बिर्तामोड सियोनका प्रमुख पर्शुराम तिम्सिनाले भेटीको प्रस्ताव ल्याउन थाले। राजेन्द्र र धनमायाले मासिक हजार रुपैयाँ दशांशका रुपमा बुझाउनुपर्ने भयो। त्योभन्दा बाहेक भेटी रकम बुझाउनुपर्ने प्रस्ताव आउन थाल्यो तिम्सिना लगायत चर्च परिवारबाट। उनीहरुले पनि नाइँ भन्न सकेनन्।  

त्यहीबेला सन् २०१२ मा विश्व प्रलय हुन्छ भन्ने हल्ला फैलियो। त्यसपछि तिनै तिम्सीनाले विश्व प्रलयबाट बच्न भन्दै थप पैसा माग्न थाले। विश्व प्रलय भए पनि सियोन चर्चहरुमा केही असर नपर्ने तिम्सिनाले दाबी गरेको राजेन्द्रले बताए। विश्व प्रलयपछि बस्न र खान सुरुदेखि नै भेटी जम्मा गर्नुपर्ने दबाब सुरु भयो। 

 सिटौलासँग भेटी दिन पर्याप्त पैसा थिएन। दिन सक्दिनँ भन्दा पनि धर नपाउने अवस्थामा पुगे उनी। उनीसँग एउटै विकल्प बाँकी रह्यो। भएभरको सबै जग्गा बिक्री   गर्ने। त्यसपछि उनले आफ्नो नाममा भएको जग्गा बिक्री गर्ने निर्णय गरे। धुलाबारीको १ कठ्ठासहित ११ कठ्ठा जग्गा ७ लाखमा बिक्री गरे। त्यसपछि उनको नाममा एक   धुर पनि जग्गा बाँकी रहेन।

 ‘जग्गा बिक्री भएपछि सुरुमै ६० हजार रुपैयाँ 'क्यास' भेटी चडायौँ,’ उनले भने, ‘त्यसपछि जग्गा बेचेको दशांश र बाँकी भेटी बुझाउँदा बुझाउँदै ७ लाख सकियो। अनी   सुकुम्बासी भइयो।’

 भेटी बुझाउन नसक्दा सियोनबाट निष्कासन
 सन् २०१२ मा विश्व प्रलय नभएपछि माता परमेश्वरले विश्व बचाएको भन्दै आश्वासन दिने गरेको उनी बताउँछन्। उनकी श्रीमती धनमाया सोही चर्चमा काम गर्थिन्। पछि   तिनै तिम्सीनाले उनलाई टिम लिडर बनाउने र कोरिया लैजाने आश्वासन दिए। उनी पनि टिम लिडर बन्न राजी भइन्। धनमाया त्यसैप्रति एकोहोरो भइसकेकी थिइन्।   आफ्नो सम्पूर्ण जीवन नै सियोन हो भन्ने लाग्न थालेको थियो उनलाई। त्यो कुरा चर्चका तिम्सीनाले राम्ररी बुझिसकेका थिए। 

 टिम लिडरले २ लाख रुपैयाँ भेटी बुझाउनुपर्ने भयो। उनले भेटी बुझाउन सकिनन्। त्यसपछि उनलाई सियोनबाट निष्काशन गरियो। उनलाई सियोनविरोधी,   अगमवक्ताको विरोधी भएको आरोप लागाएर उनलाई निकालिएको थियो।  

 धनमायामा मानसिक रोग देखापर्नुको मुख्य कारण त्यही रहेको बताउँछन् राजेन्द्र। ‘उनीलाई बिस्तारै डिप्रेसनले सिकार बनाउँदै लग्यो। उपचारका लागि पाटन   अस्पतालसम्म पुर्‍याइयो। तर नियमित औषधि सेवन नगरेको कारण झनै समस्या बढेर गएको छ,’ उनी भन्छन् ,‘उनको अवस्था अहिले निकै नाजुक बनिसकेको छ।   कहिले हिडिरहने, कहिले चिच्याउने त कहिले हाँसिरहने लगायतका मानसिक समस्या देखा परेका छन्। मुक्ति मिल्छ भन्नेहरूले पैसा भइन्जेल चुसे, अहिले हेला गर्न   थाले।’ 

 एक छोरा र एक छोरीका बाबु राजेन्द्र आफू फसे पनि अरु नफसुन् भन्ने चाहन्छन्। श्रीमतीको हेरचाह गर्नुलाई नै उनको दैनिकी बनेको छ। दुःखसुख साटासाट गर्ने   बेला दुखैदुःख मात्र खेपिरहेको बताउछन् उनी। भन्छन्, ‘म धेरै अभागी रहेछु।’

 आफ्नो जस्तै पीडा सयौं जनाको भएपनि कसैले बोल्ने आँट गर्न नसकेको उनी बताउँछन्। प्रलोभनमा परेर सियोनमा लाग्नेहरुलाई आफूजस्तै नफस्न सल्लाह दिन्छन्   उनी। भन्छन्, ‘अब कोही पनि यस्तो भ्रममा नपर्नुहोला। मैले जस्तो दुःख पाएर नपछुताउनुहोला।’

यो पनि :
धर्म परिवर्तन गराउँदै हिँड्ने अमेरिकनलाई अध्यागमनको 'ग्रिन सिग्नल', कारबाहीबिनै छुटिन् क्वान्टा

धर्म परिवर्तनको खेल : श्रीमान्‌को परिवार नियोजन, श्रीमतीलाई 'एबोर्सन' [भिडियो]

समाजसेवाको आवरणमा यसरी हुन्छ धर्मप्रचार [फलोअप]

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
सम्बन्धित सामग्री
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ, अजयबाबु शिवाकोटी पनि सहभागी छन्। साथै लुम्बिनी कांग्रेस सभापति अम... बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्