• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वैदेशिक रोजगार विभागले दिने निःशुल्क सेवा हल्ला मात्रै, रोकिएन सेवाग्राही ठगिने प्रवृत्ति

64x64
निर्मला घिमिरे सोमबार, वैशाख २३, २०७६  २२:५९
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका क्रममा ठगिएका थुप्रै मानिसहरू सोमबार पनि वैदेशिक रोजगार विभागकै बाहिर उजुरी लेखाउन सदाझैँ लाइनमै भेटिए।

त्यही लाइनभित्र थिए अर्घाखाँचीका हरिप्रसाद श्रेष्ठसहित ३८ जना युवा। 

श्रेष्ठ सहित ३८ जना युवाहरुलाई कुवेत पठाइदिन्छु भनी एकै जना व्यक्तिले मोटो रकम असुलेर कुवेत नपठाएपछि उनीहरु ठगी गर्ने व्यक्तिविरुद्ध विभागमा उजुरी पेस गर्न आएका थिए।

विभागमा निःशुल्क उजुरी लिखत विभागबाटै उपलब्ध हुने सुनेका उनीहरु खासै पैसाको जोहो नगरिकनै विभाग आएका थिए। 

‘पैसा तिर्नु नपर्ने भयो, विभागभित्रैबाट उजुरीका लागि निःशुल्क लिखत पाइने, आफ्नो व्यहोरा मात्रै भरे पुग्ने सुनेका थियौँ,’ विभाग बाहिर उजुरी लेखाइरहेका श्रेष्ठले भने, 'तर त्यो त हल्ला मात्र रहेछ।'

निःशुल्क लिखत पाइने बारे विभाग पुगेर कर्मचारीलाई सोध्दा उनीहरुलाई आवश्यक लिखत 'फरमेट' (नमूना) विभागमा नभएको बताइयो। 

‘हाम्रो लागि फरमेट नै बनेको छैन रे। मिल्दैन रे भित्रबाट। त्यसैले उजुरी लेखाउन बाहिर आयौँ,’ श्रेष्ठले थपे। 

Ncell 2
Ncell 2
nimb
nimb

विभाग बाहिर लेखापढी गर्नेहरुलाई खोजखाज गरी रकम बुझाएर नै उनीहरुले उजुरी लेखाए।

विभागले सेवाग्राहीहरुका लागि लिखत उजुरी निःशुल्क उपलब्ध गराउने हल्ला चलाएको एक हप्ता बितिसक्दा पनि सेवाग्राहीहरु विभागको बाहिरै लाइनमा बसेर पैसा तिरेरै उजुरी लेखाइरहेका भेटिन्छन्। 

विभागको बाहिर लस्करै रहेका सटरमा लेखापढी गर्न बसेका व्यक्तिहरुले उजुरी लेखिदिँदा प्रतिव्यक्ति ५ सयदेखि २ हजारसम्म असुल्ने गरेको पीडितहरु बताउँछन्। 

Xtrem

Xtrem

लेखापढी गर्न बसेका व्यक्तिहरुले सोझासाझा मान्छे छानीछानी मनलाग्दी रकम असुल्ने गरेको पाइएको छ। 

वैदेशिक रोजगारका क्रममा ठगिएर सहायताका लागि विभागसम्म आएका पीडितहरु विभागको बाहिरै उजुरी लेखाउने क्रममा ठगिएको भन्दै विभागका नवनियुक्त महानिर्देशक भीष्मकुमार भुसालले सेवाग्राहीहरुलाई गत मंगलबारदेखि नै निःशुल्क रुपमा लिखित उजुरी उपलब्ध गराउने बताएका थिए।  

तर एक हप्ता बितिसक्दा पनि सेवाग्राहीहरुलाई विभागबाटै उपलब्ध गराउने निःशुल्क लिखित उजुरी प्रभावकारी भएको देखिँदैन। आवश्यक जानकारी नहुँदा र विभागले सुरु गरेको सेवा प्रवाह गर्न नसक्दा सेवाग्राहीहरु बाहिरै लेखापढी गर्ने मानिसहरुसँग मोटो रकम बुझाई लाईनमा बसेर उजुरी लेखाउन बाध्य छन्। 

विभागमा कर्मचारी भेटिँदैनन्, खाली कुर्सीलाई सोध्न मिल्दैन : सेवाग्राही 
पोर्चुगल पठाइदिन्छु भन्दै एक व्यक्तिले ४ लाख रकम ठगी गरी पोर्चुगल नपठाएपछि उजुरीका लागि विभाग आएकी दोलखाकी प्रमिला तिवारीले विभागभित्र पस्ने बित्तिकै कोठा नम्बर १ मा एउटा सूचना पढिन्।

त्यहाँ निःशुल्क रुपमा लिखित उजुरी विभागबाटै उपलब्ध गराइने लेखिएको थियो। 

कर्मचारीलाई सोध्दा मुद्दा तथा अनुसन्धान शाखा कोठा नं १ मा गएर निःशुल्क उजुरी लेख्न पाउने सुनाइयो। उनी त्यहाँ गइन्। कोठामा खाली कुर्सी मात्र थिए। 

‘१५ मिनेट जति कुरेर बसेँ। कोही आउनु भएन, कहाँ कसरी निःशुल्क उजुरी दिने भन्ने थाहै भएन। बाहिर गएर लेखाएँ’ तिवारीले भनिन्। 

नेपाल लाईभकर्मी विभाग पुग्दा १ बजेदेखि ३ बजेसम्म त्यहाँको कुर्सी खाली नै भेटियो। कोही कर्मचारी पनि देखिएनन्। 
विभागमा पीडितहरुले दायर गर्ने उजुरी विभागको सोधपुछ, दर्ता चलानी, शाखाबाट निःशुल्क उपलब्ध गराइने विभागले सूचना समेत प्रकाशित गरेको थियो। विभागको बाहिरै पनि सूचना टाँसिएको छ। 

सेवाग्राहीहरुले सूचना हेरेर विभागको भित्र पस्दा कुर्सी खाली भेटिन्छ, कर्मचारी भेटिँदैनन्। 

हामी निःशुल्क उजुरी लिखत सेवा दिइरहेका छौँ : विभाग
विभागका महानिर्देशक भीष्मकुमार भुसाल विभागले गत मंगलबारदेखि नै सेवाग्राहीलाई निःशुल्क लिखित उजुरी उपलब्ध गराउँदै आएको दाबी गर्न छोडेनन्। 

‘हामीले सेवाग्राही ठगिनु नपरोस् भन्ने हिसाबले एक हप्ताअघिदेखि नै विभागभित्रैबाट निःशुल्क लिखित उजुरी उपलब्ध गराउँदै आएका छौँ,' उनको भनाइ छ।

नयाँ अभ्यास भएकाले सबै प्रकृतिका ठगीका विषय मिल्ने गरी उजुरी फरमेट उपलब्ध गराउन नसकेको भन्दै महानिर्देशक भुसाल जोगिने गरेका छन्। 

उनले वैशाख १७ गते मंगलबार नै वैदेशिक रोजगार विभागमा दर्ता गर्नुपर्ने उजुरीका लिखत सोही दिनदेखि कार्यालय भित्रैबाट निःशुल्क रुपमा तयार गरी दर्ता गरिदिने सेवा सुरु गरिसकेको भन्दै फेसबुकमा स्टाटस पनि लेखेका थिए। 

'विगतमा उजुरीकर्ताले उजुरीको लिखत तयार गर्न लाग्ने गरेको २ देखि ५ हजारसम्म जोगिने र उजुरीका प्रतिवादीसम्म उजुरीको सूचना चुहिने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ,’स्टाटसमा उनले लेखेका छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  २२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्