काठमाडौं– बूढीगण्डकी नदीमा बाढी आएपछि गोरखाको चुमनुब्री गाउँपालिका–६ का पाँचजना सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो सो जानकारी दिएको हो ।
“हालसम्म चुमनुब्रि गापा–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन छन्,” प्राधिकरणले जारी गरेको प्रेस नोटमा भनिएको छ ।
सम्पर्कविहीन हुनेमा गोरखा चुमनुब्री गा.पा. ६ चुन्चेत बस्ने वर्ष ६५ को सोनाम लामा उनकी श्रीमती ५९ वर्षीया मोम्मो अजि लामा छन् । यस्तै सोही स्थानका ६६ वर्षीया भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पेमा दोर्जे लामा पनि सम्पर्कविहीन भएका हुन् ।
२०८३ असोज २५ गते बिहान गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गएको थियो । पहिरोले बूढीगण्डकी नदी थुनिएर लेदो सहितको ठूलो बाढीका कारण भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।