• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान

64x64
दीपक घिमिरे शनिबार, वैशाख २७, २०७७  १८:३७
1140x725

बुटवल- रुपन्देहीकाे बुटवलमा डेंगु रोगविरुद्ध पनि अभियान सुरु भएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणकाे जाेखिम रहेकै बेला डेंगुविरुद्धकाे अभियान पनि सुरु भएकाे हाे। बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुलाई डेंगु रोगविरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रित हुन निर्देशन दिएको छ।

कोराना महामारीसँगै डेंगुको जोखिम समेत बढेको भन्दै समुदायस्तरमा सुरक्षित तरिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको हो। महामारीका बेलामा टोलटोलमा गरिएका राहत वितरण र सचेतना अभियानमा खटिएकाहरुलाई नै डेंगु रोगका बारेमा पनि सचेत गराउन लगाइएकाे छ।  उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यस मातहका समुदायस्तरका संयन्त्रलाई महामारीबाट जोगिने उपाय अवलम्बन गर्दै डेंगु रोगका विरुद्धको अभियानमा सामेल गराउने तयारी भएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

महामारीका बेलामा विशेष काम गरिरहेको स्थानीय विपद् व्यवस्थापन समिति र त्यस मातहतको क्रायसिस म्यानेजमेन्ट सेन्टर (सिएमसी)ले समेत यो अभियानमा पैरवी गर्ने छन्। महामारीका असर, प्रभाव र त्यसबाट जोगिने उपायका बारेमा सचेतनाका काम भइरहेकाले अब त्यसैमार्फत डेंगु रोगविरुद्ध पनि विशेष अभियान चलाउन सकिने छ।

लामखुट्टेको बासस्थान खाेजी गरी लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ कार्यक्रम सञ्चालन गरिनेछ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु रोग लाग्ने गर्दछ। डेंगु सार्ने याे लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचानका लागि स्वास्थ्य क्षेत्रका प्राविधिकलाई खटाउने र त्यसैका आधारमा खोज र नष्ट गर अभियान चलाइने प्रमुख सुवेदीको भनाइ छ। डेंगु रोग नियन्त्रण र रोकथामका लागि समुदायस्तरमा सचेतना जगाउन विभिन्न संयन्त्रलाई परिचालन गरिने बताउँदै प्रमुख सुवेदीले महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, राजनीतिक दल, नागरिक अगुवा तथा सञ्चारकर्मीको सहकार्यमा नै अभियान प्रभावकारी बनाइने बताए। 

अहिले केही दिनयता लगातार पानी परिरहेको छ। महामारीको रोकथामका लागि झण्डै दुई महिनादेखि बन्दाबन्दी (लकडाउन) छ। यो बेलामा ग्यारेजलगायतका क्षेत्र बन्द हुँदा धेरै ठाउँमा पानी जम्ने अवस्था छ। डेंगु सार्ने लामखुट्टेका लागि अहिले अण्डा पार्न उपयुक्त समय देखिएको स्वास्थ्यकर्मीको भनाइ छ।  उनीहरुका अनुसार यही बेलामा खोज र नष्ट गर अभियान सञ्चालन गर्दा प्रभावकारी हुनसक्छ।

बुटवलमा रहेको १९ वटा वडामध्ये डेंगु रोग लगाउन सक्ने लामखुट्टेको उपयुक्त बासस्थान रहेका क्षेत्रको खोजी गरेर त्यहीबाट लार्भा नष्ट गर्ने अभियान सञ्चालनको तयारी भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए। जोखिमका क्षेत्र निर्धारण र डेंगु सार्ने लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचान तथा जनवास्थ्यका सेवालाई प्रभावकारी बनाउनका लागि उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वको स्वस्थ्यकर्मी तथा प्राविधिकको टोलीलाई निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।

सिंह नेतृत्वको टोलीले सरोकारवालासँगको सहकार्यमा प्राविधिक परिचालन गर्ने छ र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा स्वास्थ्यचाैकीहरुलाई तयारीमा राख्ने छ। हालको महामारी रोकथामका लागि यहाँका स्वास्थ्य संस्थामा फिवर क्लिनिक सञ्चालन गरिएको छ भने दीर्घ रोगीलाई घरघरमै औषधि पुर्‍याउनुका साथै स्वास्थ्यकर्मीलाई हटलाइन सेवामा खटाइएको छ।

यस्ता हुन्छन् डेंगु सार्ने लामखुट्टे
एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुने गर्छ। एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब पाँच सयदेखि एक हजारसम्म अण्डा पाने गर्दछ।

Ncell 2
Ncell 2

संक्रमित लामखुट्टेका सबै अण्डा पनि संक्रमित नै हुने गर्दछन्। यसले सफा र जमेको पानीमा मात्रै अण्डा पार्ने गर्दछ र यसको अण्डा पानीविना पनि महिनौसम्म जीवित रहन सक्छ। यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ।

डेंगु एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन। हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक जीवित लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा रोगबाट सक्रमित हुन्छ। पोथी जातको लामखुट्टेलाई फुल पार्नका लागि धेरै मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकाले पोथी लामखुट्टेलै धेरै रगत चुस्ने गर्दछ। भाले जातको लामखुट्टेले बोट बिरुवाको रस चुसेर जीवनयापन गर्ने गर्दछ।

नेपालमा कहिले देखि देखियो?
नेपालमा डेंगुकाे सन् २००४ मा पहिलो बिरामी (विदेशी) भेटिएको थियो। दुई वर्ष अघिसम्म त नेपालमा यसका बिरामीको पहिचानलाई गोप्य राख्ने गरिन्थ्यो।

पहिलो बिरामी देखिएको दुई वर्षपछि तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामीहरु भेटिएका थिए। त्यसको करिब चार वर्षपछि अथात् सन् २०१० मा रुपन्देहीमै यसका बिरामी देखिए। त्यसबेला सबैभन्दा धेरै प्रभाव रुपन्देही, चितवन र नवलपरासी जिल्लामा पर्न गएको थियो। त्यतिखेर आठ सय जना बिरामी देखिएकोमा एक वर्षपछि तीन गुणाले वृद्धि भएर करिब दुई हजार बिरामी देखा परेका थिए। तीमध्ये अधिकांश निको भएका थिए।

डब्लुएचओलाई चिन्ता बढाएको रोग
विगत केही दशकदेखि विश्वभरी नै डेंगु रोगको संक्रमण अत्याधिक रुपमा बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ। ५० वर्षमा यो रोगको संक्रमण ३० गुणाले बढेको डब्लुएचओको भनाइ छ।

१२८ भन्दा बढी मुलुकका ३.९ अरब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्ने गरेका छन्। त्यसमा नेपालका तराई क्षेत्र पनि पर्दछन्। प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुने गरेको र त्यसमा २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ।

लक्षण र चिन्ह
३–१० दिनसम्ममा यसको संक्रमण देखिन सक्छ। १०२ र १०३ डिग्रीसम्मको ज्वरो आउनु, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाका गेडी दुख्ने, जिऊ र जोर्नी दुख्ने, राताराता बिमीरा आउने हुन्छ।

सामान्यता ज्वरो आएको तीनदेखि पाँच दिनसम्ममा डेंगु ज्वरो देखिने गर्दछ। समयमै उपचार नपाएमा मानिसको मृत्यु हुन सक्छ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा  छ। यो दिन धानको भ... बिहीबार, मंसिर १८, २०८२
आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उ... बुधबार, मंसिर १७, २०८२
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पा... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली शुक्रबार, मंसिर १९, २०८२
राप्रपाको निष्कासनपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्