• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल

64x64
दिनेश शर्मा सोमबार, वैशाख २२, २०७७  १२:०४
1140x725

राजविराज–कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण समस्यामा परेका मजदुर र विपन्न वर्गका समुदायका लागि छुट्याइएको राहतको चामलमा समेत स्थानीय सरकारका प्रतिनिधिले अनियमितता गरेको पाईएको छ।

सप्तरीको सप्तकोसी नगरपालिकामा कार्यपालिका बैठकबाट निर्णय भएको र टेन्डर स्वीकृत भएको भन्दा कम गुणस्तरको चामल वितरण गरेको पाइएपछि चामलमा अनियमितता भएको खुलेको हो।

दोश्रो चरणको राहत वितरण गरिरहेको नगर क्षेत्रका कुल १३ हजार जनालाई ७ केजीका दरले सोना मन्सुली चामल वितरण गर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो। नगरपालिकाका कर्मचारीहरुका अनुसार सोही निर्णयअनुसार टेन्डरसमेत स्वीकृत भएको छ। तर, वडा नं. १ मा भने सोना मन्सुलीको साटो कम गुणस्तरको कान्छी मन्सुली (मोटा) चामल वितरण गरिएको छ । वडा नं. १ मा कुल ४ सय १४ घरधुरीका १ हजार ४ सय ९२ जनालाई राहत वितरण भईरहेको छ।

वडा कार्यालयले सोना मन्सुलीको बोराभित्र कान्छी मन्सुलीको चामल प्याक गरी टोलटोलमा वितरण गरिरहेको स्थानीयले जानकारी दिए। बोरामा उल्लेख भए भन्दा अर्कै चामल परेपछि कतिपय टोलवासीले भने चामल नै फिर्ता गरेका छन्। शान्तिनगर चोकमा ३ वटा टोलवासीलाई वितरण्का लागि ठिक पारिएको मोटा चामल वडा सदसय कालुराम विष्टकै असहमतिका कारण फिर्ता भएको छ। निर्णयविपरीत चामल वितरण नगर्ने भनेर आफूले अडान लिएपछि चामल फिर्ता भएको उनले जानकारी दिए।

तर, कतिपय वडावासीले भने वाध्यता जनाउँदै मोटा चामल नै लिएर गएका छन्। भएको चामल नलगे अर्को चामल (सोना मन्सुली) ४÷५ दिनपछि मात्रै आउने बताएपछि आफूहरुले मोटा चामल लिएर गएको उनीहरुले बताए। ‘अर्को चामल ४/५ दिनपछि मात्र पाईन्छ भनेपछि भएको चामल ल्यायौं’ एक स्थानीयले भने, ‘राम्रो चामल पर्खेर चार÷पाँच दिनसम्म परिवारको पेट कसरी पाल्नु ?’

Ncell 2
Ncell 2
nimb
nimb

सप्तकोसी नगरपालिका–१ का वडाध्यक्ष नारायण आचार्यले भने सोना मन्सुली चामल अभाव भएको र स्थानीयको सहमतिअनुसार नै मिलमा भएको कान्छी मन्सुली चामल वितरण गरिएको बताए। ‘हामीले कान्छी मन्सुली चामल नलिने भने फिर्ता गर्छौं पनि भनेका हौ। तर जस्तो भए  पनि लान्छौं भनेपछि वितरण गरिएको हो’ उनले भने, ‘तर अनियमितता भएको हैन, जुन चामल वितरण भएको छ त्यसैको बिल पेस गरेर भुक्तानी लिन्छौं।’ 

सोना मन्सुलीको बोरामा कान्छी मन्सुली चामल वितरण गरिएको विषयमा भने आचार्यले कुनै प्रतिक्रिया दिएनन् ।

नगरपालिकाका मेयर उत्तमकुमार गौतमले वडा नं. १ मा राहत वितरण गर्दा वदमासी भएको सुन्नमा आएको र दोषीलाई ठगी तथा कालो बजारीको अभियोगमा कारबाही प्रकृया सुरु गरिने बताए। 

यतिमात्र होईन, यसअघि कञ्चनरुप नगरपालिका–४ मा राहतको चामल बिक्री गरेको आरोपमा वितरण समितिका सदस्यलाई नै स्थानीयले नियन्त्रणमा लिएका थिए। कञ्चनरुप– ४ को आधारभुत विद्यालय जगतपुरका प्रधानाध्यापक महेश परियार र आधारभूत विद्यालय जगतपुरका प्रधानाध्यापक रामनारायण साहलाई चामल बिक्री गरेको आरोपमा मिलबाट नियन्त्रणमा लिईएको थियो।

यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका–१ मा राहत वितरण गर्नुपूर्व नै फारम शुल्क भन्दै सर्वसाधारणसँग १० रुपैयाँका दरले रकम असुल गरिएको थियो। सो विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत गुनासो पुगेको थियो। प्रशासनले चासो देखाएपछि जनप्रतिनिधिले ‘आफूहरुको जानकारीमा नभएको र जानकारी पाएलगत्तै त्यस्तो कार्य रोकेको’ बताएका थिए।

जिल्ला प्रशासन कार्यालय सप्तरीले भने राहत वितरणमा सम्पूर्ण अधिकार स्थानीय तहकै भएको र प्रसासनले अनुगमनमात्रै गरिरहेकाले जानकारी पाएर पनि कारबाही गर्न नसकिएको जनाएको छ। ‘हामीलाई सामान्य जानकारी त छ । तर, कडाइका साथ कारबाही गर्ने अधिकार छैैन’ जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द ठाकुरले भने- ‘सबैलाई सम्झाइबुझाइ गर्ने र नियम अनुसार काम गर्न हौसला दिने काम हामीले इमान्दारीपुर्वक गरिरहेका छौं।’
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? आइतबार, असोज ४, २०८३
महेश बस्नेतको दाबी : ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति आइतबार, असोज ४, २०८३
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय आइतबार, असोज ४, २०८३
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक आइतबार, असोज ४, २०८३
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्