चितवन- चितवनमा १६१ मतदान स्थलको ४०८ मतदान केन्द्रमा कर्मचारी र स्वयंसेवक गरी ४ हजार ८ सय ९१ जना खटाइने भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३ हजार २ सय ६४ कर्मचारी र १ हजार ६ सय २७ स्वयंसेवक परिचालन गरिने जनाएको छ।
कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार कुल १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत ८१६ जना, सहायक कर्मचारी १ हजार ६३२ र कार्यालय सहयोगी ८१६ जना खटाइनेछ।
बाँकी एक हजार ६२७ स्वयंसेवकहरु भने मतदान अधिकृतले छनोट गर्नेछन्। जिल्लामा सबै निर्वाचन सामग्री आइपुगेको कार्यालयले जनाएको छ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा चितवनका ३ लाख ५४ हजार ३६ मतदाता सहभागी हुँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।