• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बेलहिया मावि जग्गा प्रकरण : अख्तियारले थाल्यो विस्तृत अनुसन्धान

64x64
दीपक घिमिरे मंगलबार, जेठ १४, २०७६  १८:१५
1140x725

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर-१ बेलहियास्थित बेलहिया माध्यमिक विद्यालयको जग्गा व्यक्तिका नाममा भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान थालेको छ। 

अख्तियारको बुटवल कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानले उक्त जग्गा भू-माफिया गिरोह र मालपोत कर्मचारीको मिलोमतोमा हडपिएको निष्कर्ष निकाल्दै विस्तृत अनुसन्धान थालेको जानकारी दिएको हो।

विद्यालयका नाममा सिद्धार्थनगर नगरपालिका-१ को १ (ङ) को कित्ता नम्बर ३१० र ३११ को १२ कठ्ठा १५ धुर जग्गा थियो। सोमध्ये १२ कठ्ठा ४ धुर जग्गा हडपिएको समाचार केही समयअघि नेपाल लाइभमा प्रकाशित भएको थियो।

२०२९ सालमा स्थापित उक्त विद्यालयको जग्गा भू-माफिया र कर्मचारीको मिलेमतोमा हडपेर व्यक्तिका नाममा दर्ता भएको पाइएको थियो। 

सो जग्गा सोही नगरपालिका वडा नम्बर ९ बस्ने विजयकुमार जैसवाल र गंगोत्रीदेवी जैसवालबाट वडा नम्बर ३ बस्ने ज्ञानीश्वरी श्रेष्ठको नाममा रजिष्ट्रेसन पास भएको देखिन्छ। विजयकुमार जैसवाल र गंगोत्रीदेवी जैसवालको अहिलेसम्म पहिचान खुल्न सकेको छैन। 

उक्त जग्गा व्यक्तिको नाममा पार्नकै लागि श्रेष्ठसहित भू-माफिया र तत्कालीन मालपोत अधिकृतसहित मालपोत कर्मचारीको गिरोह नै सक्रिय रहेको श्रोतले समेत दाबी छ। 

अख्तियारले सार्वजनिक जग्गा किनबेचमा भू-माफिया गिरोह र मालपोत कर्मचारीको गहिरो संलग्नता रहेको आँकलन गर्दै अनुसन्धान थप प्रभावकारी बनाएको अख्तियार कार्यालयको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने विषय सामान्य नभएको भन्दै यसमा गम्भीर छानबिन गर्नुपर्ने भएकाले सोही अनुसार तयारी गरी काम अघि बढाएको अख्यतियार कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए। 'अख्तियार कार्यालयले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिने कुरा विधिसम्मत भए नभएको विषयमा छानबिन सुरू गरिसकेको छ,' उनले भने।

अख्तियारले मातपोत कार्यालय रुपन्देहीबाट लिखत दर्ता डायरी, मोठ ठेली, लिखत ब्यान्डिङ ठेली र श्रेस्ता ठेलीसहितका सम्बन्धित कागजपत्र लगेर अनुसन्धान थालेको छ। कार्यालयले प्रमाणहरुको अध्ययन तथा दुवै पक्षसँगको सोधपुछ पछि सोही अनुसार थप अनुसन्धानमा लागेको बताएको छ।  

विद्यालयको जग्गा व्यक्तिको नाममा गराउने समयमा मालपोत कार्यालय रुपन्देही भैरहवाका प्रमुख मालपोत अधिकृतको रुपमा शंकरप्रसाद सुवेदी कार्यरत थिए। जग्गा पास गर्ने अधिकृतको रुपमा सोही कार्यालयमा खिमानन्द आचार्य रहेका थिए। 

लिखतमा प्रयोग गरिएको दस्तखत बिगारिएको, लिखतमा पानी पारिएको, जग्गा बिक्री गर्ने व्यक्तिको नागरिकता नम्बर र जारी मिति समेत नलेखिएको तथा जग्गा बिक्री गर्ने व्यत्तिको औँठा छाप समेत नराखी उक्त जग्गा अवैध तरिकाले श्रेष्ठको नाममा पारिएको श्रोतको दाबी छ। 

Xtrem

Xtrem

यसरी खुल्यो घटना
बेलहिया-वसन्तपुर वाइपास सडक विस्तारका क्रममा विद्यालको सो जग्गामध्ये ११ धुर जग्गा सडकमा परेको थियो। विद्यालयको नाममा दर्ता प्रक्रिया अघि बढाउन खोज्दा उक्त जग्गा २०७० साल चैत्र ६ मा विजय कुमार जैसवाल र गंगोत्री देवि जैसवालबाट ज्ञानीश्वरी श्रेष्ठको नाममा पास भएको फेला परेको हो। 

हडपिएको जग्गा नेपाल सरकारको छुट कित्ताका रुपमा रहेको थियो। पक्रिया पुर्‍याएर विद्यालयको नाममा ल्याउन नपाउँदै भू-माफियाहरुले व्यक्तिको नाममा पास गराएको स्थानीयको तर्क छ।

छुट कित्ता भएकोले विद्यालयका नाममा दर्ता गर्न सिद्धार्थनगर नगरपालिकाले २०५३ साल भाद्र १४ मा सिफारिस गरेको थियो। त्यसैगरी सिद्धार्थनगर नगरपालिका-१ ले २०६० साल आश्विन ११ गते सर्जमिन मुचुल्का तयार पारेर नापी शाखा, रुपन्देहीको फिल्ड बुक उतार समेत गरेको थियो। 

नयाँ गौश्वरा नापीको प्रतिक्षामा लामो समय बितेपछि विद्यालयको नाममा जग्गा दर्ता प्रक्रिया अघि बढाउन खोज्दा उक्त जग्गा श्रेष्ठको नाममा रजिष्ट्रेसन पास भएको पाइएको हो। 

वि.स. २०५३ सालबाट विद्यालयले भोगचलन गर्दै आइरहेको उक्त जग्गा २०६९ साल फागुन २० गतेदेखि पहिला श्री शर्मा एण्ड कम्पनी र हाल सुरेश प्रसाद कलवारलाई भाडामा दिइएको विदालयका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिए। 

मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत शिवप्रसाद रेग्मीले उक्त जग्गाको विषयमा जग्गा किनबेच गर्ने पक्षलाई लिएर बयान गरिएको बताए। आफूहरूले बोलाएको बयानमा जग्गा बेच्ने व्यक्ति नआएको र खरिद गर्ने व्यक्ति ज्ञानेश्वरी श्रेष्ठ मात्रै आएको रेग्मीले बताए। 

मालपोतसँगको बयानमा श्रेष्ठले आफुले जग्गा किनेको बताएपनि जग्गा किनेका आवश्यक कागज हराएको बताएको मालपोत श्रोतको भनाइ छ। श्रोतका अनुसार श्रेष्ठ जग्गा प्रकरणमा जोगिने कुनै आधार फेला नपरेपछि कागजपत्र हराएको नाटक सुरु गरेकी छन्। मातपोत कार्यालयले आफू मातहत कर्मचारीसंग पनि प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ।

यो पनि ः सरकारी सम्पत्तिमा भूमाफियाको खेल : बेलहिया माविको जग्गा ज्ञानेश्वरी श्रेष्ठका नाममा

 

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा तीन चरणमा बाढी : आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्‍यो, साँझसम्म सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्