इटहरी- इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले पत्रकारलाई अभद्र व्यवहार गरेका छन्।
बुधबार मेयर चौधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरू कृष्ण बहाब भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै हप्काएका छन्।
उनले पत्रकारले प्रश्न सोध्दा उल्टै अभद्र शैलीमा लोपारेका थिए।
भिडियो
कर्मचारी कुटेको विषयमा प्रतिक्रिया लिन खोज्दा मेयर चौधरीले पत्रकार रेग्मीको कठालो समाते। भने भट्टराइलाई सार्वजनिक स्थलमा अभद्र शैलीमा हप्काएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।