दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नम्बर ३ का जनतालाई एमालेले खुला कैदी बनाएको आरोप लगाएका छन्।
तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ को मर्कोटको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले सो क्षेत्रमा एमालेले विकास निर्माणका कामसमेत हुन नदिएको बताए।
एमालेले त्यस क्षेत्रका बासिन्दालाई अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाई लोकतन्त्रवादीसँग आफ्ना कुरा भन्न नदिने गरेको पौडेलको भनाइ थियो।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका नेता पौडेलले सो क्षेत्रमा कांग्रेसको जनलहर आएको भन्दै लोकतान्त्रिक गठबन्धनले अत्यधिक मतले चुनाव जित्ने दाबी समेत गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।