काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ ।
मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएकाे सूचना जारी गरेकाे हाे ।
उनी पार्टीको मधेश प्रदेशका महिला तर्फ समानुपातिक प्रदेश सभा सदस्य थिइन् । पार्टीको नीति विपरित मन्त्री बनेकी थिइन् ।
अनुशासन उल्लंघन गरेकाले पार्टीको विधान २०४८ (संशोधन सहित) अनुसार ६ महिना साधारण सदस्यबाट निष्कासन गरी विच्छालाई प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने राप्रपा केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरेकाे थियाे ।
विच्छालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरिएकाे जारी सूचनामा उल्लेख गरिएकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।