• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सुदूरपश्चिम प्रदेश : नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रिया सुरु

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २७, २०७६  ११:०५
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम तथा  बजेट निर्माण प्रक्रिया सुरु गरेको छ। 

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पोर्टलमा सूचना राखेर आगामी आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया सुरु गरिएको जनाएको छ। ‘नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा प्रदेशभित्रका सबै स्थानीय तह एवं विभिन्न वर्ग, क्षेत्र तथा समुदायका सरोकारवालाहरूबाट सुझाव लिने प्रदेश सरकारको नीति अनुरुप आगामी आर्थिक वर्षको आर्थिक विधेयक, राजस्व सम्बन्धी नीति र वार्षिक विकास कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने विभिन्न विषयसँग सम्बन्धित सुझाव एवं परामर्श उपलब्ध गराईदिन हुन अनुरोध छ’ मन्त्रालयको सूचनामा भनिएको छ।

मन्त्रालयले जेठ १० गतेभित्र सम्बन्धित स्थानीय तह, सरकारी निकाय, संघसंस्था, बुद्धिजिवी एवं सरोकार राख्ने सबैलाई सुझाव तथा परामर्श दिन अनुरोध गरेको छ। सम्बन्धित व्यक्तिले मन्त्रालयको ईमेल वा सिधै कार्यालयमा रायसुझाव पठाउन सकिने जनाइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता नवराज अर्यालले भने, 'हामीले मन्त्रालयहरूलाई नीति तथा कार्यक्रमको मागदर्शनका लागि परिपत्र गरेका छौं।' मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालयहरूबाट आउने योजना, नीति तथा कार्यक्रमको संकलन गरिरहेको जनाएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव किशोरकुमार चौधरीले अहिलेसम्म कुनै पनि मन्त्रालयबाट नीति तथा कार्यक्रमबारे मागदर्शन नआएको बताए। ‘सबै मन्त्रालयले ड्राफ्ट तयार गरिरहेका छन्। केही दिनमा फाइनल गरेर यहाँ पठाउने प्रतिक्रिया दिएका छन्,’ उनले भने। 

प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले मन्त्रालयले योजना तथा नीतिबारे ड्राफ्ट तयार भएको प्रतिक्रिया दिए। 

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता अर्यालले ‘सरकारले कृषिलाई प्राथमिकता राखेर आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम ल्याउने’ बताए। उनका अनुसार प्रदेश सरकारले पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारलाई पनि नीति तथा कार्यक्रममा रहने बताए। 

प्रादेशिक योजना आयोग गठन नहुँदा समस्या
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक वर्ष दुई महिना भइसकेको छ। प्रदेशमा २०७४ साल फागुन ५ गते मन्त्रीमण्डल विस्तार भएको थियो। मन्त्रीमण्डल विस्तार भएको १४ महिना भइसक्दा समेत प्रादेशिक योजना आयोग गठन भने हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

प्रादेशिक योजना आयोग गठन नहुँदा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले नै आयोगको काम गर्नुपरेको छ। मन्त्रालयका प्रवक्ता अर्यालले भने, 'आयोग नभए पनि हामीले योजनाको काम गरिरहेका छौं।' उनले कर्मचारी अभाव र आयोग गठन नहुँदा योजना छनौटमा समस्या हुने गरेको बताए।

आयोग नहुँदा बजेट सिमाको मागदर्शन, स्रोत अनुमान, आवधिक योजना छनोट लगायतमा समस्या भएको उनी बताउँछन्।

प्रदेशको समग्र विकासका लागि वार्षिक, आवधिक तथा दीर्घकालिन योजनाहरू छनौट गरिनुपर्छ। यसका लागि प्रादेशिक योजना आयोग गठन हुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ। आयोगको आवश्यकता भए पनि प्रदेश सरकारले यसमा ध्यान दिन नसकेको आरोप लागिरहेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता अर्याल भन्छन्, 'योजना आयोग गठनबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई जानकारी होला।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर,  कानुन सचिव किशोरकुमार चौधरीले त्यस विषयमा अनभिज्ञता देखाए। उनले भने, 'आयोग गठन गर्ने विषय आर्थिक मामिला तथा योजना मन्त्रालयको हो। केही कार्यविधी यहा“ आएको भए पनि के भइरहेको छ भन्ने थाहा छैन।'

योजना छनोटमा पुरानै शैली
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि योजना छनोट गर्न पुरानै शैली अपनाउन लागेको बताए।

'प्रदेश सरकारले प्रादेशिक योजना आयोग गठन गर्नमा ध्यान दिएको छैन। प्रदेशको समग्र विकासका लागि वार्षिक, आवधिक तथा दीर्घकालिन योजनाहरू तयार गर्नुपर्दछ,' उनले भने, 'योजना आयोग किन नबनेको तथा नबनाइएको बारे कसैलाई जानकारी दिइएको छैन।'

उनले प्रदेश सरकारले चीनसंगको नाका जोड्ने, धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्ने, नौ वटै जिल्लामा एक औद्योगिक क्षेत्र स्थापना गर्ने, पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालिन लगायतका योजना बनाउन सुझाव दिए।

‘प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको अल्पकालिन बजेट तथा २०७५/०७६ को वार्षिक बजेट तथा योजनाले जनताका पक्षमा काम गरेको देखिएन,’ प्रमुख प्रतिपक्ष दलका नेता रावलले भने, 'सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको योजना, नीति तथा कार्यक्रम पनि जनतामैत्री हुन नसक्ने देखिँदैछ।'

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्