• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आन्तरिक विवादले अस्तव्यस्त खेलकुद विकास समिति सप्तरी, प्रमुखको कार्यकक्षमा ताला

नेकपाका केन्द्रीय नेताको प्रयास पनि असफल
64x64
दिनेश शर्मा बिहीबार, जेठ ९, २०७६  ०७:०५
1140x725

राजविराज- अध्यक्ष र उपाध्यक्षसहितका बहुमत सदस्यबीचको विवादका कारण जिल्ला खेलकुद विकास समिति सप्तरीका गतिविधि ठप्प भएका छन्। करिब ५ महिनादेखि खेलकुदका गतिविधि प्रभावित भएका हुन्।

समितिका पदाधिकारी र सदस्यबीच बढेको किचलो तालाबन्दीसम्म पुगेको छ। उपाध्यक्ष धिरु बर्मा, कोषाध्यक्ष राजेश चौधरीलगायतका पदाधिकारी र सदस्यले मंगलबार कार्यालय प्रमुख दिनेश भुजेलको कार्यकक्षमा तालाबन्दी गरेका छन्। समितिका बहुमत सदस्यको निर्णय नमानेको, खेलकुदका गतिविधि ठप्प पारेको तथा हरहिसाब सार्वजनिक नगरेको आरोपसहित कार्यालयमा तालाबन्दी गरिएको उनीहरुले बताएका छन्।

भुजेल कार्यालय प्रमुख बन्न अयोग्य भएकाले तालाबन्दी गरिएको उपाध्यक्ष बर्माले बताए। कञ्चनरुप नगरपालिका-९ स्थित मदन भण्डारी खेलग्रामका निर्माणका लागि आएको २५ लाख तथा सप्तकोशी नगरपालिकास्थित भगनी मलेठमा कभर्ड हल निर्माणका लागि आएको १० लाख विकासीय बजेट खर्च गर्न नसकेको, खेलकुदका कुनै पनि गतिविधि संचालन गर्न नसकेको र आव २०७१/०७२ देखि हालसम्मको आयव्यय विवरण भुजेलले नदिएको बर्माले आरोप लगाए।

कार्यालय प्रमुख भुजेलले भने, 'अध्यक्ष अमर खवासलाई अस्वीकार गर्ने र कोषाध्यक्ष राजेश चौधरीको नाममा खाता संचालन गर्ने उपाध्यक्षसहितका पदाधिकारी र सदस्यहरुको निर्णय नमान्दा कार्यालयमा तालाबन्दी गरिएको हो।'

उपाध्यक्ष बर्मासहित समितिका पदाधिकारीले आफूमाथि लगाएका आरोप पुष्टि भए कारबाही भोग्न तयार रहेको उनले बताए। ‘विधान अनुसार मैले अध्यक्षको कार्यादेश अनुसार काम गर्नुपर्छ,’ भुजेलले भने, ‘तर, वहाँहरु अध्यक्षलाई बेकम्मा बनाएर आफू अनुकुल काम गर्न खोजिरहनु भएको छ। त्यसमा भागीदार नभएकाले मलाई अयोग्य घोषणा गरेर कार्यालयमा ताला लगाउनु भयो।’

लामो समयदेखि उपाध्यक्ष र सदस्य रहेका व्यक्तिहरुले नै असहयोग गरेपछि आफूले कार्यालयको हरहिसाब बुझाउन नसकेको भुजेलको दाबी छ। ‘म कार्यालय प्रमुख भएको ५/६ महिना भयो, हिसाब दुरुस्त राख्न खोजिरहेको छु,’ उनले भने, ‘लगातार ३/४ वर्षदेखि समितिमा रहेका व्यक्तिहरूले नै मलाई असहयोग गरेपछि हिसाब कसरी देखाउँ?’

कार्यालयमा तालाबन्दी भएको विषयमा राष्ट्रिय खेलकुद परिषद् र जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत जानकारी गराइएको भुजेलले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी सुरु भयो विवाद
सप्तकोशी नगरपालिका-१, फत्तेपुरका अमर खवास ४ महिनाअघि समितिको अध्यक्ष नियुक्त भए। अध्यक्षको दाबेदार रहेका उपाध्यक्ष धिरु बर्मासहित बहुमत सदस्यले खवासलाई अध्यक्ष अस्वीकार गरे। खवासले लामो समयसम्म पदस्थापनकै लागि संघर्ष गर्नुपर्यो।

अन्तिम समयमा पदस्थापन भएपनि समितिका बहुमत सदस्यले खवासलाई अध्यक्ष अस्वीकार गर्दै बैंक खातासमेत कार्यालय प्रमुख दिनेश भुजेल र कोषाध्यक्ष राजेश चौधरीको नाममा सञ्चालन गर्नुपर्ने अडान लिदै आएका छन्। उनीहरुको अडानकै कारण खेलकुदका कुनै पनि गतिविधि अघि बढ्न नसकेको कार्यालय प्रमुख भुजेलले दाबी गरे।

'अध्यक्षलाई बैठकमा बस्नै नदिने र आफू अनुकूल निर्णय गराउन खोज्ने प्रवृत्ति हाबी भयो,’ भुजेलले थपे, ‘तीन पटकसम्म बोलाएको बैठक निष्कर्षमा नपुगेपछि कुनै पनि काम गर्न सकिएको छैन। वहाँहरुका कारण सुरु भएको समस्याको आरोप चाँहि अहिले ममाथि नै लगाइएको छ।’ विधानअनुसार अध्यक्षको कार्यादेश बिना कार्यालय प्रमुखले कुनै काम गर्न नसक्ने उनले प्रष्ट्याए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपाका नेताले पनि मिलाउन सकेनन्
उपाध्यक्षसहित बहुमत सदस्य नै अध्यक्ष विरुद्ध देखिएपछि नेकपाका केन्द्रीय नेतासमेत समस्या समाधानमा लागेका थिए। तर, उनीहरुसँग भएको सहमति समेत कार्यान्वयन नहुँदा समस्या थपिँदै गएको एक कर्मचारीले बताए।

एक महिनाअघि समस्या समाधानका लागि नेकपाका प्रदेश सचिव तथा राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल, प्रदेश सभा सदस्यसमेत रहेका गोविन्द बहादुर न्यौपाने, महेश यादवसहितको बैठक बस्यो। राजविराजस्थित जेसिज भवनमा बोलाइएको बैठकमा अध्यक्षसहित समितिका सम्पूर्ण सदस्य तथा कार्यालय प्रमुख समेतलाई सहभागी भए। 

सो बैठकमा पनि बहुमत सदस्यको माग बमोजिम कोषाध्यक्षकै नाममा खाता खोल्नु पर्ने अडान दोहोरिएको कार्यालय प्रमुख भुजेलले बताए। 

‘बैठकमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको चिठी नै पेस गरियो,’ उनले भने, ‘क्षेत्रीय खेलकुद विकास समितिले खाता सञ्चालन गर्ने विषय बहुमत/अल्पमतले नभई विधानअनुसार नै हुने जानकारी दिएपछि समस्या यथावत रह्यो।’

विधानमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको नाममा खाता सञ्चालन गर्न सकिने व्यवस्था रहेको भुजेलले जानकारी दिए।

के भन्छन् अध्यक्ष
अध्यक्ष अमर खवासले भने कार्यालयमा समितिकै पदाधिकारीले तालाबन्दी गरेको विषयमा आफूलाई आधिकारीक जानकारी नभएको बताए। आफूलाई नै समितिमा एक्का बनाएको दुखेसो गरेका उनले कुनै सर्तमा चल्न नदिने देखिएपछि आफूले वास्ता गर्न छोडेको प्रतिक्रिया दिए। ‘बैठक बोलाएपछि पहिलो प्रस्ताव–कार्यालय प्रमुखको सरुवा, दोश्रो–कोषाध्यक्षको नाममा खाता, तेश्रो–उपाध्यक्षको नाममा कार्यादेशको अधिकार,’ उनले भने, ‘यस्तो भएपछि अध्यक्षको के काम? भनेर मैले वास्ता गर्न छोडें।’
 

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्