काठमाडौं। गोरखाको आरुघाटस्थित नदी मापन केन्द्रमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि गोरखासहित ६ जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरेको हो।
नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमप्रति सचेत रहन र आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
बाढीको जोखिममा रहेका क्षेत्रका बासिन्दाले नदीको बहाव र पानीको सतहमा हुने परिवर्तनबारे ध्यान दिन तथा जोखिम देखिए सुरक्षित स्थानमा जान आवश्यक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।