धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाकी उम्मेदवार कांग्रेस नेतृ आरजु राणा देउवाले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छिन्।
नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको चुनावी प्रतिबद्धतापत्रमा राणाले संविधान कार्यान्वयन र देशको विकास एवं समृद्धिमा योगदान दिन कांग्रेसले आफूलाई उम्मेदवार बनाएको उल्लेख गरेकी छिन्।
प्रतिबद्धतापत्रमा उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कटान रोकथामका लागि तटबन्धन गर्ने, गौरीफंटा नाकाको स्तरोन्नति, पोलिटेक्निक कलेज र रासायनिक मलखाद कारखानाको स्थापना, सेती अञ्चल अस्पताल धनगढीको स्तरोन्नति गर्दै ३०० शय्या बनाउने, धनगढी विमानस्थलको स्तरोन्नतिलगायतका पूर्वाधारका काम गर्ने उल्लेख गरिन्।
यसैगरी राना थारु समुदायलाई थारु आयोगमार्फत भिन्दै सूचीकृत गराउने, पछाडि पारिएका समुदायका साथै समस्यामा परेका कमलरी, मुक्तकमैया, सुकुम्वासीको जीवनस्तर उकास्ने, गेटाको मेडिकल कलेजको निर्माणलाई तीव्रता दिनेलगायतका प्रतिबद्धता समेत नेतृ राणाले गरेकी छिन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।