काँकडभिट्टा- नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचनको बेला सरकारले जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन्।
नेता नेम्वाङले गृहमन्त्री पद पनि सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा कायम गर्न नसकेको बताए।
झापाको बिर्तामोडमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वसभामुख नेम्वाङले उम्मेदवारमाथिको आक्रमणले मुलुकमा गृहमन्त्री भएको अनुभूति नभएको बताए।
उम्मेदवारको घरमा बम हान्ने र मतदातालाई त्रस्त बनाउने काम भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै नेता नेम्वाङले सरकार चुनावलाई मर्यादित बनाउनेभन्दा पनि भ्रमको खेती गर्न व्यस्त भएको आरोप लगाए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।