विराटनगर– नेपाली कांग्रेसका नेता महेश आचार्यले लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयन गर्न कांग्रेसलाई जनताले स्पष्ट मत दिने विश्वास व्यक्त गरेका छन्।
विराटनगरको सहिद रंगशालामा आयोजित कार्यक्रममा नेता आचार्यले नेपाली राजनीतिमा अहिले दुई धार देखिएको र देशलाई समृद्धिको बाटोमा अघि बढाउन लोकतान्त्रिक धारको विकल्प नभएको बताए।
जिल्ला खेलकुदकर्मीहरुको रोहवरमा आयोजना भएको कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नेता आचार्यले वाम गठबन्धन लोकतान्त्रिक सिद्धान्तविपरीत अघि बढ्ने भएकाले उनीहरूले जितेमा मुलुकमा झै–झगडाले प्रश्रय पाउने बताए।
कार्यक्रममा प्रदेश सभा ‘क’ का उम्मेदवार विश्वनाथ रिजाल, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, पूर्वमेयर अशोक कोइराला, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँ लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।