काठमाडौं– उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालबाट डिस्चार्ज भएका छन्।
पूर्णरुपमा स्वस्थ भएपछि निधिलाई अस्पतालले सोमबार डिस्चार्ज गरेको हो।
जनकपुरमा चुनावी अभियानका क्रममा ज्वरो आउनुका साथै छातीमा समेत समस्या देखिएपछि निधि मंसिर ४ गते काठमाडौं आएर अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्य परीक्षण गर्दा निधिलाई निमोनिया भएको देखिएको थियो।
उनलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक, छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले उपचार गरेको थियो।
नेता निधि मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि धनुषा ३ बाट उम्मेदवार बनेका छन्। उनी राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महत्तोसँग प्रतिस्पर्धा गर्दै छन्। निधि मंगलबार निर्वाचन क्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।