• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ

64x64
नेपाल लाइभ आइतबार, असोज २५, २०८३  १८:२८
1140x725

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रक्रिया अनुसार हुँदै जाने बताएका छन् । 

पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुस्तान्तरणका लागी निश्चित विधि, प्रक्रिया र योग्यता आवश्यक पर्ने बताएका हुन् । 

उनले नयाँ पुस्तालाई तालिम, क्षमता विकासमार्फत क्रमशः नेतृत्वका लागि तयार गर्नुपर्ने बताए । तर अहिले समाजमा पुस्तान्तरणको नाममा विभाजन गर्ने प्रयास भइरहेको उनको आरोप छ । उनले समाजमा जात, धर्म र भूगोलका आधारमा विभाजन गर्न नसकेर हाल बाबु–छोरा तथा हजुरबा–नातिबीच पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको बताए । नयाँ पुस्ताले पुरानो पुस्तालाई तत्काल जिम्मेवारी छाड्न दबाब दिनु अनुचित भएको उनको दाबी छ ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले प्राध्यापक बन्नका लागि लेक्चररबाट शुरु गर्नुपर्ने बताए । नयाँ पुस्तालाई योग्य, दक्ष र सक्षम बनाएर क्रमशः जिम्मेवारी दिँदै लैजाने उल्लेख गर्दै उनले नेतृत्व हस्तान्तरणका लागि आवश्यक तयारी र अनुभव हासिल गर्न समय लाग्ने बताए ।  आफ्नो राजनीतिक जीवनको सुरुवाती समय स्मरण गर्दै उनले आफूहरू सानै उमेरमा नेतृत्व तहमा पुगेको बताए । तर तत्कालीन नेतृत्वको उमेरलाई अहिलेको पुस्तासँग सीधै तुलना गर्न नमिल्ने उनको जिकिर छ । अहिले १९ वर्षको मान्छेले पार्टी प्रमुख हुनुपर्छ भन्यो भने हास्यास्पद हुने उनको भनाई छ ।

उनले भने, ‘नेपाली जनतालाई अनेक ढङ्गले विभाजित गर्न खोजिएको छ । कहिले जातका नाउँमा गर्न खोजियो, कहिले धर्मका नाउँमा गर्न खोजियो, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो, कहिले केका नाउँमा । अहिले बाबु–छोरा, हजुरबा–नातिको मारामार लगाएर हेर्‍या छन् । हस्तान्तरण, पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ । तर त्यसको सिस्टम हुन्छ । एकै चोटि प्रोफेसर भइन्न । त्यसको प्रक्रिया हुन्छ । त्यसको सिलसिला हुन्छ । त्यसो भएर हाम्रो नयाँ पुस्तालाई हामीले योग्य, दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै, ट्रेन्ड बनाएर, योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ । अलिकति टाइम लाग्छ । २००६ सालमा पार्टी खोल्दा पुष्पलालको उमेर २४ वर्षको थियो । अब फेरि पुष्पलालले २४ वर्षको उमेर पार्टी खोल्या थिए, म पनि २४ वर्षमा खोल्छु भनेर हुन्छ त रु यो त पनाति पुस्ता भइसक्यो । ७६ वर्ष काम गरेका मान्छे छन्, यहाँ । हामीले नै काम गरेको ६२ वर्ष भइसक्यो, पहिलेको जस्तो होइन । सीपी मैनाली पार्टीको प्रमुख भए, २० वर्ष । म १९ मा भएको थिएँ । त्यति बेला हामी पार्टीको प्रमुख थियौँ भनेर अहिले पनि १९ वर्षको मान्छे पार्टी प्रमुख हुनुपर्छ भन्यो भने हास्यास्पद हुन्छ । यहाँ हजुरबा पुस्ता, बा पुस्ता, काका पुस्ता सक्रिय छ, काम गरिरहेका छन् अहिले पनि । त्यस कारण अब १९–२० वर्षको मान्छे, तपाईँ त १९ वर्षमा हुनुभएको रहेछ त म किन नहुने भनेर हुँदैन । अहिले आन्दोलन छैन । नयाँ पुस्ताले तालिम गर्नुपर्छ । नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ । नयाँ पुस्तालाई अगाडि बढाएर लिएर जानुपर्छ । लेक्चररमा भर्ना नगरीकन प्राध्यापक भन्न पनि मिल्दैन । त्यस कारण प्राध्यापक हुँदैन, प्राध्यापक हुने एउटा प्रक्रिया हुन्छ । अब यहाँनेरी युवा युवा युवा युवा युवा भनेर हल्ला चलाइदिएका छन् । समाजमा सबै उमेर समूहका मान्छे हुन्छन् । सबै उमेर समूहको कम्बिनेसन हुन्छ । बच्चा बच्चीले काम गर्न सक्दैन । बुढाबुढी पनि हातपात बस्ने बेला भएपछि काम गर्न सक्दैनन् । कान सुन्न छोड्छ, आँखा देख्न छोड्छ, हिँड्न सक्दैन, बोल्न सक्दैन, विचार गर्न सक्दैन, मानसिक हिसाबले कमजोर हुन्छ, शारीरिक हिसाबले कमजोर हुन्छ । उसले छोड्दिन भने पनि छोड्नै पर्छ के । त्यो हामीले बुझिहाल्छौँ नि कसले काम गर्न सक्छ, सक्दैन भन्ने । आफैले पनि बुझ्छ नि मान्छेले, अब मबाट चल्दैन भनेर थाहा पाउँछ, छोड्छ । तसर्थ यो धेरै लफडा हुनुपर्ने होइन । यति बेला पार्टी एकता चाहिएको छ । सम्पूर्ण कार्यकर्ता पंक्ति एकजुट भएर अगाडि बढ्नुपर्दछ । यस पार्टीले नै देशलाई बाटो देखाउँछ । बाटो देखाउने पार्टी यही हो ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले कुनै व्यक्तिले जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था आएपछि नेतृत्वबाट आफै हट्ने बताए । हाल पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पुस्तान्तरण लगायतका अनेक झमेलामा नपर्न सम्पूर्ण कार्यकर्तालाई आग्रह गरे। उनले देशलाई एमालेले नै सही बाटोमा लैजाने बताए  । एउटा निर्वाचन हार्दैमा एमाले कमजोर नहुने उनको भनाई छ । उनले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जागरण अभियानमा पनि आग्रह गरे । 

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु उनका अनुसार, उजुरीका लागि सार्वजनिक माध्यमबाट सूचना जारी गर्ने निर्णय भएको छ। यसका लागि समितिको सचिवालयलाई निर्देशन दिइएको छ। सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्