काठमाडौं- वाम गठबन्धनले दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारप्रसार अन्तर्गत आज काठमाडौं र ललितपुरमा तीन पूर्वप्रधानमन्त्रीलाई उतार्ने भएको छ।
गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन कमिटीको आयोजनामा ललितपुरको मंगलबजारमा दिउँसो १२ बजे र काठमाडौंको बानेश्वरमा २ बजे बृहत् चुनावीसभा हुने भएको हो।
चुनावीसभालाई एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालले सम्बोधन गर्ने निर्वाचन परिचालन कमिटीका सदस्य मुकुन्द न्यौपानेले बताए।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोफसलका विभिन्न जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गरेर फर्किएका तीन पूर्वप्रधानमन्त्रीले उपत्यकाका दुई जिल्लाको चुनावीसभालाई सम्बोधन गर्न लागेका हुन्।
उपत्यकामा प्रतिनिधिसभा अन्तर्गत १५ सिट र प्रदेशसभा अन्तर्गत ३० सिट रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।