• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आन्तरिक विवादले अस्तव्यस्त खेलकुद विकास समिति सप्तरी, प्रमुखको कार्यकक्षमा ताला

नेकपाका केन्द्रीय नेताको प्रयास पनि असफल
64x64
दिनेश शर्मा बिहीबार, जेठ ९, २०७६  ०७:०५
1140x725

राजविराज- अध्यक्ष र उपाध्यक्षसहितका बहुमत सदस्यबीचको विवादका कारण जिल्ला खेलकुद विकास समिति सप्तरीका गतिविधि ठप्प भएका छन्। करिब ५ महिनादेखि खेलकुदका गतिविधि प्रभावित भएका हुन्।

समितिका पदाधिकारी र सदस्यबीच बढेको किचलो तालाबन्दीसम्म पुगेको छ। उपाध्यक्ष धिरु बर्मा, कोषाध्यक्ष राजेश चौधरीलगायतका पदाधिकारी र सदस्यले मंगलबार कार्यालय प्रमुख दिनेश भुजेलको कार्यकक्षमा तालाबन्दी गरेका छन्। समितिका बहुमत सदस्यको निर्णय नमानेको, खेलकुदका गतिविधि ठप्प पारेको तथा हरहिसाब सार्वजनिक नगरेको आरोपसहित कार्यालयमा तालाबन्दी गरिएको उनीहरुले बताएका छन्।

भुजेल कार्यालय प्रमुख बन्न अयोग्य भएकाले तालाबन्दी गरिएको उपाध्यक्ष बर्माले बताए। कञ्चनरुप नगरपालिका-९ स्थित मदन भण्डारी खेलग्रामका निर्माणका लागि आएको २५ लाख तथा सप्तकोशी नगरपालिकास्थित भगनी मलेठमा कभर्ड हल निर्माणका लागि आएको १० लाख विकासीय बजेट खर्च गर्न नसकेको, खेलकुदका कुनै पनि गतिविधि संचालन गर्न नसकेको र आव २०७१/०७२ देखि हालसम्मको आयव्यय विवरण भुजेलले नदिएको बर्माले आरोप लगाए।

कार्यालय प्रमुख भुजेलले भने, 'अध्यक्ष अमर खवासलाई अस्वीकार गर्ने र कोषाध्यक्ष राजेश चौधरीको नाममा खाता संचालन गर्ने उपाध्यक्षसहितका पदाधिकारी र सदस्यहरुको निर्णय नमान्दा कार्यालयमा तालाबन्दी गरिएको हो।'

उपाध्यक्ष बर्मासहित समितिका पदाधिकारीले आफूमाथि लगाएका आरोप पुष्टि भए कारबाही भोग्न तयार रहेको उनले बताए। ‘विधान अनुसार मैले अध्यक्षको कार्यादेश अनुसार काम गर्नुपर्छ,’ भुजेलले भने, ‘तर, वहाँहरु अध्यक्षलाई बेकम्मा बनाएर आफू अनुकुल काम गर्न खोजिरहनु भएको छ। त्यसमा भागीदार नभएकाले मलाई अयोग्य घोषणा गरेर कार्यालयमा ताला लगाउनु भयो।’

लामो समयदेखि उपाध्यक्ष र सदस्य रहेका व्यक्तिहरुले नै असहयोग गरेपछि आफूले कार्यालयको हरहिसाब बुझाउन नसकेको भुजेलको दाबी छ। ‘म कार्यालय प्रमुख भएको ५/६ महिना भयो, हिसाब दुरुस्त राख्न खोजिरहेको छु,’ उनले भने, ‘लगातार ३/४ वर्षदेखि समितिमा रहेका व्यक्तिहरूले नै मलाई असहयोग गरेपछि हिसाब कसरी देखाउँ?’

कार्यालयमा तालाबन्दी भएको विषयमा राष्ट्रिय खेलकुद परिषद् र जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत जानकारी गराइएको भुजेलले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

यसरी सुरु भयो विवाद
सप्तकोशी नगरपालिका-१, फत्तेपुरका अमर खवास ४ महिनाअघि समितिको अध्यक्ष नियुक्त भए। अध्यक्षको दाबेदार रहेका उपाध्यक्ष धिरु बर्मासहित बहुमत सदस्यले खवासलाई अध्यक्ष अस्वीकार गरे। खवासले लामो समयसम्म पदस्थापनकै लागि संघर्ष गर्नुपर्यो।

अन्तिम समयमा पदस्थापन भएपनि समितिका बहुमत सदस्यले खवासलाई अध्यक्ष अस्वीकार गर्दै बैंक खातासमेत कार्यालय प्रमुख दिनेश भुजेल र कोषाध्यक्ष राजेश चौधरीको नाममा सञ्चालन गर्नुपर्ने अडान लिदै आएका छन्। उनीहरुको अडानकै कारण खेलकुदका कुनै पनि गतिविधि अघि बढ्न नसकेको कार्यालय प्रमुख भुजेलले दाबी गरे।

'अध्यक्षलाई बैठकमा बस्नै नदिने र आफू अनुकूल निर्णय गराउन खोज्ने प्रवृत्ति हाबी भयो,’ भुजेलले थपे, ‘तीन पटकसम्म बोलाएको बैठक निष्कर्षमा नपुगेपछि कुनै पनि काम गर्न सकिएको छैन। वहाँहरुका कारण सुरु भएको समस्याको आरोप चाँहि अहिले ममाथि नै लगाइएको छ।’ विधानअनुसार अध्यक्षको कार्यादेश बिना कार्यालय प्रमुखले कुनै काम गर्न नसक्ने उनले प्रष्ट्याए।

नेकपाका नेताले पनि मिलाउन सकेनन्
उपाध्यक्षसहित बहुमत सदस्य नै अध्यक्ष विरुद्ध देखिएपछि नेकपाका केन्द्रीय नेतासमेत समस्या समाधानमा लागेका थिए। तर, उनीहरुसँग भएको सहमति समेत कार्यान्वयन नहुँदा समस्या थपिँदै गएको एक कर्मचारीले बताए।

एक महिनाअघि समस्या समाधानका लागि नेकपाका प्रदेश सचिव तथा राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल, प्रदेश सभा सदस्यसमेत रहेका गोविन्द बहादुर न्यौपाने, महेश यादवसहितको बैठक बस्यो। राजविराजस्थित जेसिज भवनमा बोलाइएको बैठकमा अध्यक्षसहित समितिका सम्पूर्ण सदस्य तथा कार्यालय प्रमुख समेतलाई सहभागी भए। 

सो बैठकमा पनि बहुमत सदस्यको माग बमोजिम कोषाध्यक्षकै नाममा खाता खोल्नु पर्ने अडान दोहोरिएको कार्यालय प्रमुख भुजेलले बताए। 

‘बैठकमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको चिठी नै पेस गरियो,’ उनले भने, ‘क्षेत्रीय खेलकुद विकास समितिले खाता सञ्चालन गर्ने विषय बहुमत/अल्पमतले नभई विधानअनुसार नै हुने जानकारी दिएपछि समस्या यथावत रह्यो।’

विधानमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको नाममा खाता सञ्चालन गर्न सकिने व्यवस्था रहेको भुजेलले जानकारी दिए।

के भन्छन् अध्यक्ष
अध्यक्ष अमर खवासले भने कार्यालयमा समितिकै पदाधिकारीले तालाबन्दी गरेको विषयमा आफूलाई आधिकारीक जानकारी नभएको बताए। आफूलाई नै समितिमा एक्का बनाएको दुखेसो गरेका उनले कुनै सर्तमा चल्न नदिने देखिएपछि आफूले वास्ता गर्न छोडेको प्रतिक्रिया दिए। ‘बैठक बोलाएपछि पहिलो प्रस्ताव–कार्यालय प्रमुखको सरुवा, दोश्रो–कोषाध्यक्षको नाममा खाता, तेश्रो–उपाध्यक्षको नाममा कार्यादेशको अधिकार,’ उनले भने, ‘यस्तो भएपछि अध्यक्षको के काम? भनेर मैले वास्ता गर्न छोडें।’
 

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्