इटहरी- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन्।
इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी उनले अपशब्द बोल्दै 'अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ' भन्दै धम्क्याएका हुन्।
आफ्नो फेसबुक पोस्टमा 'चाटुकार पत्रकार' भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले धम्की दिएका हुन्। उनले अनुपमकै स्टाटसमाथि कमेन्ट लेख्दै 'अब तिम्रो पालो' लेखेका थिए।
फोनमा उनले भनेका छन्, 'तिमीले केके लेख्न बाँकी राख्या छौ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु। एउटा घडेरी छुट्याको छु। तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ,' उनले भनेका छन्, 'अब म गुण्डागर्दीमै उत्रिएँ। तेरो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ।'
सुन्नुस् अडियो-
यसअघि कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएपछि उनी काठमाडौं पुगेका थिए। लामो समय काठमाडौमै बसेका उनले यसअघि पनि फेसबुकमा अभद्र कमेन्ट गर्दै आइरहेका छन्।

गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई कुटेका थिए। उक्त घटनापछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलनकै घोषणा गरेका थिए। चौधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरू कृष्णबहाव भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै उनले हप्काएका थिए। सो क्रममा उनले पत्रकार रेग्मीलाई लोपार्दै अभद्र व्यवहार गरेका थिए।
यो पनि-
ढोका थुनेर मेयरले कुटे कर्मचारी, भ्रष्टलाई ठेगान लगाउन कुटेको हुँ : मेयर
इटहरीका मेयरले किन कुटे कर्मचारी, किन झपारे पत्रकार? [भिडियो]
कर्मचारी कुटेका इटहरीका मेयरद्वारा पत्रकारमाथि दुर्व्यवहार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।