• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सरकारी सम्पत्तिमा भूमाफियाको खेल : बेलहिया माविको जग्गा ज्ञानेश्वरी श्रेष्ठका नाममा

64x64
दीपक घिमिरे बुधबार, जेठ १, २०७६  १८:५८
1140x725

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियामा रहेको बेलहिया माध्यमिक विद्यालयको सरकारी जग्गा भूमाफियाले हडपेको खुलासा भएको छ। 

२०२९ सालमा स्थापित उक्त विद्यालयको १२ कठ्ठा १५ जग्गा मध्ये १२ कठ्ठा ४ धुर जग्गा भुमाफियाले हडपेको हालै मात्र खुलासा भएको हो। 

सिद्धार्थनगर नगरपालिका-१ को १(ङ) को कित्ता नम्बर ३१० र ३११ को १२ कठ्ठा १५ धुरमध्ये १२ कठ्ठा ४ धुर जग्गा सोही नगरपालिका वडा नम्बर ९ वस्ने विजयकुमार जैसवाल र गंगोत्रीदेवी जैसवालबाट ज्ञानीश्वरी श्रेष्ठका नाममा रजिस्ट्रेसन पास भएको देखिन्छ। श्रेष्ठ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन्। 

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्रीले जानकारी उक्त सरकारी जग्गा व्यक्तिको नाममा पार्नका लामो प्रयास भएको अनुमान गर्न गाह्रो नभएको बताए। 

विद्यालको सो जग्गा श्रेष्ठका नाममा पार्न श्रेष्ठसहित भूमाफिया र तत्कालीन मालपोत अधिकृतसहित मालपोत कर्मचारीको गिरोह नै सक्रिय रहेको समाचार श्रोतको दाबी छ।

श्रेष्ठ जेसिआई सिद्धार्थ लेडी नेपालकी पूर्व अध्यक्ष तथा होटल व्यवसायी समेत हुन्।

विद्यालयको जग्गा माफियाले व्यक्तिको नाममा गराएको समयमा मालपोत कार्यालय रुपन्देही भैरहवाको प्रमुख मालपोत अधिकृत शंकरप्रसाद सुवेदी* कार्यरत थिए। सोही समयमा जग्गा पास गर्ने अधिकृतको रुपमा खिमानन्द आचार्य थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यता आर्चायले भने उक्त जग्गा पास गर्न आफ्नो कुनै भुमिका नरहेको उल्लेख गरेका छन्।

उनले आफ्नो नामबाट कीर्ते हरुताक्षर गरेर जग्गा पास गराईएको दाबी गरे।

'सरकारी जग्गा व्यक्तिको नाममा गराउने कार्यमा मेरो कुनै संलग्नता छैन,' आर्चायले भने, 'घटनाको सत्यतथ्य बाहिर ल्याउन र घटनामा संम्लग्नलाई कारबाही गर्न मैले अनुसन्धानका लागि आवश्यक सहयोग गर्नेछु।' 

प्रमुख मालपोत अधिकृतलाई श्रेस्ता बदर गरेर अनुसन्धान गर्न समेत उनले आग्रह पनि गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लिखतमा प्रयोग गरिएको दस्तखत कीर्ते गरिएको, लिखतमा पानी पारिएको, हस्ताक्षर बिगारेको, जग्गा बिक्री गर्ने व्यक्तिको नागरिकता नम्बर र जारी मिति नलेखिएको तथा जग्गा बिक्री गर्ने व्यक्तिको औँठा छाप समेत नरहेको हुँदा उक्त जग्गा अवैध तरिकाले श्रेष्ठका नाममा रजिस्ट्रेसन पास गरेको दाबी गरे। 

यसरी भयो घटनाको खुलासा
बेलहिया-वसन्तपुर वाइपास सडक विस्तार गर्दा सडक फराकिलो बन्न गई विद्यालयको ११ धुर जग्गा सडकमा परेको थियो।

जग्गा विस्तार सम्बन्धी काम गर्ने क्रममा आवश्यक खोजीनिति गर्दा विद्यालयको नाममा रहेको सो जग्गा माफियाले अर्कै व्यक्तिको नाममा पारिसकेको खुलासा भएको हो। 

विद्यालयको उक्त जग्गा २०७० साल चैत ६ गते विजय कुमार जैसवाल र गंगोत्रीदेवी जैसवालबाट ज्ञानीश्वरी श्रेष्ठको नाममा पास गरिएको फेला परेको हो। 

हडपिएको जग्गा नेपाल सरकारको छुट कित्ताका रुपमा रहेको र पक्रिया पुर्‍याएर विद्यालयका नाममा ल्याउन नपाउँदै भुमाफियाले व्यक्तिको नाममा गराएको स्थानीयबासीको तर्क छ। 

नेपाल सरकारको छुट कित्ता भएकोले विद्यालयको नाममा दर्ता गर्न सिद्धार्थनगर नगरपालिकाले २०५३ साल भदौ १४ गते सिफारिस गरेको थियो।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका-१ को कार्यालयले २०६० साल असोज ११ गते सर्जमिन मुचुल्का तयार पारेर नापी शाखा, रुपन्देहीको फिल्ड बुक उतारसमेत गरेको थियो। 

नयाँ गोश्वरा नापीको प्रतीक्षामा लामो समय बितेपछि हाल विद्यालयको नाममा जग्गा दर्ता प्रक्रिया अघि बढाउन खोज्दा उक्त जग्गा श्रेष्ठको नाममा भइसकेको पाइएको बेलहिया माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा स्थानीय समाजसेवी विष्णुप्रसाद शर्माले जानकारी दिए। 

वि.स. २०५३ सालबाट विद्यालयले भोग–चलन गर्दै आई रहेको उक्त जग्गा २०६९ साल फागुन २० गतेभन्दा पहिला श्री शर्मा एन्ड कम्पनी प्रालिका नाममा रहेको थियो।  

तर हाल सुरेश प्रसाद कलवारलाई भाडामा दिइएको पूर्व अध्यक्ष शर्माले जानकारी दिए। 

भूमाफियामार्फत् व्यक्तिको नाममा गएको उक्त जग्गा रोक्काका लागि नगरपालिका अन्तर्गतको वडा नम्बर १ को कार्यालय र जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत् खोजी गर्दा श्रेष्ठलाई जग्गा रजिस्ट्रेसन पास गराउने व्यक्ति जैसवालको पहिचान हुन नसकेका बताइएको छ। 

मालपोत कार्यालय रुपन्देहीमा जैसवालको नाममा उक्त कित्ता प्रमाणित तथा मिसिल दर्ता समेत नरहेको देखिन्छ।

सम्बन्धित वडा कार्यालयको सिफारिस, चारकिल्ला प्रमाणित, स्थलगत सर्जमिन बिना नै नाटकीय रुपमा उक्त जग्गा व्यक्तिको नाममा कसरी दर्ता हुन पुग्यो भन्दै आश्चर्यमा परेको बेलहियाका स्थानीय देवराज न्यौपानेले जानकारी दिए। 

स्थानीयको सक्रियता
विद्यालयका नाममा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुगेपछि जग्गा फिर्ताका लागि बेलहियाबासीले सक्रियता देखाएका छन्।

ज्ञानीश्वरी श्रेष्ठको नाममा भएको उक्त जग्गा विद्यालयको नाममा नआउँदा सम्म बेलहियाबासी चुप लागेर नबस्ने उनले चेतावनी दिए। 

विद्यालयको जग्गा भूमाफिया मार्फत व्यक्तिले हडपेको भन्दै बेलहियाबासीले जग्गा फिर्ता गर्न माग गरेका हुन्।

विद्यालयको खेल मैदानका लागि खरिद गरिएको उक्त जग्गा हडपेर करोडौंमा कारोबार गर्ने उद्देश्य रहेको भन्दै बेलहियाबासी आक्रोशित समेत बनेका छन्।

अनुसन्धान अघि बढ्यो : मालपोत कार्यालय
मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत शिव प्रसाद रेग्मीले उक्त जग्गाको विषयमा अनुसन्धान अगाडि बढाएको बताए।

हालसम्मको प्रारम्भिक अनुसन्धानले उक्त जग्गा कीर्ते गरेर व्यक्तिको नाममा लगिएको फेला परेको उनले बताए। 

'विद्यालय पक्षले जग्गा रोक्का राख्न दिएको निवेदनको आधारमा जग्गा रोक्का राखिएको छ,' उनले भने, 'जग्गा पास बदर गर्ने विषयमा विद्यालयले निवेदन नदिएका कारण समस्या छ। विद्यालयको निवेदन प्राप्त भएपछि कारबाही अघि बढाउन सजिलो हुन्छ।'

यस विषयमा आफूहरु गम्भीर अनुसन्धानमा लागेको मालपोत अधिकृत रेग्मीले दाबी गरे। 

सरकारी जग्गा व्यक्तिको नाममा गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि चासो देखाएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले सरकारी जग्गा व्यक्तिको नाममा गएको विषयमा आफूले गम्भीर अनुसन्धान गर्ने बताए।

उनले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने गिरोहलाई कानुनी दायरामा ल्याएरै छाड्ने दाबी गरेका छन्।

*(यसअघि प्रकाशित समाचारमा मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत शंकरप्रसाद सुवेदी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।-सम्पादक)

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्