नुवाकोट- प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ की ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेकी छिन्।
लामिछानेले ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन्। उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेकी थिइन्।
वि.सं १९५९ साल चैत १० गते जन्मिएकी लामिछानेले मत दिएपछि देशमा शान्ति, समृद्धि र सबैले सुख पाउने आशा गरेको बताइन्।
यस्तै सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षका अनन्तप्रसाद अधिकारीले पनि नातिको सहयोग लिएर भोट हालेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।