• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सरकारी सम्पत्तिमा भूमाफियाको खेल : बेलहिया माविको जग्गा ज्ञानेश्वरी श्रेष्ठका नाममा

64x64
दीपक घिमिरे बुधबार, जेठ १, २०७६  १८:५८
1140x725

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियामा रहेको बेलहिया माध्यमिक विद्यालयको सरकारी जग्गा भूमाफियाले हडपेको खुलासा भएको छ। 

२०२९ सालमा स्थापित उक्त विद्यालयको १२ कठ्ठा १५ जग्गा मध्ये १२ कठ्ठा ४ धुर जग्गा भुमाफियाले हडपेको हालै मात्र खुलासा भएको हो। 

सिद्धार्थनगर नगरपालिका-१ को १(ङ) को कित्ता नम्बर ३१० र ३११ को १२ कठ्ठा १५ धुरमध्ये १२ कठ्ठा ४ धुर जग्गा सोही नगरपालिका वडा नम्बर ९ वस्ने विजयकुमार जैसवाल र गंगोत्रीदेवी जैसवालबाट ज्ञानीश्वरी श्रेष्ठका नाममा रजिस्ट्रेसन पास भएको देखिन्छ। श्रेष्ठ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन्। 

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्रीले जानकारी उक्त सरकारी जग्गा व्यक्तिको नाममा पार्नका लामो प्रयास भएको अनुमान गर्न गाह्रो नभएको बताए। 

विद्यालको सो जग्गा श्रेष्ठका नाममा पार्न श्रेष्ठसहित भूमाफिया र तत्कालीन मालपोत अधिकृतसहित मालपोत कर्मचारीको गिरोह नै सक्रिय रहेको समाचार श्रोतको दाबी छ।

श्रेष्ठ जेसिआई सिद्धार्थ लेडी नेपालकी पूर्व अध्यक्ष तथा होटल व्यवसायी समेत हुन्।

विद्यालयको जग्गा माफियाले व्यक्तिको नाममा गराएको समयमा मालपोत कार्यालय रुपन्देही भैरहवाको प्रमुख मालपोत अधिकृत शंकरप्रसाद सुवेदी* कार्यरत थिए। सोही समयमा जग्गा पास गर्ने अधिकृतको रुपमा खिमानन्द आचार्य थिए। 

Ncell 2
Ncell 2

यता आर्चायले भने उक्त जग्गा पास गर्न आफ्नो कुनै भुमिका नरहेको उल्लेख गरेका छन्।

उनले आफ्नो नामबाट कीर्ते हरुताक्षर गरेर जग्गा पास गराईएको दाबी गरे।

'सरकारी जग्गा व्यक्तिको नाममा गराउने कार्यमा मेरो कुनै संलग्नता छैन,' आर्चायले भने, 'घटनाको सत्यतथ्य बाहिर ल्याउन र घटनामा संम्लग्नलाई कारबाही गर्न मैले अनुसन्धानका लागि आवश्यक सहयोग गर्नेछु।' 

प्रमुख मालपोत अधिकृतलाई श्रेस्ता बदर गरेर अनुसन्धान गर्न समेत उनले आग्रह पनि गरे।

लिखतमा प्रयोग गरिएको दस्तखत कीर्ते गरिएको, लिखतमा पानी पारिएको, हस्ताक्षर बिगारेको, जग्गा बिक्री गर्ने व्यक्तिको नागरिकता नम्बर र जारी मिति नलेखिएको तथा जग्गा बिक्री गर्ने व्यक्तिको औँठा छाप समेत नरहेको हुँदा उक्त जग्गा अवैध तरिकाले श्रेष्ठका नाममा रजिस्ट्रेसन पास गरेको दाबी गरे। 

यसरी भयो घटनाको खुलासा
बेलहिया-वसन्तपुर वाइपास सडक विस्तार गर्दा सडक फराकिलो बन्न गई विद्यालयको ११ धुर जग्गा सडकमा परेको थियो।

जग्गा विस्तार सम्बन्धी काम गर्ने क्रममा आवश्यक खोजीनिति गर्दा विद्यालयको नाममा रहेको सो जग्गा माफियाले अर्कै व्यक्तिको नाममा पारिसकेको खुलासा भएको हो। 

विद्यालयको उक्त जग्गा २०७० साल चैत ६ गते विजय कुमार जैसवाल र गंगोत्रीदेवी जैसवालबाट ज्ञानीश्वरी श्रेष्ठको नाममा पास गरिएको फेला परेको हो। 

हडपिएको जग्गा नेपाल सरकारको छुट कित्ताका रुपमा रहेको र पक्रिया पुर्‍याएर विद्यालयका नाममा ल्याउन नपाउँदै भुमाफियाले व्यक्तिको नाममा गराएको स्थानीयबासीको तर्क छ। 

नेपाल सरकारको छुट कित्ता भएकोले विद्यालयको नाममा दर्ता गर्न सिद्धार्थनगर नगरपालिकाले २०५३ साल भदौ १४ गते सिफारिस गरेको थियो।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका-१ को कार्यालयले २०६० साल असोज ११ गते सर्जमिन मुचुल्का तयार पारेर नापी शाखा, रुपन्देहीको फिल्ड बुक उतारसमेत गरेको थियो। 

नयाँ गोश्वरा नापीको प्रतीक्षामा लामो समय बितेपछि हाल विद्यालयको नाममा जग्गा दर्ता प्रक्रिया अघि बढाउन खोज्दा उक्त जग्गा श्रेष्ठको नाममा भइसकेको पाइएको बेलहिया माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा स्थानीय समाजसेवी विष्णुप्रसाद शर्माले जानकारी दिए। 

वि.स. २०५३ सालबाट विद्यालयले भोग–चलन गर्दै आई रहेको उक्त जग्गा २०६९ साल फागुन २० गतेभन्दा पहिला श्री शर्मा एन्ड कम्पनी प्रालिका नाममा रहेको थियो।  

तर हाल सुरेश प्रसाद कलवारलाई भाडामा दिइएको पूर्व अध्यक्ष शर्माले जानकारी दिए। 

भूमाफियामार्फत् व्यक्तिको नाममा गएको उक्त जग्गा रोक्काका लागि नगरपालिका अन्तर्गतको वडा नम्बर १ को कार्यालय र जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत् खोजी गर्दा श्रेष्ठलाई जग्गा रजिस्ट्रेसन पास गराउने व्यक्ति जैसवालको पहिचान हुन नसकेका बताइएको छ। 

मालपोत कार्यालय रुपन्देहीमा जैसवालको नाममा उक्त कित्ता प्रमाणित तथा मिसिल दर्ता समेत नरहेको देखिन्छ।

सम्बन्धित वडा कार्यालयको सिफारिस, चारकिल्ला प्रमाणित, स्थलगत सर्जमिन बिना नै नाटकीय रुपमा उक्त जग्गा व्यक्तिको नाममा कसरी दर्ता हुन पुग्यो भन्दै आश्चर्यमा परेको बेलहियाका स्थानीय देवराज न्यौपानेले जानकारी दिए। 

स्थानीयको सक्रियता
विद्यालयका नाममा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुगेपछि जग्गा फिर्ताका लागि बेलहियाबासीले सक्रियता देखाएका छन्।

ज्ञानीश्वरी श्रेष्ठको नाममा भएको उक्त जग्गा विद्यालयको नाममा नआउँदा सम्म बेलहियाबासी चुप लागेर नबस्ने उनले चेतावनी दिए। 

विद्यालयको जग्गा भूमाफिया मार्फत व्यक्तिले हडपेको भन्दै बेलहियाबासीले जग्गा फिर्ता गर्न माग गरेका हुन्।

विद्यालयको खेल मैदानका लागि खरिद गरिएको उक्त जग्गा हडपेर करोडौंमा कारोबार गर्ने उद्देश्य रहेको भन्दै बेलहियाबासी आक्रोशित समेत बनेका छन्।

अनुसन्धान अघि बढ्यो : मालपोत कार्यालय
मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत शिव प्रसाद रेग्मीले उक्त जग्गाको विषयमा अनुसन्धान अगाडि बढाएको बताए।

हालसम्मको प्रारम्भिक अनुसन्धानले उक्त जग्गा कीर्ते गरेर व्यक्तिको नाममा लगिएको फेला परेको उनले बताए। 

'विद्यालय पक्षले जग्गा रोक्का राख्न दिएको निवेदनको आधारमा जग्गा रोक्का राखिएको छ,' उनले भने, 'जग्गा पास बदर गर्ने विषयमा विद्यालयले निवेदन नदिएका कारण समस्या छ। विद्यालयको निवेदन प्राप्त भएपछि कारबाही अघि बढाउन सजिलो हुन्छ।'

यस विषयमा आफूहरु गम्भीर अनुसन्धानमा लागेको मालपोत अधिकृत रेग्मीले दाबी गरे। 

सरकारी जग्गा व्यक्तिको नाममा गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि चासो देखाएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले सरकारी जग्गा व्यक्तिको नाममा गएको विषयमा आफूले गम्भीर अनुसन्धान गर्ने बताए।

उनले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने गिरोहलाई कानुनी दायरामा ल्याएरै छाड्ने दाबी गरेका छन्।

*(यसअघि प्रकाशित समाचारमा मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत शंकरप्रसाद सुवेदी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।-सम्पादक)

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्