बझाङ– बझाङमा दिउँसो ४ बजेसम्म ५० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
बिहान जाडोका कारण मतदाताहरु कम भए पनि दिउँसोदेखि मत दिन आउनेहरुको संख्या बढेको जिल्ला निर्वाचन अधिकारी धुव्रकुमार भण्डारीले बताए।
बझाङमा १ सय ६० मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको भण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।