इनरुवा- सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित तीनकुने जंगलमा पिकअप भेनको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनकुटा ताङखुवा–३ का ४९ वर्षीय भरतकुमार सुब्बा र पहिचान खुल्न नसकेकी अन्दाजी ४० वर्षीय एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको को१ज २७१४ नंको पिकअप भ्यानले सोही दिशातर्फ जाँदै गरेको को४प ६३१६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।
ठक्कर दिने पिकअप भ्यान, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।