नेपालगञ्ज– नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनपछि अरुले खेलाउँदा खेल्ने, हल्लाउदा हल्लिने नभई अत्यधिक बहुमतको बलियो सरकार बन्ने बताएका छन्।
नेपालगञ्जको त्रिभुवन चौकमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘कसैले ढाल्न त के, हल्लाउन पनि नसक्ने अत्यधिक बहुमतको सरकार बन्नेछ।’
ओलीले चुनावपछि बन्ने वाम गठबन्धनको सरकारले लोकतन्त्रलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने दाबी गरे।
अध्यक्ष ओलीले नेपालगञ्जलाई पश्चिम नेपालको बृहत् आधुनिक शहरको रुपमा विकास गरिने समेत बताए। उनले त्यसका लागि औद्योगिक क्षेत्रको विस्तार, हुलाकी सडक, चक्रपथको निर्माण, नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गरिने उल्लेख गरे।
चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले निर्वाचन पछि एमाले र माआवादी केन्द्रबीच एकता भएर शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।