फिदिम– प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतदानमा पाँचथरमा ५० प्रतिशत मत खसेको छ।
दिउँसो साढे १ बजेसम्म जिल्लामा ५० प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत मनोजकुमार केसीले जानकारी दिए।
१ सय ६ मतदान केन्द्र र १ सय ६५ मतदान स्थल रहेको पाँचथरमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।
अप्रिय घटना हुन नदिन सुरक्षाका लागि जिल्लामा ६ सय ३२ म्यादी, १ हजार १ सय ८ प्रहरी र ८ सय ३२ प्रहरी खटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।