काठमाडौं- पहिलो चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा प्रयोग भएका २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन्।
निर्वाचन आयोगका अनुसार बाँकी रहेका ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेको छ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार कूल २ हजार ९ सय १७ मतदानस्थलमध्ये संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका १ स्थल गरी जम्मा ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाममा संकलन हुने क्रममा छन्।
६ वटा जिल्लाका बाँकी रहेका मतपेटिकालाई पैदलमार्ग, सडकमार्ग र हवाइमार्गबाट ल्याउने काम भइरहेको आयोगका सहसचिव समेत रहेका प्रवक्ता नवराज ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।