• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सप्तरीमा मुखियाको दस्तखत कीर्ते गरी प्रअद्वारा विद्यालयको लाखौं रकम हिनामिना

64x64
दिनेश शर्मा आइतबार, वैशाख २२, २०७६  ०९:४०
1140x725

राजविराज- प्रदेश सरकारको विकास बजेट दुरुपयोग गर्न पूर्व सांसदसहितका व्यक्ति नै कीर्तेमा संलग्न भएको घट्ना टुङ्गिन नपाउँदै सप्तरीमा अर्को कीर्ते प्रकरण चर्चामा आएको छ।

कञ्चनरुप नगरपालिका-३, सुब्बाटोलस्थित शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) दीलिपकुमार गुप्ताले कीर्ते गरी लाखौं रकम हिनामिना गरेको रहस्य पछिल्लो पटक खुलेको छ। 

शिक्षा विकास तथा समन्वय इकाइ, राजविराजले आव २०७५/०७६ को ‘मावि शिक्षक अनुदान’ शीर्षकमा पठाएको ७ लाख ३२ हजार रुपैयाँ गुप्ताले कीर्ते गरी हिनामिना गरेको विषय सार्वजनिक भएको हो। 

प्रअ गुप्ताले विद्यालयका मुखिया श्रवण चौधरीको दस्तखत कीर्ते गरी रकम हिनामिना गरेका हुन्।

राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको विद्यालयमा कुनै सूचना नै नगरी गुपचुप राखेको अध्यक्ष चौधरीले बताए।

बैंकमा रहेको १६०९ नम्बरको चल्ती खाताबाट रकम निकालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणधीर चौधरीको भनाइ छ। प्रअ गुप्ताले कीर्ते गरी रकम निकालेको स्वीकारसमेत गरिसकेका छन्। 

विद्यालयको खाता प्रअ गुप्ता र मुखिया चौधरीको संयुक्त दस्तखतबाट सञ्चालित छ। तर गुप्ताले बैंकबाट रकम झिक्नुअघि र पछि पनि सूचना गर्नुको सट्टा अर्कै चेक प्रयोग गरी रकम निकालिएको पाइएको छ। 

मुखिया चौधरीले पनि आफनो दस्तखत कीर्ते गरी गुप्ताले पटक-पटक गरी बैंकवाट रकम निकालेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

'बैंकबाट रकम निकाल्न चेक बुकसमेत अर्कै प्रयोग गर्ने गरेको पाइएको छ,' उनले भने ‘विद्यालयका नाममा क्रम संख्या ००४८३०४००३ देखि ००४८३०४०२६ सम्मको चेक बुक छ। तर, मेरोसमेत दस्तखत गरी ०४८३३११४३ नम्बरको चेकबाट रकम झिकिएको छ।’ 

प्रअले कीर्ते गरी रकम हिनामिना गरेको विषयमा कञ्चनरुप नगरपालिकाका मेयर बसन्त मिश्रलेसमेत बेवास्ता गरेको आरोप अध्यक्ष चौधरीले लगाए।

आव २०७१/०७२ देखि हालसम्म विद्यालयको ४० लाखभन्दा बढी रकम हिनामिना गरेको अनुमान गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सरोकारवालाहरूले बताएका छन्। 

शौचालय निर्माण, पिसिएफ शिक्षक र कार्यालय सहयोगीको तलब, छात्रवृत्ति र पाठ्यपुस्तकको रकम समेत गुप्ताले दुरुपयोग गरेको स्थानीयले आरोप लगाएका छन्।

Xtrem

Xtrem

गुप्ता आफैंले स्वीकारे ७ लाख ३२ हजारको हिनामिना

प्रअ गुप्ताले मुखियाको दस्तखत कीर्ते गरी रकम झिकेको विषय स्वीकार गरेका छन्।

गत फागुन ५ गते उनले विद्यालयको लेटरप्याडमै आफूले रकम हिनामिना गरेको स्वीकार्दै कबुलियतनामा गरेका छन्।

सो रकम चैत्र ४ गते पुनः बैंक दाखिला गरिएको जनाइएको छ।

गुप्ता प्रअबाट बर्खास्त, साहलाई निमित्तको जिम्मेवारी

कीर्ते गरेर विद्यालयको लाखौं रुपैयाँ हिनामिना गरेको जानकारीपछि विद्यालय व्यवस्थापन समिति र वडाअध्यक्ष सत्यनारायण साहसहित गत चैत्र ५ गतेको बैठकले प्रअ गुप्तालाई निलम्बन गरेको छ। विद्यालयमा शिक्षक सूर्यनारायण यादव निमित्त प्रअ नियुक्त भएका छन्।

तर प्रअबाट हटाउने निर्णयविरुद्ध गुप्ताले उच्च अदालत जनकपुर, राजविराज इजलासमा चैत्र ६ गते रिट निवेदन दायर गरेका छन्। निमित्त प्रअ यादव, अध्यक्ष चौधरी र वडा अध्यक्ष साहलाई विपक्षी बनाएको उनले अन्तरिम आदेशसहित निषेधाज्ञाको आदेश जारी गर्न माग गर्दै रिट दायर गरेका थिए।

अदालतले प्रधानाध्यापकका रुपमा निवेदकले स्थायी नियुक्ति पाएको भन्ने नदेखिएको र निवेदकलाई शिक्षकको रुपमा हाजिर गराई कामकाज गराउने भन्ने निर्णय गरेको देखिएकाले निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु मनासिव नहुने आदेशमा उल्लेख गरेको छ।

नगरपालिका पनि सक्रिय

प्रअको कबुलियतनामा, घटना प्रकृति तथा अनुगमनका आधारमा कञ्चनरुप नगरपालिकाले समेत गुप्ताविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।

नगरपालिकाको शिक्षा शाखाका स्रोतव्यक्ति दामोदर ठाकुरले प्रअ गुप्ताको तलव रोक्का गरी कारबाही सुरु गरेको बताए। ‘हामीले ३ दिने लिखित स्पष्टीकरण सोधेका थियौं, तर जवाफ आएको छैन,’ ठाकुरले भने। 
    
शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले पनि आवश्यक कारबाहीका लागि अख्तियारलाई पत्राचार गरिएको जनाएको छ।

विद्यालयलाई अख्तियारको पत्र

विद्यालयको रकम हिनामिना भएको विषयमा अख्तियारले समेत चासो देखाएको छ। आयोगको इटहरीस्थित कार्यालयले बैशाख ९ गते विद्यालयका नाममा पत्राचार गरी आव ०७१/०७२ देखि आव ०७४/०७५ सम्मका शंकास्पद विषयको शीर्षक नै तोकेर राय/प्रतिक्रियासहितका कागजपत्र माग गरेको छ।

अख्तियारको पत्रको जवाफ बैशाख १६ गते नै पठाइएको विद्यालयले जनाएको छ।

विद्यालयमा अनियमितता बढेको र रकम हिनामिना भएको विषयमा यसअघि पनि अभिभावकहरुले अख्तियारमा उजुरी दिएका थिए। उजुरीका आधारमा २०७४ फागुन २८ गते अख्तियारले कञ्चनरुप नगरपालिकालाई सुझाव सहितको प्रतिवेदन पठाउन पत्राचार गरेको थियो।

अख्तियारले पटकपटकको ताकेता बेवास्ता गर्दै आएको नगरपालिकाले यसपटक भने इन्जिनियर अशोक यादव र स्रोतव्यक्ति दामोदर ठाकुरलाई विद्यालयको अनुगमनमा पठाएको थियो।

सोही आधारमा नगरपालिकाले गुप्तालाई कारबाही गर्न सिफारिससहितको पत्र अख्तियारलाई पठाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्