दाङ- जंगली माहुरीको मह काढ्न गएका एक व्यक्तिको लडेर मृत्यु भएको छ। थप एक जना गम्भीर घाइते भएका छन्।
घोराही उपमहानगरपालिका वडा नं ९ कर्मटिया निवासी ४५ वर्षीय रेञ्जलाल चौधरीको घर नजिकै सिमलको रुखमा माहुरीको मह काढ्न गएका बखत लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
चौधरी आफ्नो घर नजिकैको सिमलको रुखमा चढेर मह काढ्ने क्रममा माहुरीले टोकेपछि लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्।
मह काढ्न गएकै समयमा लमहीमा अर्का एक जना व्यक्ति लडेर गम्भीर घाइते भएका छन्। लमही नगरपालिका वडा नं ७ कमनपुस्थित सम्राट श्रीमेन्ट उद्योगको तीनतले भवनमा मह काढ्न गएका स्थानीयवासी २४ वर्षीय बुद्धिराम चौधरी लडेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।