भोजपुर– प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा मतदान सुस्त देखिएको छ।
एक लाख १३ हजार ७ सय ४५ मतदाता रहेको भोजपुरमा दिउँसो २ बजेसम्म ३० प्रतिशत मात्र मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। पूर्वी पहाडी यो जिल्लामा बिहानको समय मतदानमा सहभागी हुने मतदाताको संख्या पातलो देखिएको थियो।
मतदान सुरु भएलगत्तै पैवादुङ्वाको पञ्चकन्या माविको मतदान केन्द्र नजिकै बम विस्फोट भएपछि केहीबेर मतदान प्रक्रिया प्रभावित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।