सिन्धुपाल्चोक- राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोकको बाँसखर्क मतदान केन्द्रमा मतदान गरेका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राणा छोरी देवयानीसहित भोट हाल्न पुगेका थिए।

भोट हालेर राणा छोरीसहित मतदातालाई धन्यवाद दिँदै गाउँ घुमेका थिए। उनीहरु नवलपुर मतदान केन्द्र हुँदै चौतारातर्फ लागेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।