नेपाल निर्माण व्यवसायी संगठनले सार्वजनिक खरिद ऐनमा संसोधन गर्न माग गरेको छ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले हाल लागू भइरहेको सार्वजनिक खरिद ऐनमा संसोधन नगरे विकास निर्माण नै रोकिने बताएको छ।
पत्रकार सम्मेलनमा संगठनका संयोजक यक्षध्वज कार्कीले हालको ऐनमा बोलपत्र आवेदकले लागत अनुमान अंकको १५ प्रतिशतभन्दा बढी घटेर ठेक्का कबोल गर्ने बोलपत्र दाताले थप धरौटी राख्नुपर्ने व्यवस्थाले साना व्यावसायी मारमा परेको उल्लेख गरे। 'थप धरौटीको व्यवस्था अव्यवहारिक भएकोले तत्काल खारेज गर्नुपर्छ,' उनले भने।
पत्रकार सम्मेलनमा व्यावसायीहरुले स्वदेशी लगानीबाट स्थापित निर्माण कम्पनीहरु कमजोर हुने र विकास निमार्ण ठेक्का नै लाग्न नसक्ने भन्दै यसबारे समयमै सरकार सचेत हुन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।