काठमाडौं- नेपाल पत्रकार महासंघले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रेस स्वतन्त्रताको अवस्था बुझ्न टोली खटाउने भएको छ।
महासंघले सात वटै प्रदेशमा प्रेस स्वतन्त्रताको अवस्था बुझ्न महासंघको पदाधिकारीको नेतृत्वमा टोली जान थालिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए।
महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा प्रदेश ५ र ६ , उपाध्यक्ष विपुल पोख्रेलको नेतृत्वमा प्रदेश ७ र उपाध्यक्ष दिलीप थापामगरको नेतृत्वमा प्रदेश नम्बर १ र २ मा टोली जाने जनाइएको छ। यसैगरी महासंघका महासचिव विष्टको नेतृत्वको टोली प्रदेश नम्बर ३ र ४ तथा उपत्यकामा सचिव रेम विश्वकर्माको नेतृत्वको टोली परिचालित हुनेछन्।
टोलीले निर्वाचनको बेला प्रेस स्वतन्त्रताको अवस्था बुझ्नुका साथै मतदान केन्द्र र मतगणना स्थलसम्म पत्रकारलाई सहज ढंगबाट समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण निर्माण गर्ने महासचिव विष्टले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।