सोल- कोरियाको छुङछङबोग्दोमा सोमबार एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको भएको छ।
मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्कका मधुसुदन श्रेष्ठ रहेको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिए।
साँझ खाना खाएर सँगै सुतेका श्रेष्ठ बिहान मृत अवस्थामा रहेको उनीसँगै काम गर्ने सहकर्मीले बताएका छन्। इपिएस अन्तर्गत सिबिटी परीक्षा दिएर कोरिया आएका श्रेष्ठका घरमा श्रीमती र एक छोरी रहेका छन्।
श्रेष्ठको शव छुङछङबोग्दोस्थित एक स्थानीय अस्पतालमा राखिएको र घटनाका विषयमा श्रेष्ठको परिवारलाई जानकारी गराएर आवश्यक प्रक्रिया थालिने कोरियास्थित नेपाली दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।